नयाँ–सन्दर्भ: सोभियत सङ्घ र अमेरिकाको शक्ति सङ्घर्षको भ्रुणबाट पैदा भएको तालिवान - Naya Online

नयाँ–सन्दर्भ: सोभियत सङ्घ र अमेरिकाको शक्ति सङ्घर्षको भ्रुणबाट पैदा भएको तालिवान

उदय ‘पूर्वेली’ चोङ्बाङ्क्याक

गत अगस्ट १५ का दिन २० वर्षपछि तालिवानले अफगानिस्तानको सत्ता कब्जा गरेपछि विश्वको ध्यान त्यतातिर तानिएको छ । यद्यपि, अफगानिस्तानमा तालिवानको सत्तारोहण यो पहिलोपटक भने होइन । यस घटनाक्रमका बारेमा स्पष्टसँग थाहा पाउन करिब १०० वर्ष पछाडि फर्केर अफगानिस्तानको इतिहासलाई पल्टाएर हेर्नुपर्ने हुन्छ ।

अफगानिस्तानको विगतको इतिहासलाई नियाल्दा, सन् १९१९ मा अङ्ग्रेजको पञ्जाबाट अफगानिस्तान स्वतन्त्र भएको थियो । त्यसपछि राजतन्त्रको युग प्रारम्भ भयो । सन् १९१९ देखि १९७३ सम्म राजतन्त्र कायम रह्यो । अफगानिस्तानको शाही परिवारका अन्तिम राजा महम्मद जहिर शाह हुन् । सन् १९७३ ताका अचानक उनी बिरामी परे । दिनानुदिन उनको स्वास्थ्य स्थिति अत्यन्तै नाजुक हुँदै गइरहेको थियोे । उनको उपचार अफगानिस्तानमा सम्भव थिएन । तसर्थ उनलाई उपचारका लागि इटाली जाने सल्लाह दिईयो । आफन्त आफ्ना विश्वासपात्रहरूका सल्लाह मुताबिक उनी उपचारका लागि इटाली पुगे ।

यता उनका सेनापति मोहम्मद दाउद खानले राजा नभएको अनुकूल मौका छोपी महम्मद जहिर शाह विरुद्ध षड्यन्त्र रच्न थाले । त्यो समयमा विश्वभर गणतन्त्र, प्रजातान्त्र र स्वतन्त्रताका लागि आन्दोलन, क्रान्ति र सशस्त्र विद्रोहको लहर चलिरहेको थियोे । नेसनल रिभोलुसनरी पार्टी अफ अफगानिस्तान’को नाममा अफगानिस्तानमा पनि सशक्तरूपमा राजतन्त्रको विरुद्ध विद्रोहको चर्को आवाज र आन्दोलनका झिल्काहरू यत्रतत्र देखापर्न थाले ।

मोहम्मद दाउद खानले अफगान जनतालाई राजतन्त्र विरुद्धको क्रान्ति सफल भएपछि देशले नयाँ प्रगतिशील संबिधान प्राप्त गर्ने आश्वासन दिलाएका थिए । सन् १९७६ मा क्रान्ति सफल भयो । तर सन् १९७७ मा अग्रगामी प्रगतिशील संबिधान निर्माण हुनुको साटो एकदलीय संबिधान जारी भयो । यसै तिकडममा टेकेर मोहम्मद दाउद खान सन् १९७३ देखि लगातार १९७७ सम्म अफगानिस्तानका प्रधानमन्त्री भए ।

समय बित्दै जाँदा सुस्त तवरले परिस्थिति बदलिन थालिसकेको थियोे । सन् १९७८ मा प्रवेश गर्दा मोहम्मद दाउद खानको निरङ्कुश कदमको व्यापक विरोध भयो ।

त्यसले सउर रिभोलुसन ९क्बगच च्भखयगितष्यल० को जन्म भयो । नुर मोहम्मद ताराकीले यसको नेतृत्व सम्हालेका थिए । उनी डेमोक्रेसीका खुङ्खार पक्षपाती थिए । उक्त क्रान्तिले क्रमशः उचाइ लिँदै गयो र अन्तिममा सफलता हासिल गरेको थियोे । क्रान्ति सफल भइसकेपछि नुर मोहम्मद ताराकीले अफगानिस्तानको प्रधानमन्त्री पद सम्हाले । यसै वर्ष उनी राष्ट्रपति पनि भए ।

