नेपाली राजनीतिमा अन्तर्राष्ट्रिय राजनीतिक हस्तक्षेप बढेर गएको छ- अशोक राई - Naya Online

नेपाली राजनीतिमा अन्तर्राष्ट्रिय राजनीतिक हस्तक्षेप बढेर गएको छ- अशोक राई

विराटनगर, ९ भदौं । नेपाली राजनीतिमा अन्तर्राष्ट्रिय राजनीतिक हस्तक्षेप बढेर गएको जनता समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता अशोक राईले बताएका छन् ।

“हिन्द–प्रशान्त रणनीतिको ज्वाराभाटले हामीलाई छुनेवाला छ । नेपालमा सहज राजनीति हुने छैन । नेपाली राजनीति अहिले फुकी फुकी पाइला चाल्नु पर्ने अवस्थाबाट गुजृरहेको छ ।” राईको भनाई छ ।

यसका लागि जनता समाजवादी पार्टीले नेपाली राजनीतिलाई केलाएर अघि बढ्नुपर्ने अवस्था आएको राईको निचोड थियो ।

“ओली कदमलाई विश्लेषण गरेर निष्कर्ष निकाल्यौं, यो प्रतिगामी कदम हो । मुलुकलाई पछाडि ओली कदम (पुस ५) लगत्तै पुस ७ देखि हामी आन्दोलित भयौं । प्रतिगामी ओली कदमसँग आमनेसामने हुँदै आउँदा ओली प्रवृत्तिको पतन भएको छ । नया सरकार र नयाँ प्रवृत्तिको जन्म भएको छ, अब यसलाई अगाडि लिएर जाने जिम्मेवारी जसपाको काँधमा छ ।” राईले भने ।

केही मानिस पार्टीको नीतिभन्दा बाहिर गएकाले पार्टीबाट कार्वाही गरेर निकालिएको राईको भनाई थियो । जनता समाजवादी पार्टी, नेपाल छोडेर लोकतान्त्रिक समाजवादी पार्टी गठनहरुतर्फ राईको इङ्गित थियो ।

“अब पार्टीलाई जनजनको मनमनमा पुर्याउने जिम्मेवारी हाम्रो काँधमा आएको छ ।” पार्टी सङ्गठन सुदृढीकरण तथा जनजागरण अभियान (सुज) मार्फत जनतामा पुग्न आह्वान गर्दै राईले भने ।

पार्टी सुदृढीकरण अन्तर्गत कुनै पनि टोल र वडा पार्टीविहिन नबनाउन, बनेका संगठनलाई जिम्मेवारी दिने र कृयाशील बनाउन, अन्तरविरोध उत्पन्न हुन सक्ने अवस्थालाई हल गर्दै अघि बढ्नुपर्ने, हामी जसपा हौं भन्दा गर्व महसुस हुने पार्टी निर्माण गरेर जान सक्नुपने सुज अभियानको मुख्य उद्देश्य रहेको राईको भनाई थियो ।

पार्टीलाई जनतासँग जोड्ने, जनताका मुद्दा उठाइदिने, भ्रष्टाचारको विरोध गर्ने, पालिकाहरुमा पार्टी बलियो बनाउने र स्थानीय सरकारका गतिविधिको निगरानी गर्ने, जनविरोध र प्रशिक्षण सन्चालन गर्ने, पहिचानका प्रदेश स्थापित गर्ने, जनताको चाहना र आवश्यकता अनुसारको राज्य र शासन निर्माण गर्ने आदि जागरणका कार्यक्रम पनि यस अभियानले लैजाने राईले बताए ।

 

सम्बन्धित समाचार

प्रदेश १ मा जसपाको अभिमुखीकरण कार्यक्रम

चुनावसम्म गठबन्धन मोर्चा जोगाउनुपर्छ –चेम्जोङ

देशका उत्पीडितहरुको राजनीतिक र भावनात्मक एकता नै आजको जसपा- यादव

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अक्सिजन कन्सन्ट्रेटर मेशिन गाउँपालिकालाई हस्तान्तरण

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । कुम्मायक गाउँपालिकाको स्वास्थ शाखा कार्यालय यासोकलाई तेजकुमार...

ठेक्केदारको कारण लुम्भुघाट पुलको काम अलपत्र

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । पाँचथर र तेह्रथुम जिल्ला जोडिने लुम्भुघाट पक्की...

‘अक्षर अक्षरमा देश’ लिएर आए दीपक समीप

पोखरा । मुक्तककार दीपक समीपको मुक्तक संग्रह ‘अक्षर अक्षरमा देश’ को एक भव्य समारोहबीच...

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको सम्मान डा. बराललाई र पुरस्कार संगीतकार गुरुङलाई

काठमाडौँ, १ माघ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा...

पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङको प्रथम साधारणसभा सम्पन्न

तेह्रथुम, १ माघ । फेदाप पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थामरुङ फेदापको प्रथम साधारणसभा सम्पन्न...

न्यु जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधरण सभा सम्पन्न

इटहरी, १ माघ । न्यू जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको...

प्रदेश प्रमुख खापुङद्वारा माघे संक्रान्तिको शुभकामना व्यक्त

विराटनगर, १ माघ । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङद्वारा माघे...

कुम्मायक गाउपालिकाको एघारौ गाउसभा सम्पन्न

पदम सुखी सम्बाहाम्फे पाँचथर, १ माघ । कुम्मायक गाउपालिकाको एघारौं गाउँसभा बैठक सम्पन्न भएको...

रक्साना लिम्बु जिाताउ अभियान अन्तर्गत अमेरिका निवासी किशोर सुब्बाको सहयोग

काठमाडौ, २९ पुस । सुमधुर स्वरकी धनी रुक्साना लिम्बु विविध विधाका गीतहरु गाउन सक्ने...

धरानमा गुञ्जियो सीमानापारिका कवि र कविता

-प्रकाश दिप्साली राई/नडाहा कुनै दिन खोलाबाट पानी भाग्यो भने आँखाबाट सपनाहरू भागे भने सम्झनु...