काबुल एयरपोर्ट विष्फोटको जिम्मा आइएसआइएसकेले लियो - Naya Online

काबुल एयरपोर्ट विष्फोटको जिम्मा आइएसआइएसकेले लियो

एजेन्सी । पेन्टागन र अफगानिस्तानको जनस्वास्थ्य मन्त्रालयका अनुसार बिहिवार साँझ काबुल विमानस्थलको गेटमा दुई आत्मघाती बम विष्फोटमा परी कम्तीमा १३ अमेरिकी सैनिक र ६० अफगान नागरिकको मृत्यु भएको छ ।

तालिवानले सत्ता कब्जामा लिएपछि अमेरिकी र नाटो सैनिकले अफगानिस्तान छोड्नु पाँच दिनअघि काबुल विमानस्थलमा घातक बिस्फोट भएको हो । अफगानिस्तानको जनस्वास्थ्य मन्त्रालयका एक अधिकारीका अनुसार उक्त विष्फोटमा परी ६० भन्दा बढी अफगान नागरिकहरूको मृत्यु भएको छ भने १४० जना घाइते भएका छन् । त्यसैगरी
अमेरिकाको सेन्ट्रल कमाण्डका क्याप्टेन बिल अर्बनले १३ अमेरिकी सैनिकको मृत्यु र १८ जना घाइते भएको बताएका छन् ।

बिहीबार साँझ अफगानिस्तानको राजधानी काबुलस्थित हमिद कारजाई विमानस्थलको गेटमा भएको उक्त बिस्फोटको जिम्मा मुस्लिम अतिवादी संगठन आइएसआइएसकेले लिएको छ ।

उक्त घटनाप्रति आक्रोशित बन्दै अमेरिकी राष्ट्रपती जोन वाइडेलनले बदला लिने चेतावनी दिएका छन् । उनले भने, ‘हामी माफी दिने छैनौं , हामी विर्सनै छैनौं । हामी जसरी खोजेर पत्ता लगाउने छौं र, मूल्य चुकाउनुपर्ने छ ।’ उनले अमेरिकी सैन्य कमाण्डरहरुलाई आईएसआईएसकेलाई हमला गर्ने योजना बनाउन आदेश पनि दिएका थिए ।

आतंकवादी हमलाको जोखिमका कारण राष्ट्रपति वाइडेनले अगस्त ३१ सम्ममा अमेरिकी सेनालाई देशबाट बाहिर निकाल्ने प्रतिक्रिया दिएका थिए ।

यसअघि बिहीबार स्थानीय समयअनुसार काबुलमा रहेका अमेरिकी कूटनीतिज्ञले सुरक्षा खतरा देखाउँदै अमेरिकी नागरिकहरूलाई तुरुन्त बिमानस्थलका गेटहरू छोड्न चेतावनी दिएका थिए ।

द गार्डियनका अनुसार आइएसआइएसकेले बिहीबार साँझको आत्मघाती हमला गर्न अब्दुल रहमान अल–लोगारी गएको जनाएको छ । अब्दुलको नामबाट उनी अफगान नै हुन् भन्ने बुझिन्छ । अमेरिकी सैनिक र उसका सहयोगीलाई लक्षित गरी आक्रमण गरिएको आइएसआइएसकेको भनाइ छ ।

अफगानिस्तानमा अहिले भएकामध्ये सबैभन्दा अतिवादी र हिंसात्मक संगठन यही हो ।

बिबिसीका अनुसार सन् २०१५ मा स्थापना भएको यो संगठनले अफगानिस्तान र पाकिस्तानबाट लडाकुहरू भर्ती गर्छ । धेरैले तालिवानलाई मुस्लिम अतिवादी समूह भन्छन् । तर, आफ्नो संगठन कट्टर नभएको ठानेर धेरै तालिबान लडाकुहरू आइएसआइएसकेमा जाने गरेका छन् ।

यिनीहरू महिलाका विषयमा तालिबानभन्दा पनि कट्टर छन् । उनीहरूले स्कुले बालिका र अस्पतालका प्रसुति वार्डलाई पनि निशाना बनाउने गरेका छन्। तालिबानहरू अफगानिस्तानमा मात्रै सीमित भएपनि आइएसआइएसकेको स्लामिक स्टेटमार्फत् अन्तर्राष्ट्रिय नेटवर्क छ । पश्चिमा मुलुक, अन्तर्राष्ट्रिय र मानवीय सहायता संस्थालाई उनीहरू जहाँ सक्छन् त्यहीँ आक्रमण गर्छन् ।