नुर मोहम्मदको सोभियत सङ्घसँग पुरानो र घनिष्ठ सम्बन्ध रहेको थियो । अफगानिस्तान जस्तो इस्लामिक कट्टरपन्थी मुलुकमा समाजवादी विचारधाराका नुर मोहम्मदको उदयले उनी सोभियत सङ्घको झनै प्रियपात्र बने ।

अफगानिस्तानसँग आफ्नो सिमाना जोडिएका कारण सोभियत सङ्घले त्यहाँ आफ्नो प्रभाव जमाउने रणनीति लियो । त्यो समयमा महाशक्ति राष्ट्रहरूको शीतयुद्ध चलिरहेकै थियोे । सोभियत सङ्घले नुर मोहम्मदलाई अफगानिस्तानको आधुनिकीकरण गर्न सुझाव दियो । विशेषगरी महिला स्वतन्त्रता र शिक्षाको विषयलाई मुख्य प्राथमिकताका उठान गरियो । नुर मोहम्मद पनि सोभियत सङ्घको इच्छा पूरागर्न लागिपरे । नभन्दै त्यसको सकारात्मक नतिजा पनि देखापर्न थालिसकेको थियो ।

तर केही धार्मिक कट्टरपन्थीहरूलाई भने यो परिवर्तन अनौठो लागिरहेको थियो । जसका कारण नुर मोहम्मदले पश्चिमा संस्कृतिको व्यापार गरेको आरोपका आवाजहरू सुनिन थाले । त्यसै बखत नुर मोहम्मदले गरिबी सुधार कार्यक्रम अघि सारे । त्यस अभियानको उद्देश्य अनुरूप धेरै जमिन भएकाहरूले आफूलाई आवश्यक जमिन मात्र राखेर बाँकी भूमिहीन र गरिब वर्गलाई वितरण गर्नुपर्ने नियम प्रभावकारी तवरले लागू गरियो । नुर मोहम्मदको यो कदमले उनी सोभियत सङ्घको असली अनुयायी र उसैको कठपुतली सरकार भएको आरोप लाग्यो ।तथापि, यो आरोप त्यति झुठो र मिथ्या मात्रै पनि थिएन ।

त्यसैताका एकैसाथ मध्यपूर्वी राष्ट्र इरानमा पनि आधुनिकीकरणको क्रान्ति चलिरहेको थियोे । त्यहाँ प्रत्यक्ष तवरले अमेरिका हावी भइहेको थियोे । अमेरिकाको पहलमा इरानमा नयाँ–नयाँ पश्चिमा संस्कृति आयात भइरहेको थियोे ।

तर साम्राज्यवादी अमेरिकाको नजरमा अफगानिस्तानमा उपनिवेशवादी साम्राज्य सोभियत सङ्घको प्रभाव बढेको असह्य महसुस भयो । अमेरिकाले पनि अफगानिस्तानमा आफ्नो घुसपैठ गर्ने प्रपञ्च रच्न थाल्यो । उसले यसका लागि उपयुक्त माध्यम र पात्रको खोजीगर्न सुरुवात ग¥यो । यसै सिलसिलामा उसले यहाँ अत्यन्तै इस्लामिक धार्मिक कट्टरपन्थी स्वभावका मानिसहरू पनि छन्स जसले पश्चिमा संस्कृति पटक्कै मन पराइरहेका छैनन् भन्ने राम्रोसँग थाहा पायो । यसै कमजोरीमा टेकेर नुर मोहम्मदका विदेश मन्त्री हफिजुद्दीन अमिनलाई सिआइएले एजेन्टको रूपमा प्रयोग गर्ने अवसर पायो । हफिजुद्दीनले सिआइएकै इशारामा आन्दोलन गर्नका लागि मुजाहिदीन (धार्मिक युद्ध लड्ने लडाकु दस्ता) गठन गरे ।

