कांग्रेसका जिल्ला सभापतिहरूको केन्द्रीय कार्यालय सानेपामा धर्ना - Naya Online

कांग्रेसका जिल्ला सभापतिहरूको केन्द्रीय कार्यालय सानेपामा धर्ना

काठमाडौ, ८ भदौ । विभिन्न मागहरू सहित नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले मंगलबार बिहान पार्टी कार्यालयमा धर्ना गरेका हुन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापति लगायत २२/२३ जिल्लाका सभापतिहरू आज केन्द्रीय कार्यालयमा धर्नामा पुगेका छन् । आज दुई घन्टा धर्नामा बस्ने र माग पूरा नभएको खण्डमा भोलिदेखि निरन्तर धर्नामा बस्ने बताए ।

नुवाकोट कांग्रेस सभापति जगदीश्वरनरसिंह केसीका अनुसार क्रियाशील सदस्यताको नामावली पार्टीको वेवसाइटमा सार्वजनिक गरिनुपर्ने लगायतका मागसहित धर्नामा बसेका हुन् ।

वेवसाइटमा क्रियाशीलको नाम सार्वजनिक हुनुपर्छ । म क्रियाशील सदस्य छु कि छैन प्रत्येक व्यक्तिले हेर्न पाउनुपर्छ । नाम वा थरलगायत केही बिग्रेका छन् भने सच्याउने मौका पाउनुपर्छ भन्ने माग रहेको छ ।

त्यसैगरी महाधिवेशन प्रतिनिधि नै जिल्ला सभापति उठ्न पाउने विधानको व्यवस्था लागू गरिनुपर्ने बताएका छन् । एक निर्वाचन क्षेत्र भएको ठाउँमा क्षेत्रीय प्रतिनिधि पनि जिल्ला सभापति उठ्न पाउने व्यवस्था नेतृत्वले गरेकोमा जिल्ला सभापतिहरूले आपत्ति जनाएका हुन ।

क्रियाशील सदस्यको नामावली अहिले नै सार्वजनिक गरेमा भदौ १८ गते हुने वडा अधिवेशनमा लफडा नहुने र वडादेखि जिल्लासम्म क्रियाशीलको नाम छुटेकोमा पछि लफडा हुन सक्ने उनिहरूको भनाइ छ ।

कांग्रेसले ९ लाख क्रियाशील सदस्य बनाएको छ । क्रियाशील सदस्यताबारे विवाद हल गरेर सोमबार बेलुकीमात्र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सभापति शेरबहादुर देउवा र नेता पौडेललाई प्रतिवेदन हस्तान्तरण गरेका थिए।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

नेकपा एमाले तेह्रथुमको अध्यक्षमा तेजमान कन्दङवा

तेह्रथुम । नेकपा एमाले तेह्रथुमको अध्यक्षमा तेजमान कन्दङवा सर्वसम्मत अध्यक्षमा चयन भएका छन् ।...

लिम्बुवानलाई समयमै सम्बोधन नगरे भोलि महँगो पर्न सक्छ – बाबुराम भट्टराई

-आपुङ्गी हाङ काठमाडौं, २० पुस । पुर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी संघिय परिषद...

निर्वाचन आयोगविरुद्ध मिलन पाण्डे पक्ष सर्वोच्च अदालत जाने

काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डे पक्ष निर्वाचन आयोगविरूद्ध सर्वोच्च अदालत जाने...

विकृति विसंगति अन्याय अत्याचार र बिभेद प्रवृत्ति विरुद्ध लड्नु पर्छ –डा. भट्टराई

पदम सुखी सम्बाहाम्फे पान्थर, १९ पुस । पान्थर जिल्लाको कुम्मायक गाउँपालिकामा जनता समाजवादी पार्टी...

जसपा संसदीय दलको प्रमुख सचेतकमा प्रमोद साह नियुक्त

काठमाडौं । जनता समाजवादी पार्टी नेपालको संसदीय दलको प्रमुख सचेतकमा प्रमोद साह नियुक्त भएका...

विवेकशील साझाबारेको निर्णयविरुद्ध पाण्डेको उजुरी निर्वाचन आयोगद्वारा खारेज

ललितपुर । विवेकशील साझा पार्टीबारे निर्वाचन आयोगको निर्णय पुनरावलोकन गर्न माग सहित तत्कालीन संयोजक...

एमालेनिकट मगर संघ नेपालको प्रदेश अधिवेशन पुस ९ र १० गते पोखरामा

पोखरा, ८ पुस । नेकपा (एमाले)निकट मगर संघ नेपाल, गण्डकी प्रदेशको प्रथम प्रदेश अधिवेशन...

राजनीति भनेकै जालझेल, पेलापेल, ठेलाठेल, दाउपेच, षड्यन्त्र र स्वार्थको पुलिन्दा रहेछ: उदय पुर्वेली

-उदय पुर्वेली चोङ्वाङक्याक विसं २०६० माघ २४ गते प्रचण्डले बोलाएकाले मातृका यादव पटनाबाट दिल्ली...

उधौलीको अवसरमा प्रदेश १ का प्रमुखद्वारा शुभकामना

विराटनगर । प्रदेश नम्बर १ का प्रमुख परशुरााम खापुङले अनेकतामा एकता नै देशको पहिचान...

नेपाली काँग्रेसको १४औं महाधिवेशनबाट मुस्लिमतर्फको सहमहामन्त्रीमा फर्मुल्लाह मन्सुर निर्वाचित

काठमाडौं । नेपाली काँग्रेसको १४औं महाधिवेशनबाट मुस्लिमतर्फको सहमहामन्त्रीमा फर्मुल्लाह मन्सुर निर्वाचित भएका छन् ।...