कालीगण्डकी संरक्षणका लागि कविता आह्वान - Naya Online

कालीगण्डकी संरक्षणका लागि कविता आह्वान

काठमाडौ, १० भदौ । ‘कालीगण्डकी बचाऔँ अभियान’ले कवितामार्फत कविता लेखि उक्त अभियानमा ऐक्यवद्धता जनाउन अनुरोध गरेको छ ।

कालिगण्डकीको मर्म, आस्था र सभ्यतालाई जोगाउन, प्राकृतिक प्रणाली रक्षा गर्न र नदीलाई आफ्नै बाटोमा बग्न दिन अब कवि तथा लेखकहरूले आफ्नो कलम मार्फत शाशकलाई झक्झकाउनुपर्ने बेला आएको बताउदै शुरु गरिएको उक्त अभियानमा धेरैजना कवि तथा लेखकरूले सहभागिता जनाइसकेका छन् । एक अभियन्ताका अनुसार प्राप्त कविताहरू विहिबार साँझबाट सार्वजनिक हुनेछन् ।

हुर्नुहोस् अपिलपत्रको पुर्ण पाठः ‘नदी सप्तक’ कविता शृङ्खलाका लागि आह्वान !

कालीगण्डकी हाम्रो जीवन हो, प्रकृति हो, सम्पदा हो र अस्था हो । मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, गुल्मी, स्याङ्जा, पाल्पा, तनहूँ आदि हुँदै बग्ने कालीगण्डकी नदी नेपालको पुराना सभ्यता मध्येको एक सभ्यता बोकेको नदी हो । कालीगण्डकी हाम्रो सामाजिक, आर्थिक, सांस्कृतिक, ज्ञान, भाषा, मूल्य, चलन, एकता, जिविका, सांस्कृतिक विस्तार, मनोरन्जन, सुखदुःखको साझेदार नदी हो ।

दुर्लभ शालिग्राम पाइने विश्वकै एकमात्र यो नदीसँग हिन्दु धर्मालम्बीकालागि अत्यन्तै ठूलो सांस्कृतिक महत्व रहेको छ । यो नदी क्षेत्र नित्य स्नानदेखि पूजा पाठ, दाहसंस्कार, तर्पण र श्राद्घ गर्न अत्यन्तै पवित्र मानिन्छ । किनारामा मुक्तिनाथदेखि देवघाटसम्मका दर्जनौ पवित्र धार्मिक स्थल छन्, जहाँको एक पटक दर्शन गर्न वा पूजापाठ गर्न हजारौं धर्वालम्बी लालयित छन् ।

तिब्बतको सीमादेखि बग्दै आउने कालीगण्डकी केवल समुन्द्र छुनको लागि बग्दैन। आफू बग्दै गर्दा तल्लो तटिय क्षेत्रको पर्यावरणलाई सन्तुलित गर्ने, मध्यतराईलाई सुख्खा हुनबाट बचाउने, कालिगण्डकीमै आश्रय लिएर हजारौं वर्षदेखि बाँचिरहेका तटिय क्षेत्रका लाखौं जीवनलाई बाँच्न सहज बनाउने जिम्मेवारीसमेत बोकेर बग्दछ ।

केही वर्षयता पर्यावरणीय सन्तुलन नै खलबलिने गरी नदीको तिब्र दोहन भइरहेको छ । सरकारले यसलाई नदेखे झैं त गरिरहेकै थियो, अब अझ नदीको पानी नै अर्कोतिर मोड्ने परियोजना अघि सारेको छ। सरकारलाई केवल सुरुङ खन्नु छ, पानीको प्राकृतिक बाटोलाई बिथोल्नु छ, पारिस्थितिक प्रणालीलाई बिगार्नु छ ।