अमेरिकाले पाकिस्तानसँग यो सङ्गठनलाई सहयोग गर्नका लागि राजी बनायो । त्यसको निम्ति आवश्यक नगद र हतियार समेत अमेरिकाले उपलब्ध गरायो । उनीहरूलाई पाकिस्तानमा लगेर उच्चस्तरीय छापामार सैन्य तालिम दिईयो । तालिम सकिएर फर्किएलगत्तै उनीहरूले सोभियत सङ्घको फौज विरुद्ध आक्रमण सुरु गरिहाले । सशस्त्र विद्रोही समूह मुजाहिदीनको आगमनपछि बिस्तारै परिस्थिति नियन्त्रण बाहिर जान थालिसकेको थियोे ।

यसले गर्दा नुर मोहम्मदको सरकार धरापमा परिसकेको थियो । यस्तो विषम परिस्थितिमा अमेरिकाले अझ साउदी अरबलाई समेत सोभियत सङ्घले अफगानिस्तानमा परापूर्वकालदेखि चलिआएको र मानिल्याएको इस्लामिक संस्कृति र धर्म बर्बाद गरिरहेको छ भनेर बहकाउन थाल्यो । अमेरिकाको बहकाउमा लागेर साउदी अरबले अमेरिकाकै रोजाइका पात्र ओसामा बिन लादेनलाई प्रतिनिधिको रूपमा सोभियत सङ्घको फौज विरुद्ध लड्न अफगानिस्तान तर्फ खटाएको थियो ।

अमेरिका,साउदी अरब र पाकिस्तानको सहयोग पाएर मुजाहिदीन लडाकु दस्ताले नुर मोहम्मदको सरकार विरुद्ध सशक्त सशस्त्र विद्रोह गरे । अमेरिकाकै सल्लाह र निर्देशन बमोजिम यस विद्रोहमा सबैभन्दा बढी विद्यार्थीलाई भड्काउन थालियो । उर्दू भाषामा विद्यार्थीलाई “तालिब” भनिन्छ । तालिब समूहका नेता ओमर थिए ।

लडाइँ निरन्तर चलिरह्यो । समस्या झनझन जटिल बन्दै गएपछि सोभियत सङ्घमा गएर आफ्नो हालत पेस गर्न नुर मोहम्मद बाध्य भयो । सोभियत सङ्घले अमेरिकी घुसपैठका कारण वातावरण बिग्रिरहेकाले केही समयका लागि आधुनिकीकरणको अभियान स्थगन गर्न नुर मोहम्मदलाई सुझाएको थियो । साथै अर्को अत्यन्तै महत्त्वपूर्ण उपायको रूपमा आफ्नो मन्त्रीमण्डलका विदेश मन्त्री हफिजुद्दीन अमिनलाई तत्काल हटाउनुपर्ने सल्लाह दिएको थियो । सोभियत सङ्घले उनी सिआइएको बफादार एजेन्ट भएको पनि स्पष्टरूपमा बतायो ।

तर यसपछि घटनाक्रमले अर्कै मोड लियो । सोभियत सङ्घबाट नुर मोहम्मद अफगानिस्तान फिर्ती सवारी हुनुभन्दा अगावै सोभियत सङ्घले नुर मोहम्मदलाई दिएको सुझाव विशेष सूत्रबाट सिआइएले पहिल्यै थाहा पाइसकेका कारण उक्त कुरा हफिजुद्दीन अमिनलाई तुरुन्तै जानकारी गराइसकेको थियोे ।

नुर मोहम्मद मस्कोबाट काबुल अवतरण हुनेबित्तिकै उनका सहयोगी र परिवार सबैलाई एकैसाथ नियन्त्रणमा लिएर हत्या गरियो । यसरी हफिजुद्दीन अमिनले आफ्नै क्याबिनेटका प्रधानमन्त्री, उनका सहयोगी र परिवारको बीभत्स हत्या गरेका थिए ।

