देशका उत्पीडितहरुको राजनीतिक र भावनात्मक एकता नै आजको जसपा- यादव - Naya Online

देशका उत्पीडितहरुको राजनीतिक र भावनात्मक एकता नै आजको जसपा- यादव

विराटनगर, ९ भदौं । जसपा एकता ऐतिहासिक एकता रहेको जनता समाजवादी पार्टी, नेपालका कार्यकारिणी सदस्य महिन्द्र राय यादवले बताएका छन् ।

देशका उत्पीडितहरुको राजनीतिक र भावनात्मक एकता नै आजको जसपा भएको यादवको भनाई थियो ।

अहिले पार्टी छोडेर गएकाहरुले हिजो पनि पार्टी एकताको प्रयासलाई रोकेका र त्यसको प्रमाण आफू स्वयं नै रहेको बताएका छन् । पूर्व राजपा समूहको ६ घटक मध्येको एकजना साक्षी आफू रहेकाले यो कुरा राख्न सकेको उनको भनाई थियो ।

पहिचानसहितको सङ्घीयता स्थापित गर्ने लक्ष्य पूरा गर्ने जिम्मेवारी जसपालाई रहेको र जनताको अधिकार स्थापित गर्न ऐतिहासिक जिम्मेवारी जनताले दिएको यादवले बताए ।

“यो एकता बचाउन दृढतापूर्वक लाग्नुपर्छ । केही बेइमानहरु प्रतिगमनको साथ लागेर गएका छन् । हिमाल, पहाड, मधेस/तराईलाई जोड्ने र राष्टृय एकता मजबुत पार्ने पार्टी नै जसपा हो ।” यादवको थप भनाई थियो ।

संविधान संशोधनको लागि र शासकीय स्वरूप र निर्वाचन प्रणाली परिवर्तन गर्न जसपाले अग्रसरता लिएको र जसपा राष्ट्रपति प्रणालीको पक्षमा रहेको यादवको भनाई थियो ।

“खर्चिलो र भ्रस्टाचारको जड निर्वाचन प्रणाली हटाएर पूर्ण समानुपातिक निर्वाचन प्रणाली कायम गर्ने हाम्रो मुद्दा हो ।” जनता समाजवादी पार्टी, नेपालको प्रदेशस्तीय अभिमुखी कार्यक्रमा बोल्दै यादवले थप बताएका थिए ।

सम्बन्धित समाचार

प्रदेश १ मा जसपाको अभिमुखीकरण कार्यक्रम

चुनावसम्म गठबन्धन मोर्चा जोगाउनुपर्छ –चेम्जोङ

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अक्सिजन कन्सन्ट्रेटर मेशिन गाउँपालिकालाई हस्तान्तरण

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । कुम्मायक गाउँपालिकाको स्वास्थ शाखा कार्यालय यासोकलाई तेजकुमार...

ठेक्केदारको कारण लुम्भुघाट पुलको काम अलपत्र

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । पाँचथर र तेह्रथुम जिल्ला जोडिने लुम्भुघाट पक्की...

‘अक्षर अक्षरमा देश’ लिएर आए दीपक समीप

पोखरा । मुक्तककार दीपक समीपको मुक्तक संग्रह ‘अक्षर अक्षरमा देश’ को एक भव्य समारोहबीच...

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको सम्मान डा. बराललाई र पुरस्कार संगीतकार गुरुङलाई

काठमाडौँ, १ माघ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा...

पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङको प्रथम साधारणसभा सम्पन्न

तेह्रथुम, १ माघ । फेदाप पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थामरुङ फेदापको प्रथम साधारणसभा सम्पन्न...

न्यु जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधरण सभा सम्पन्न

इटहरी, १ माघ । न्यू जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको...

प्रदेश प्रमुख खापुङद्वारा माघे संक्रान्तिको शुभकामना व्यक्त

विराटनगर, १ माघ । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङद्वारा माघे...

कुम्मायक गाउपालिकाको एघारौ गाउसभा सम्पन्न

पदम सुखी सम्बाहाम्फे पाँचथर, १ माघ । कुम्मायक गाउपालिकाको एघारौं गाउँसभा बैठक सम्पन्न भएको...

रक्साना लिम्बु जिाताउ अभियान अन्तर्गत अमेरिका निवासी किशोर सुब्बाको सहयोग

काठमाडौ, २९ पुस । सुमधुर स्वरकी धनी रुक्साना लिम्बु विविध विधाका गीतहरु गाउन सक्ने...

धरानमा गुञ्जियो सीमानापारिका कवि र कविता

-प्रकाश दिप्साली राई/नडाहा कुनै दिन खोलाबाट पानी भाग्यो भने आँखाबाट सपनाहरू भागे भने सम्झनु...