निस्कियो सुनुवार भाषा र लिपिमा पत्रिका - Naya Online

निस्कियो सुनुवार भाषा र लिपिमा पत्रिका

ललितपुर, ११ भदौ । नेपालका ५९ आदिवासी जनजातिमध्येको एकजाति सुनुवार जातिको भाषा तथा लिपिमा पत्रिका प्रकाशन हुन थालेको छ ।

२७ औं विश्व आदिवासी दिवस –२०२१ को अवसर पारेर गत अगष्ट ९ मा हाम्सो (उज्यालो) मासिकको प्रकाशन आरम्भ भएको हो । कोइँच लिपि र देवनागरी लिपिमा प्रकाशन हुने पत्रिकामा भाषा कोइँच (सुनुवार) र नेपाली रहेको छ ।

यस पत्रिकाको प्रकाशनसँगै नेपालमा लिपिबाट प्रकाशन हुने संख्यामा थप भएको छ । लिम्बू जातिले प्रयोग गर्दै आएको सिरिजङ्घा लिपिलाई सम्पूर्ण किरातहरुले साझा बनाउने चर्चासँगै यस लिपिबाट पत्रिका प्रकाशनले नयाँ बहस सिर्जना गरेको छ ।

किरात बाम्बुले भाषामा किरात सिरिजङ्घा लिपिमै केही वर्णहरु थपघट बनाएर बाम्बुले लिपिको टिटिएफ फन्ट प्रयोगमा ल्याइएको छ । तर सुनुवार भाषाको यो फन्ट मुक्दुम, मुक्दुम १ र काःतिच नामबाट बनाइएको छ ।

के यो लिपि अस्तित्वमा थियो ?
यसै पत्रिकामा जनाइए अनुसार पूर्व २ नं. दोलखाको सुरीखारीमा यस लिपि भेट्टाइएको हो । सुनुवार भाषामा लिपिलाई कोइँच ब्लेअस भनिन्छ । छालामा खोपिएको लिपिलाई दोखु काउले ताप्लेजुङका हेमकर्ण सुनुवारले वि.सं. १९४३ मा छालामा खोपेर सारी सम्मेलन गरी प्रचारप्रसार गरे । लिपि प्रवद्र्धक कर्णबहादुर चेँःतिचका अनुसार हेमकर्णका छोरा खोँडे सुनुवारसँग पछिसम्म उक्त छालामा सारिएको लिपि पेटारोमा बेरेर राखिएको थियो ।

शुरुमा अंक नभएको यस लिपिमा सेमलोसी (श्यामलक्ष्मी) र गंगामाया सुनुवारले अंक थपेका हुन् ।

वि.सं. १९४७ मा दोखु काउले ताप्लेजुङमा तालुकदार नरध्वज लिम्बूको आतिथ्यतामा दोश्रो सम्मेलन भयो । यस सम्मेलनमा सिक्किमदेखि दोलखासम्मका सुनुवार भेला भएका थिए । हेमकर्ण सुनुवारको अगुवाईमा उक्त सम्मेलन सम्पन्न भएको थियो ।

कर्णबहादुर सुनुवारले उक्त लिपिलाई धरान ल्याई प्रचारप्रसार गरेका थिए । २०२९ सालमा काठमाडौं ल्याई प्रचारप्रसार गरिएको लिपिलाई दार्जिलिङ सिक्किम पु¥याई २०४७ सालमा सुनुवार ज्ञानमाला हाते पुस्तकको प्रकाशन भएको थियो ।

सिक्किम सरकारले सिक्किमे जनताले बोल्ने सबै भाषालाई सुचीकरण गर्दा सुनुवारको भाषा र लिपि पनि सूचीकरणमा पर्यो र सन् १९९५ मा कोइँ भाषा लिपिले प्रान्तीय भाषाको रुपमा मान्यता पाई सिक्किम हेराल्डमा नियमित प्रकाशन भइरहेको छ भने कक्षा ५ सम्म पुस्तक प्रकाशन भएको छ ।

हातले लेखेर या लिथोबाट छापिने भाषा लिपिलाई डा. लाल रापचाले श्यामकुमार राईको सहयोगमा किरात १ टिटिएफ फन्ट बनाई कम्प्युटरमार्फत लेख्न सजिलो भयो । यसलाई कोइँच बोलीमा हुवहु लेख्न सकियोस् भने थप परिमार्जनसहित फन्ट बनाइएको छ भने युनिकोड पनि निर्माण भइरहेको छ ।

५ स्वरवर्ण र २८ व्यञ्जनवर्ण रहेको कोइँच लिपि सुनुवार उच्चारणको आधारमा तयार पारिएको उल्लेख छ ।


प्रकाशमा लक्ष्मीराम र सम्पादकमा देवकुमार सुनुवार
हाम्सोको प्रकाशकमा लक्ष्मीराम सुनुवार रहेका छन् भने सम्पादकमा देवकुमार सुनुवार छन् । त्यसैगरी सहसम्पादकमा कोइँचबु काःतिच, समिर मुखिया र शोभा सुनुवार छन् । व्यवस्थापक पाम सुनुवार छन् ।

यस अंकमा कोइँच लिपिको इतिहास, वर्णमाला, किवोर्डमा फन्टको स्थान, बालबालिकाको सनुवार भाषमा राखिएको नामसहितको परिचय विशेष छन् ।

 

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अक्सिजन कन्सन्ट्रेटर मेशिन गाउँपालिकालाई हस्तान्तरण

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । कुम्मायक गाउँपालिकाको स्वास्थ शाखा कार्यालय यासोकलाई तेजकुमार...

ठेक्केदारको कारण लुम्भुघाट पुलको काम अलपत्र

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । पाँचथर र तेह्रथुम जिल्ला जोडिने लुम्भुघाट पक्की...

‘अक्षर अक्षरमा देश’ लिएर आए दीपक समीप

पोखरा । मुक्तककार दीपक समीपको मुक्तक संग्रह ‘अक्षर अक्षरमा देश’ को एक भव्य समारोहबीच...

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको सम्मान डा. बराललाई र पुरस्कार संगीतकार गुरुङलाई

काठमाडौँ, १ माघ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा...

पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङको प्रथम साधारणसभा सम्पन्न

तेह्रथुम, १ माघ । फेदाप पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थामरुङ फेदापको प्रथम साधारणसभा सम्पन्न...

न्यु जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधरण सभा सम्पन्न

इटहरी, १ माघ । न्यू जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको...

प्रदेश प्रमुख खापुङद्वारा माघे संक्रान्तिको शुभकामना व्यक्त

विराटनगर, १ माघ । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङद्वारा माघे...

कुम्मायक गाउपालिकाको एघारौ गाउसभा सम्पन्न

पदम सुखी सम्बाहाम्फे पाँचथर, १ माघ । कुम्मायक गाउपालिकाको एघारौं गाउँसभा बैठक सम्पन्न भएको...

रक्साना लिम्बु जिाताउ अभियान अन्तर्गत अमेरिका निवासी किशोर सुब्बाको सहयोग

काठमाडौ, २९ पुस । सुमधुर स्वरकी धनी रुक्साना लिम्बु विविध विधाका गीतहरु गाउन सक्ने...

धरानमा गुञ्जियो सीमानापारिका कवि र कविता

-प्रकाश दिप्साली राई/नडाहा कुनै दिन खोलाबाट पानी भाग्यो भने आँखाबाट सपनाहरू भागे भने सम्झनु...