नुर मोहम्मदको कत्लेआमपछि हफिजुद्दीन अमिन अफगानिस्तानको सत्तामा हावी भए । उनले आफ्नै नेतृत्वमा सरकार गठन गरे । नुर मोहम्मदको बर्बरतापूर्वक हत्या गरेर हफिजुद्दीनले सत्ता हत्याउनु भनेको सोभियत सङ्घको घोर अपमान थियोे । हफिसुद्दीनको यसकिसिमको हर्कतद्वारा सोभियत सङ्घ आक्रोशित बन्यो । परिणामस्वरूप २५ डिसेम्बर १९७९ मा सोभियत सङ्घले अफगानिस्तानमा हमला गर्यो ।

सोभियत सङ्घको फौजका स्थल सेनाले काबुल कब्जागर्ने क्रममा सैनिक कारबाही अघि बढाउँदा हफिजुद्दीन अमिनको पनि हत्या भएको थियो । काबुल आफ्नो नियन्त्रणमा लिईसकेपछि अफगानिस्तानमा रुसको पपेट सरकार गठन भयो । यसलाई अत्यन्तै नजिकबाट नियालिरहेको अमेरिकाले सोभियत सङ्घले अफगानिस्तानमाथि गरेको हमला इस्लामिक धर्म र भावना विरुद्धको धार्मिक लडाइँ भएको दाबी गर्दै, पाकिस्तान, साउदी अरब र ओसामा बिन लादेनलाई यसको डटेर सामना गर्न प्रोत्साहित गर्नुका साथै एयरक्राफ्ट्, अत्याधुनिक हातहतियार, नगद, विविध युद्ध उपकरण र बन्दोबस्तीका सामानहरू लगातार सहयोग गरिरह्यो ।

यस किसिमको सशक्त र सङ्गठित प्रतिकारले सोभियत फौजलाई धेरै कठिनाइ झेल्नुपरिरहेको थियोे । एकातर्फ अफगानिस्तानको जटिल भौगोलिक अवस्थिति, तालिम प्राप्त र हातहतियार सम्पन्न लडाकु दुश्मन सामु सोभियत फौज अफगानिस्तानमा टिक्न नसक्ने अवस्थामा पुग्यो । लडाइँ सुरु भएको पनि करिब १० वर्ष पुगिसकेको थियो । फेरि, त्यहाँ अनिश्चितकालीन समयसम्म लडाइँ लड्नुमा उसलाई कुनै फाइदा थिएन । बरु घाटा र बेफाइदा मात्र थियो । यसकारण उसले चाँडै नै अफगानिस्तानबाट आफ्नो सेनालाई फिर्ता लैजाने निर्णय लियो ।

यसै अनुरूप १५ फेब्रुअरी १९८९ मा सोभियत सङ्घको फौज अफगानिस्तान छोड्न बाध्य भयो । तर सोभियत सङ्घको बहिर्गमनपछि पनि अफगानिस्तानमा झनै अशान्ति, अस्थिरता, अराजकता, आपसी कलह र गृहयुद्धमा होमियो । यो प्रक्रिया करिब ९ वर्षसम्म चलेको थियोे । मुजाहिदीन धार्मिक अतिवादी सङ्गठनबाट टुक्रिएर विभिन्न सानाठूला सशस्त्र समूहमा विभाजित भई उनीहरू बीचमै लडाइँ चलिरहेकाले यसलाई नियन्त्रण गर्न अमेरिकालाई हम्मेहम्मे परिरहेको थियोे ।

यी गृहयुद्ध लडिरहेका मुजाहिदीन सङ्गठनका समूहमध्ये स्टुडेन्ट्स विङ्ग्स अथवा तालिबहरूको दस्ता सबैभन्दा शक्तिशाली थियोे । तालिब समूहले पाकिस्तान,साउदी अरब र अमेरिकाबाट प्रशस्तै तालिम,हातहतियार र मनग्ये आर्थिक सहयोग पाएकाले सोभियत सङ्घ विरुद्धको फौजी कारबाहीमा समेत तालिबहरू मोर्चाको अग्रपङ्क्तिमा बहादुरीका साथ युद्ध लडेका थिए ।