उनीहरूको मुख्य आधार क्षेत्र पाकिस्तान सीमा नजिकैको अफगान प्रान्त नान्गाहार हो । कुनैबेला यो समूहसँग तीन हजार लडाकु थिए। अमेरिकी÷अफगान सैनिकको कारबाहीमा तीमध्ये केही मारिएका छन् । आइएसआइएसकेको तालिबान लडाकुसँग पनि तालिबानसँग पनि लडाइँ हुन्थ्यो ।

आइएसआइएसकेको तालिबानसँग सोझै सम्पर्क छैन। तर तालिबानको सैन्य समूह हक्वानी नेटवर्कमार्फत् उनीहरू जोडिएका छन् । सन् २०१९ देखि २०२१ सम्मका विभिन्न हमला यी दुई समूह मिलेर गरेका थिए।

पछिल्लो समय अमेरिकीसँग शान्ति सम्झौता गरेको भन्दै आइएसआइएसकेले असन्तुष्टि जनाएको थियो । तालिबानले जिहाद छोडेर अमेरिकीसँग सम्झौता गरेको उनीहरूको आरोप छ ।

काबुलमा सरकार बनाउने तयारी गरिरहेको तालिबानलाई आउने दिनमा सबैभन्दा ठूलो सुरक्षा चुनौती आइएसआइएसके हुने देखिन्छ ।

 

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

नेकपा एमाले तेह्रथुमको अध्यक्षमा तेजमान कन्दङवा

तेह्रथुम । नेकपा एमाले तेह्रथुमको अध्यक्षमा तेजमान कन्दङवा सर्वसम्मत अध्यक्षमा चयन भएका छन् ।...

लिम्बुवानलाई समयमै सम्बोधन नगरे भोलि महँगो पर्न सक्छ – बाबुराम भट्टराई

-आपुङ्गी हाङ काठमाडौं, २० पुस । पुर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी संघिय परिषद...

निर्वाचन आयोगविरुद्ध मिलन पाण्डे पक्ष सर्वोच्च अदालत जाने

काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डे पक्ष निर्वाचन आयोगविरूद्ध सर्वोच्च अदालत जाने...

विकृति विसंगति अन्याय अत्याचार र बिभेद प्रवृत्ति विरुद्ध लड्नु पर्छ –डा. भट्टराई

पदम सुखी सम्बाहाम्फे पान्थर, १९ पुस । पान्थर जिल्लाको कुम्मायक गाउँपालिकामा जनता समाजवादी पार्टी...

जसपा संसदीय दलको प्रमुख सचेतकमा प्रमोद साह नियुक्त

काठमाडौं । जनता समाजवादी पार्टी नेपालको संसदीय दलको प्रमुख सचेतकमा प्रमोद साह नियुक्त भएका...

विवेकशील साझाबारेको निर्णयविरुद्ध पाण्डेको उजुरी निर्वाचन आयोगद्वारा खारेज

ललितपुर । विवेकशील साझा पार्टीबारे निर्वाचन आयोगको निर्णय पुनरावलोकन गर्न माग सहित तत्कालीन संयोजक...

एमालेनिकट मगर संघ नेपालको प्रदेश अधिवेशन पुस ९ र १० गते पोखरामा

पोखरा, ८ पुस । नेकपा (एमाले)निकट मगर संघ नेपाल, गण्डकी प्रदेशको प्रथम प्रदेश अधिवेशन...

राजनीति भनेकै जालझेल, पेलापेल, ठेलाठेल, दाउपेच, षड्यन्त्र र स्वार्थको पुलिन्दा रहेछ: उदय पुर्वेली

-उदय पुर्वेली चोङ्वाङक्याक विसं २०६० माघ २४ गते प्रचण्डले बोलाएकाले मातृका यादव पटनाबाट दिल्ली...

उधौलीको अवसरमा प्रदेश १ का प्रमुखद्वारा शुभकामना

विराटनगर । प्रदेश नम्बर १ का प्रमुख परशुरााम खापुङले अनेकतामा एकता नै देशको पहिचान...

नेपाली काँग्रेसको १४औं महाधिवेशनबाट मुस्लिमतर्फको सहमहामन्त्रीमा फर्मुल्लाह मन्सुर निर्वाचित

काठमाडौं । नेपाली काँग्रेसको १४औं महाधिवेशनबाट मुस्लिमतर्फको सहमहामन्त्रीमा फर्मुल्लाह मन्सुर निर्वाचित भएका छन् ।...