हिमालय टोल विकास संस्थाको दोस्रो अधिवेशनबाट निर्विरोध - Naya Online

हिमालय टोल विकास संस्थाको दोस्रो अधिवेशनबाट निर्विरोध

सागर राईकै अध्यक्षतामा ११ सदस्यीय समिति गठन

इटहरी, ५ भदौ । सुनसरीको इटहरी ५ स्थित हिमालय टोल विकास संस्थाको छैठौं वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ ।

शनिबार नेपाल किसान संघ इटहरीे नगर सभापति डम्बर बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा गमलाको फूलमा पानी हालेर उक्त कार्यक्रमको उद्घाटन गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा नेपाल किसान संघ इटहरीे नगर सभापति बस्नेतले हरेक संस्था र समुदायको विकासको लागि एक कुसल नेतृत्व आवश्यक हुने कुरामा जोड दिए ।

उनले इटहरीमा रहेका ४५÷४६ औं पटक साधरण सभा गर्ने टोल विकास संस्थाहरूको आफ्नो नीजि भवन नभएको उल्लेख गर्दै हिमालय टोल विकासले नीजि भवनमा कार्यक्रम गर्नू एक उदाहरण भएको उल्लेख गरेका हुन् ।

कार्यक्रमको बन्द सत्रबाट निर्विरोध रूपमा सागर राईकै अध्यक्षतामा ११ सदस्यीय समिति पुर्नगठन गरिएको छ ।

जसको उपाध्यक्ष टाइसन लिम्बु, सचिव देबेन्द्र बहादुर कार्की, सहसचिव उमा अधिकारी, कोषाध्यक्ष इन्द्र कुमारी राई रहेका छन् । सदस्यहरुमा दिपा पोखरेल, मिरा खड्का, हेम कुमारी भट्टराई, चन्द्र ढकाल, रामसरी राई, पाना लिम्बु छन् ।

अरुण लिम्बुको संयोजकत्वमा गठित तीन सदस्यीय अध्यक्ष मण्डलले नयाँ कार्यसमिति पुनर्गठन गरेको हो ।

संस्थाको दोस्रो अधिवेशनबाट पुनः अध्यक्षमा निर्विरोध निवाचित सागर राईले हिमालय टोललाई विकास तथा उज्यालो साकार बनाउन धेरै कुरा सोेचेको तर लक्ष्यमा पुग्नको लागि सबैबाट साथ सहयोगको आवश्यक रहेको बताए ।

राम्रो योजनाको साथ अगाडी बढ्यो भने पक्कैपनि सफल भइन्छ भन्ने हिमालय टोल विकास संस्था उदाहरण भएको उल्लेख गर्दै अध्यक्ष राईले इटहरी ५ अन्तर्गतका ४२ ओटा टोल विकास संस्थामध्ये हिमालयको मात्र आफ्नो नीजि भवन रहेको उद्घोष गरे ।

अध्यक्ष राईले भने “ इटहरीको वडा नम्बर ५ अन्तर्गत रहेका ४२ वटा टोल विकास संस्था मध्ये हाम्रो संस्थाको मात्र नीजि भवन निमार्ण हुनु भनेको एक उदाहरणीय कार्य हो ।, तर संस्थाको नीजि भवन भएर मात्र हुँदैन, प्रत्येक टोल विकास संस्थाहरूलाई स्थायीकरण गरिनुपर्छ भनेर आवाज उठाइरहेका छौं ।”

टोल विकासको काम गर्दै गर्दा पहिले द्रुत गति लिनुपर्ने अवस्था देखिएको भन्दै अध्यक्ष राईले सबैको साथ सहयोगको अपेक्षा रहेको उल्लेख गरेका हुन् ।

कार्यक्रममा विगतदेखि अहिलेसम्म टोल विकास संस्थाले गरेको कामहरूको समिक्षा गर्दै संस्थाले आयोजना गरेको देउसीभैलो, बचत तथा भवन निर्माणका लागि खर्च गरिएको आर्थिक विवरण सार्वजनिक गरिएको थियो ।

कार्यक्रमका बीच हिमालय टोलका जेष्ठनागरिक ७९ वर्षीय पूर्ण बहादुर कार्की, ७८ बाल कुमारी कार्कीलाई कार्यक्रम सभाध्यक्ष सागर राई र प्रमुख अतिथि बस्नेतले दोसल्ला ओडाएर सम्मान गरिएको हो ।

टोल विकास संस्थाको भवन निर्माणको लागि समिति बाहिर रहेर पनि आर्थिक सहयोग प्रदान गर्ने व्यक्तित्वहरूलाई समेत सम्मान पत्र हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष राईले जानकारी दिए ।

हिमालय टोल विकास संस्थाका अध्यक्ष सागर चाम्लिङ राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार किरण राई, संस्थाका पदाधिकारीहरूलगायत स्थानीयहरूको उपस्थिति रहेको थियो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अक्सिजन कन्सन्ट्रेटर मेशिन गाउँपालिकालाई हस्तान्तरण

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । कुम्मायक गाउँपालिकाको स्वास्थ शाखा कार्यालय यासोकलाई तेजकुमार...

ठेक्केदारको कारण लुम्भुघाट पुलको काम अलपत्र

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । पाँचथर र तेह्रथुम जिल्ला जोडिने लुम्भुघाट पक्की...

‘अक्षर अक्षरमा देश’ लिएर आए दीपक समीप

पोखरा । मुक्तककार दीपक समीपको मुक्तक संग्रह ‘अक्षर अक्षरमा देश’ को एक भव्य समारोहबीच...

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको सम्मान डा. बराललाई र पुरस्कार संगीतकार गुरुङलाई

काठमाडौँ, १ माघ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा...

पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङको प्रथम साधारणसभा सम्पन्न

तेह्रथुम, १ माघ । फेदाप पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थामरुङ फेदापको प्रथम साधारणसभा सम्पन्न...

न्यु जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधरण सभा सम्पन्न

इटहरी, १ माघ । न्यू जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको...

प्रदेश प्रमुख खापुङद्वारा माघे संक्रान्तिको शुभकामना व्यक्त

विराटनगर, १ माघ । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङद्वारा माघे...

कुम्मायक गाउपालिकाको एघारौ गाउसभा सम्पन्न

पदम सुखी सम्बाहाम्फे पाँचथर, १ माघ । कुम्मायक गाउपालिकाको एघारौं गाउँसभा बैठक सम्पन्न भएको...

रक्साना लिम्बु जिाताउ अभियान अन्तर्गत अमेरिका निवासी किशोर सुब्बाको सहयोग

काठमाडौ, २९ पुस । सुमधुर स्वरकी धनी रुक्साना लिम्बु विविध विधाका गीतहरु गाउन सक्ने...

धरानमा गुञ्जियो सीमानापारिका कवि र कविता

-प्रकाश दिप्साली राई/नडाहा कुनै दिन खोलाबाट पानी भाग्यो भने आँखाबाट सपनाहरू भागे भने सम्झनु...