यसको नेतृत्व अत्यन्तै प्रभावशाली तालिब ९विद्यार्थी० नेता ओमरले गरिरहेका थिए । सोभियत फौजसँगको लडाइँको दौडानमा एक बम बिस्फोटको घटनामा उनले आफ्नो दाहिने आँखा गुमाए । त्यसपछि ओमर कम सक्रिय हुनथाले । हुँदाहुँदै उनी मौलाना अथवा मुल्लाह भई नवाज पढाउन थाले ।

यसैले पछिबाट उनको नाम मुल्लाह ओमर रहन गयो । मुल्लाह ओमरले केही समयको अन्तराल पश्चात् पुनः आफ्नो गतिविधि र सक्रियता बढाउन थाले । उनले नेतृत्व गरेको तालिब समूहले अन्य आफ्ना विरोधी दस्ता उपर क्रमशः विजय हासिल गर्दै अघि बढिरहेका थिए । यसकारण, अफगानिस्तानमा तालिब समूह मुख्य विद्रोही शक्तिको रूपमा उदायो ।

मुल्लाह ओमरले यहीँ मौका छोपेर आफ्नो नेतृत्वको “तालिवान” नामक सङ्गठन स्थापना गरे । तालिवानको गतिविधि दिनदिनै उग्र बन्दै गयो । उनीहरूले २७ सेप्टेम्बर १९९६ मा काबुलमा शक्ति प्रदर्शन गर्दै तत्कालीन डिमोक्रेटिक रिपब्लिक अफ अफगानिस्तान पार्टीका नेता मोहम्मद नाजिबुल्लाह अहमद्जाईको हत्या गरे । सँगसँगै उनका भाइ साहपुर अहमद्जाईको पनि हत्या गरेका थिए । उनीहरूको मृत शरीरलाई सडकको ट्राफिक लाइटको खम्बामा झुन्ड्याएका थिए । त्यसको २ वर्षपछि सन् १९९८ मा पूर्णरूपमा काबुल कब्जा गर्न तालिवान सफल भयो ।

त्यसपछि अफगानिस्तानको इतिहासमै पहिलोपटक तालिवान सरकार गठन भयो । जसको नेतृत्व मुल्लाह ओमरले गरे । त्यस लगत्तै अफगानिस्तानमा सरिया कट्टरपन्थी इस्लामिक धार्मिक कानुन लागू गरियो । यसले जनमानस माझ व्यापक संशय र त्रासदीपूर्ण वातावरण निर्माण गरेको थियो ।

समय बित्दैजाँदा, बिचमा परिस्थितिले अचानक यूटर्न ‘U’ लियो । ११ सेप्टेम्बर २००१ का दिन अमेरिकाको न्युयोर्क स्थित पेन्टागन वर्ल्ड ट्रेड सेन्टरको ट्वीन टावरमा भयानक आक्रमण भयो । जुन आक्रमणको जिम्मेवारी इस्लामिक उग्रवादी सङ्गठन अल–काएदाका नेता ओसामा बिन लादेनले लिएका थिए । त्यसपछि उनी विश्वकै मोस्ट वान्टेड सूचीमा परेका थिए ।

तिनै ओसामा बिन लादेनलाई मुल्लाह ओमरले अफगानिस्तानको तोरा बोरा गुफामा उनलाई सैन्य सुरक्षाको घेरामा शरण र संरक्षण दिएर राखेको अमेरिकाले आरोप लगायो । यसै विषयमा विवाद चर्किदै गएपछि सन् २००१ मा अमेरिकी सेना अफगानिस्तानमा उत्रियो । त्यसपछि तालिवान विरुद्धको उसको कारबाही सुरु ग¥यो । एक्सनमा लिने क्रममा सबैभन्दा पहिले काबुलबाट तालिवान सरकार र उसका फौजलाई लखेटेर हमिद कार्जाईको नेतृत्वमा अमेरिकी कठपुतली सरकार बनायो ।

