कवि तथा व्यावसायी सुमन घिमिरेका २ ओटा कृति लोकार्पण - Naya Online

कवि तथा व्यावसायी सुमन घिमिरेका २ ओटा कृति लोकार्पण

ललितपूर, ६ भदौ । पर्यटन व्यवसायी तथा कवि सुमन घिमिरेको दुई ओटा कविता संग्रह लोकार्पण भएका छन् ।

कविडाँडा साहित्य समाजले शनिबार सौराहास्थित घिमिरेको आफ्नै होटलमा एक कार्यक्रम आयोजना गरि नेपाली भाषाको कविता संग्रह “सूनको टप” र अंग्रेजी भाषाको कविता संग्रह “साइक्लोन अफ फायर” संग्रहहरू लोकार्पण गरेका हुन् ।

सूनको टप कविता संग्रह उनको दोस्रो कविता संग्रह हो । दुवै कविता संग्रहमा घिमिरेले मुलुकको समसामयीक विषयवस्तुलाई समेटेका छन् । दुवै कृति नियात्राकार प्रतिक ढकालको हातबाट विमोचन भएको हो ।

घिमिरेको “सूनको टप” कविता संग्रहमा ४१ वटा कविता समावेश छन् । घिमिरेले नेपालको अतिक्रमित भूमि लिपुलेक र लिम्पियाधुरा कागजमा मात्रै फिर्ता भएको र ब्यवहारिक कार्यान्वयनका लागि काम नभएकाले सो कुरालाई आफ्नो कृतिमा राखेको बताए । सो विमोचन कार्यक्रममा कवि भूपिन र चेतराज रेग्मीले घिमिरेको दुवै कृतिको समीक्षा गरेका थिए ।

यस अघि घिमिरे २०६८ सालमा आफ्नो पहिलो कविता “संग्रह मेरो बैंसको क्यालेण्डर” निकालेका थिए । घिमिरेले यसपटक भने दश वर्षको बीचमा लेखिएका प्रतिनिधि कविताहरुलाई स्थान दिएर “सूनको टप” र “साइक्लोन अफ फायर” बजारमा ल्याएका हुन् ।

कविडाँडा साहित्य समाज चितवनका अध्यक्ष साहित्यकर एलबी क्षेत्रीको अध्यक्षतामा सो कार्यक्रम सम्पन भएको थियो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

महिला शक्ति विकास केन्द्रद्वारा कुम्मायकमा एकदिने कार्यक्रम

पदम सुखी सम्बाहाम्फे पाँचथर, ६ माघ । कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा आज महिला नेतृत्व...

सञ्जय तुम्बाहाम्फेकृत ‘सृष्टिको याङदाङ’ लोकर्पण

ललितपुर, ४ माघ । कवि सञ्जय तुम्बाहाम्फेको कविताकृति ‘सृष्टिको याङदाङ’ ललितपुरस्थीत चुम्लुङहिममा लोकार्पण भएको...

अक्सिजन कन्सन्ट्रेटर मेशिन गाउँपालिकालाई हस्तान्तरण

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । कुम्मायक गाउँपालिकाको स्वास्थ शाखा कार्यालय यासोकलाई तेजकुमार...

दयालको पुस्तक ‘खपर्‍या एवम् देवताहरूबिचको द्वन्द्व र सृजित विभेद’ प्रकाशित

विराटनगर, ४ माघ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ‘खपर्‍या एवम् देवताहरूबिचको द्वन्द्व र सृजित विभेद’ नामक...

पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङको प्रथम साधारणसभा सम्पन्न

तेह्रथुम, १ माघ । फेदाप पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थामरुङ फेदापको प्रथम साधारणसभा सम्पन्न...

सेहोनाम्लाङमा कियाचु पाँचथरको ताम्भुङ्चा (वनभोज) कार्यक्रम

पदम सुखी सम्बाहाम्फे पाँचथर, १ माघ । किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा पाँचथरको आयोजनामा...

प्रदेश प्रमुख खापुङद्वारा माघे संक्रान्तिको शुभकामना व्यक्त

विराटनगर, १ माघ । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङद्वारा माघे...

भेन र मोटरसाइकल एकआपसमा ठक्कर खाँदा २१ वर्षीय पवन लिम्बुको मृत्यु

मोरङ, २९ पुस । उर्लाबारी नगरपालिका–७ ग्राण्ड होटल नजिक भेन र मोटरसाइकल एकआपसमा ठक्कर...

पाःलाम ‘सिरिजङ्गा तङ्नाम’को छायांकन सम्पन्न

काठमाडौं । लिम्बू भाषाको पाःलाम ‘सिरिजङ्गा तङ्नाम’को बुधबार छायांकन सम्पन्न भएको छ । पाःलाममा...

‘सिरिजङ्गा तङ्नाम्’को भिडियो छायांकन सम्पन्न

काठमाडौ – लिम्बू भाषाको पालाम ‘सिरिजङ्गा तङ्नाम’को बुधबार छायांकन सम्पन्न भएको छ । सिक्किमस्थित...