कुनै वैज्ञानिक अध्ययन/अनुसन्धान बिना नै सुरु गरिएको प्रलयकारी कालीगण्डकी डाइभर्सन योजना र विगत केही दशकदेखि कालीगण्डकीको आँत र गर्वमा नै असर गर्ने गरी गरिएको गैरकानुनी दोहन यसैको परिणाम हो । कालिगण्डकी डाइभर्सनद्वारा राखिएको सिचाइ एवम् विद्युत उत्पादनको लक्ष्य स्थानीय पानीको श्रोतबाट समेत पूरा गर्न सकिने सुझाव विज्ञहरुले दिइरहँदा सरकारले डाइभर्सनकै ढिपी कस्नु कालिगण्डकीमाथिको कुदृष्टि बाहेक केही होइन । यो परियोजनाले कालीगण्डकीमा निर्भर जीवन, परियोजनास्थल भन्दा तल्लो क्षेत्रमा जमिनमुनिको पानीको भण्डारण रित्तिने, जैविक विविधतामा संकट ल्याउने र धार्मिक स्थलहरुलाई संकटमा पार्ने काम गर्छ ।

कालिगण्डकीको मर्म, आस्था र सभ्यतालाई जोगाउन, प्राकृतिक प्रणाली रक्षा गर्न र नदीलाई आफ्नै बाटोमा बग्न दिन अब कवि/लेखकले आफ्नो कलम मार्फत शाशकलाई झक्झकाउनु पर्ने बेला आएको छ । यसकारण ’कालिगण्डकी संरक्षण अभियान’मा यहाँले कालीगण्डकीले ओगटेका विविध विषय शिर्षकमा आफ्नो छोटो कविता (१५ देखि २० लाइनको) मार्फत एक्यवद्धता जनाइदिनुहुन हार्दिक अनुरोध गर्दछौँ । प्राप्त कविता हाललाई डिजिटल कन्टेन(पोस्टर कविता)का रुपमा फेसबुकमा पोस्ट गरिने छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अक्सिजन कन्सन्ट्रेटर मेशिन गाउँपालिकालाई हस्तान्तरण

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । कुम्मायक गाउँपालिकाको स्वास्थ शाखा कार्यालय यासोकलाई तेजकुमार...

ठेक्केदारको कारण लुम्भुघाट पुलको काम अलपत्र

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । पाँचथर र तेह्रथुम जिल्ला जोडिने लुम्भुघाट पक्की...

‘अक्षर अक्षरमा देश’ लिएर आए दीपक समीप

पोखरा । मुक्तककार दीपक समीपको मुक्तक संग्रह ‘अक्षर अक्षरमा देश’ को एक भव्य समारोहबीच...

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको सम्मान डा. बराललाई र पुरस्कार संगीतकार गुरुङलाई

काठमाडौँ, १ माघ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा...

पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङको प्रथम साधारणसभा सम्पन्न

तेह्रथुम, १ माघ । फेदाप पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थामरुङ फेदापको प्रथम साधारणसभा सम्पन्न...

न्यु जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधरण सभा सम्पन्न

इटहरी, १ माघ । न्यू जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको...

प्रदेश प्रमुख खापुङद्वारा माघे संक्रान्तिको शुभकामना व्यक्त

विराटनगर, १ माघ । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङद्वारा माघे...

कुम्मायक गाउपालिकाको एघारौ गाउसभा सम्पन्न

पदम सुखी सम्बाहाम्फे पाँचथर, १ माघ । कुम्मायक गाउपालिकाको एघारौं गाउँसभा बैठक सम्पन्न भएको...

रक्साना लिम्बु जिाताउ अभियान अन्तर्गत अमेरिका निवासी किशोर सुब्बाको सहयोग

काठमाडौ, २९ पुस । सुमधुर स्वरकी धनी रुक्साना लिम्बु विविध विधाका गीतहरु गाउन सक्ने...

धरानमा गुञ्जियो सीमानापारिका कवि र कविता

-प्रकाश दिप्साली राई/नडाहा कुनै दिन खोलाबाट पानी भाग्यो भने आँखाबाट सपनाहरू भागे भने सम्झनु...