त्यसपछि, अमेरिकाले क्रमशः आफ्नो सैन्य सङ्ख्या र शक्ति बढाउँदै गयो । त्यतिबेला ओसामा बिन लादेन अफगानिस्तानमा नभएर पाकिस्तानमा लुकीछिपी भूमिगत तवरले बसेको अमेरिकाले थाहा पायो । धेरै ठूलो प्रयासका बाबजुद २ मे २०११ का दिन ओसामा बिन लादेनको हत्या गर्न अमेरिका सफल भयो । यसले अमेरिकाको सैन्य मिसनको सबैभन्दा महत्त्वपूर्ण जिम्मेवारी र उद्देश्य पनि पूरा भएको थियोे । तर गिरफ्तार गरेर पाकिस्तानको एउटा जेलमा राखिएका मुल्लाह ओमर अझैसम्म जीवितै थिए । पछि वार्ताको लागि भनेर सन् २०१३ मा उनलाई रिहा गरिएको थियोे ।

त्यसै समयमा भूमिगत अवस्थामा रहेकै मौका बिरामी भई उनको मृत्यु भयो भनियो । अब भने, अमेरिका सम्पूर्ण मिसन पूरा भइसकेको थियोे । त्यतिबेला देखि नै अमेरिकाले जतिसक्दो चाँडो अफगानिस्तानबाट खुट्टा झिक्न चाहन्थ्यो । तर त्यो समयको पर्खाइ १५ अगस्ट २०२१ मा सम्पन्न भयो ।

यसबारे संक्षिप्तमा विश्लेषणः
यहाँ एउटा रोचक प्रसङ्ग के छ भने, सोभियत सङ्घ सँगको पावर एक्सर्साइजमा अमेरिका आफैँले तालिम, हतियार, पैसा र आइडिया उपलब्ध गराएर सोभियत सङ्घको खिलाफमा तयार गरेको सेनाले अन्त्यमा उसैको अर्बौं डलर नोक्सान गरायो । यसकै कारण, २० वर्षको अन्तरालमा अनाहकमा हजारौँ अफगान सर्वसाधारण नागरिकले ज्यान गुमाए । साठी हजार बढी अफगान सेनाले मृत्युुवरण गरे । चौबीस सय भन्दा बढी अमेरिकी सेनाले विदेशी भूमिमा दिवङ्गत भए । अन्तिममा तालिवानको लागि युद्धको मैदान खालि गरेर लाचार भई फर्किनु पर्यो ।

उसोभए, के अब फेरि अफगानिस्तानमा रुस हावी हुन्छ रु वा तालिवानले अफगान नागरिकको मर्म र भावना बुझेर आफ्नै विवेक प्रयोग गरेर नयाँ ढङ्गले देशको राजनीति अघि बढाउँछरु वा अझ निर्मम र क्रुरतापूर्वक प्रस्तुत हुन्छरु
यिनै प्रश्नहरूले अहिले अफगानिस्तान घेरिएको छ ।

यसका कारक तत्वहरूः
क। महाशक्ति राष्ट्र अमेरिका र सोभियत सङ्घको शक्ति सङ्घर्षको घर्षण र शीतयुद्ध
ख। नुर मोहम्मद रुसको उग्रवामपन्थी विचारधाराको नकारात्मक प्रभावको अनुयायी बनेको
ग। हफिजुद्दीन जस्ता गद्दार सिआइए एजेन्ट
घ। इस्लामिक धार्मिक कट्टरपन्थी उग्रता
ङ। ओसामा बिन लादेनको गतिविधि
च। पाकिस्तानको अपरिपक्व व्यवहार

अब यहाँबाट अफगानिस्तानले मात्र होइन,हामीले पनि धेरै पाठ सिक्नुपर्ने हुन्छ । खासगरी साम्राज्यवाद र औपनिवेशिक युगको उत्तरार्द्धपछि साम्राज्यवाद र उपनिवेशवादको स्वरूपमा व्यापक परिमार्जन भएको छ । यसको लागि विभिन्न राष्ट्र–राष्ट्र बिचमा भएका गठबन्धन,आइएनजिओ, सिआइए र हाम्रै छिमेकी मुलुकमा सक्रिय रहेको रअ आदि काम गराइ,उद्देश्य र स्वार्थका दृष्टिकोणले यिनीहरू साम्राज्यवाद, उपनिवेशवाद र विस्तारवादकै सन्तान हुन् ।

