एनआरएनए महिला संयोजकमा जुनु गुरुङको सशक्त उम्मेदवारी - Naya Online

एनआरएनए महिला संयोजकमा जुनु गुरुङको सशक्त उम्मेदवारी

दक्षिण कोरिया, २५ अगष्ट । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) मा दक्षिण कोरियाकी जुनु गुरुङले महिला संयोजकमा उम्मेदवार दिने भएकी छन् । उनले २०२१–२०२३ को लागि उम्मेद्वारी दिएकी हुन् ।

गुरुङ्ले अन्तर्राष्टिय समन्वय समिति एशिया तथा प्रशान्त क्षेत्रको क्षेत्रीय महिला संयोजक (२०१७–२०१९) तथा मानार्थ परिषद सदस्य (२०१९–२०२१) हुदै गैरआवासीय नेपाली संघका विभिन्न जिम्मेवारीमा रहेर सफलतापूर्वक कार्य सम्पन्न गरिसकेकी छिन् ।

आफू महिला संयोजक हुँदा एशियाका ९ वटा देशका एनआरएनए एनसीसीहरुमा नै महिला फोरम गठन गरेर सो क्षेत्रमा महिलाहरुलाई सक्रिय गराउन सफल गुरुङ अब महिला उद्यमशिलताको विषय लिएर उम्मेदवार भएकी हुन् । आफ्नै पालामा एशिया प्रशान्त क्षेत्रको पहिलो र दोश्रो महिला महिला भेला÷बैठक गराउन पनि सफल भएकी गुरुङले अब एक तहमाथि महिला संयोजक भएर काम गर्न योग्य भएको बताएकी छिन् ।

अब एनआरएनमा सांगठनिक सुदृढीकरण, महिला समावेशी, महिला नेतृत्व बिकास, सशक्तिकरण र महिला उधमशिलता गुरुङको उम्मेद्वारी एजेण्डा रहेकी छिन् ।

दक्षिण कोरियामा महिलाहरूको संस्था women for women को अध्यक्ष जिम्मेवारी वहन गरी कोरियामा आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्न अग्रणी भूमिका खेलीसकेकी गुरुङ कोरियन सरकारले मानार्थ नागरिकताबाट सम्मान गरेको छ । कोरियामा स्थापित दर्जनौ संघ संस्थाका संरक्षक र सल्लाहकार समेत भई काम गरिरहेकी गुरुङ कोरियाको नेपाली समुदायमा प्रख्यात भएकै कारण कोरिया सरकारले उक्त सम्मान गरेको हो ।

नयाँअनलाइनले जुनु गुरुङसँग दुईवर्ष अगाडि लिएको अन्तर्वार्ता हेनुृहोस्

‘मेरो कामलाई कदर गर्न ग्लोवल महिला संयोजकमा जिताउनुहुनेछ’ –जुनु गुरुङ

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

नेपाली समाज युकेमा बसुन्धरा याक्खाको दाबी

नेपाली समाज युकेको अध्यक्षमा श्रीमती बसुन्धरा याक्खा राईले उम्मेद्वारी दिएकी छिन् । अधिवेशन १३...

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको सम्मान डा. बराललाई र पुरस्कार संगीतकार गुरुङलाई

काठमाडौँ, १ माघ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा...

नेफिन आईसीसी संयोजक मानबहादुर रानामगर संगठनबाट निष्कासित

काठमाडौं, १ माघ । नेफिन आईसीसीका तत्कालिक संयोजक र सहसंयोजकलाई कार्यवाही गरिएको छ ।...

विनेसाम जापानको दोश्रो अधिवेशन सम्पन्न, नेतृत्वमा पुनः इङ्नाम

जापान, १० जनवरी । जनवरी ९ तारिकमा जापानको टोकियोस्थीत विश्व नेपाली साहित्य महासङ्घ (विनेसाम)...

अमेरिकाबाट ‘यो जीवन मिठो’ सार्वजनिक

काठमाडौं, २४ पुस । अमेरिकामा रहेका युवा निर्देशक सुमन दाहाल निर्देशित पछिल्लो भिडियो ‘यो...

अमेरिकाको टेक्सासमा याक्थुङ चुम्लुङको चासोक तङनाम साँझ र अधिवेशन सम्पन्न

नगेन्द्र ईङनाम “आठराईली” टेक्सास, ३ जनवरी । अमेरिकाको टेक्सास राज्यस्थित अर्भिङ शहरमा लिम्बुहरुको मौलिक...

मकाउमा मौलिक चाडपर्वहरुको अवसरमा सामुहिक रूपमा शुभकामना आदानप्रदान

-सन्देश ‘ईङघङ’ मकाउ, १३ पुस । मकाउमा सामुहिक रूपमा मौलिक चाडपर्वहरुको अवसरमा शुभकामना आदानप्रदान...

सर्जकहरूले मास्टर मित्रसेन थापालाई सम्झे

लन्डन, २८ डिसेम्बर । पुराना एवम् चर्चित लोकगायक मास्टर मित्रसेन थापा मगरलाई उनले दिएको...

अमेरिकामा भव्यतका साथ मनाईयाे चासाेक तङ्नाम

न्युयोर्क । अमेरिकामा चासोक तङ्नाम धुमधामका साथ मनाइएको छ । किरात याक्थुङ चुम्लुङ् अमेरिकाको...

किरात याक्थुङ चुम्लुङको ग्रेटर लण्डन शाखाले उधौली र चासोक तङ्नाम मनायो

प्रिन्स याक्खा लण्डन, १३ डिसेम्बर । किरात याक्थुङ चुम्लुङको ग्रेटर लण्डनको सिनियर ब्रान्चले फेल्थाम...