जस्तो कि, चिनियाँ महत्त्वाकाङ्क्षाको आयोजना बिआरआइलाई असफल बनाउने रणनीति अनुरूप अहिले नेपाल लगायत अन्य थुप्रै मुलुकमा अमेरिकाले एमसीसी चारो फ्याँकिसकेको छ । इन्डो पेसिफिक स्ट्रेट्जीको माध्यमद्वारा साउथ चाइना सी’मा चिनलाई घेराबन्दी गर्न खोजिएको छ । यसरी निरन्तर चलिरहेका महाशक्ति राष्ट्रहरूको शक्ति प्रदर्शनीको घर्षणबाट हामी बच्न सक्नुपर्छ । नत्रस हाम्रो हालत पनि अफगानिस्तानको जस्तै नहोला भन्न सकिन्न ।

उदय पूर्वेली चोङ्बाङकयाकले पाक्षिक रुपमा नयाँ–सन्दर्भ लेख्नेछन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

जदौ मपाइत्व

मलिसा याक्थुङ्बा लिम्बू मपाइत्व भन्ने कुरा पुरानो नेपाली किताबमा ‘म जुजुमान’ भन्ने पाठमा पढेको...

नेफिन आईसीसी संयोजक मानबहादुर रानामगर संगठनबाट निष्कासित

काठमाडौं, १ माघ । नेफिन आईसीसीका तत्कालिक संयोजक र सहसंयोजकलाई कार्यवाही गरिएको छ ।...

जोसियल नेटवर्किङबाट महिनामा लाखौं कमाइने भन्दै करोडौं ठगी गरेपछि सम्पर्कवीहिन

काठमाडौं, २८ पुस । पछिल्लो समय नेटवर्किङ व्यावसायबाट ठगीनेहरुको सङ्ख्या बढ्दो छ । विभिन्न...

निरज सर ! तपाई होइन, म कहाँ हराएँ ?

देवेन्द्र सुर्केली सन् २००६ को अन्त्यतिर मलेसियातिर हान्निएँ । मेरो दाजु राजेन्द्र खापुङ मलेसियामा...

चासोक कि चासोत ? येले तङबे कि कक्फेक्वा तङनाम ? संक्षिप्त टिप्पणीः

-उदय पूर्वेली चोङबाङक्याक चेम्जोङ (१९७८) का अनुसार; आद्य प्रागैतिहासिककालमा याक्थुङ जातिको उद्भाव थलो मुना...

जनताले पावन्दी कहिले जान्ने ?

मलिसा याक्थुङ्बा लिम्बू नेपालभित्र कथित एकिकरण भईरहँदा अमेरिकामा क्रिष्टोफर कोलम्बसले पत्ता लगाउँदै थिए, ईतिहासमा...

लिम्बुवानलाई समयमै सम्बोधन नगरे भोलि महँगो पर्न सक्छ – बाबुराम भट्टराई

-आपुङ्गी हाङ काठमाडौं, २० पुस । पुर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी संघिय परिषद...

सङ्खुवासभाको चैनपुरमा स्थानीय खेलाडीहरू सम्मानित

-सन्देश इङघङ सङ्खुवासभा, १९ पुस । सङ्खुवासभाको चैनपुरमा स्थानीय खेलाडीहरूलाई सम्मान गरिएको छ ।...

किरात याक्थुङ लिम्बुको विभिन्न संस्थाहरुले गाउपालिका अध्यक्ष समक्ष बुझाए ज्ञापनपत्र

-राजकुमार लिम्बु पाटीगाउँ, मोरङ । किरात याक्थुङ लिम्बुको विभिन्न संस्थाहरुले केराबारी गाउपालिका अध्यक्ष समक्ष...

यो वर्षको पहिचान पुरस्कार ‘पथेर’ र ‘कदम’लाई

नडाहा, ७ पुस । यो वर्ष (२०७८)को पहिचान पुरस्कार श्याम शाहको कथा संग्रह ‘पथेर’,...