लिम्बुवान भर्चुअल संवादको १२ औं श्रृङ्खला सम्पन्न - Naya Online

लिम्बुवान भर्चुअल संवादको १२ औं श्रृङ्खला सम्पन्न

ललितपुर, ५ भदौ । जसपा, नेपाल लिम्बुवान राष्ट्रिय समितिले साप्ताहिकमा रुपमा गर्दै आएको लिम्बुवान भर्चुअल संवाद को १२औं श्रृङ्खला सम्पन्न भएको छ ।

१२ औं श्रृङ्खलामा त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक बालकृष्ण मावुहाङ, जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य तथा महिला इन्चार्ज दुर्गा सोव प्रमुख वक्ता रहेका थिए ।

मावुहाङले वैकल्पिक राजनीतिको सार र भविष्य विषयमा बोलेका थिए । वैकल्पिक राजनीतिले समावेशी तथा पहिचानमा आधारित संघीयताको वकालत गरेर फरकपना ल्याउनसक्ने मावुहाङको भनाई थियो ।

नेपालको शासनव्यवस्थालाई केलाएर दिइएको प्रस्तुतिमा मावुहाङले नेपालको राजनीति एकधर्मिता तथा जातव्यवस्था प्रणालीले गाँजेर ल्याएकोले नै ठूलो समस्याको स्वरुप बनेको बताएका थिए ।

त्यसैगरी लैंगिक समानता र समावेशीकरणः जसपा, नेपालको भूमिका विषयमाथि पार्टीका कार्यकारिणी सदस्य दुर्गा सोवले बोलेकी थिइन् । लामो समयदेखि जरा गाडेको ‘माइण्डसेट’ नै लैंगिक समानता र समावेशीकरणको समस्या रहेको सोबले बताइन् । त्यो माइण्डसेटलाई हटाउन सकेमात्रै समानता हुनसक्ने सोबको भनाई थियो ।

कार्यक्रममा जसपा नेपालको केन्द्रीय सदस्य तथा गैरभौगोलिक विशेष प्रदेश इन्चार्ज र जसपा संघीय परिषद सदस्य सिद्धान्त राई आमन्त्रित वक्ताका रुपमा रहेका थिए । राई प्रदेश नं. १ का निर्वाचन आयोग प्रमुखसमेत हुन् ।

हरेक श्रृङ्खला विशेष श्रृङ्खला बन्दै आएको यस भर्चुअल संवादको १३औं श्रृङ्खला विशेष बन्ने जसपा, नेपाल लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिमले बताए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अक्सिजन कन्सन्ट्रेटर मेशिन गाउँपालिकालाई हस्तान्तरण

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । कुम्मायक गाउँपालिकाको स्वास्थ शाखा कार्यालय यासोकलाई तेजकुमार...

ठेक्केदारको कारण लुम्भुघाट पुलको काम अलपत्र

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । पाँचथर र तेह्रथुम जिल्ला जोडिने लुम्भुघाट पक्की...

‘अक्षर अक्षरमा देश’ लिएर आए दीपक समीप

पोखरा । मुक्तककार दीपक समीपको मुक्तक संग्रह ‘अक्षर अक्षरमा देश’ को एक भव्य समारोहबीच...

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको सम्मान डा. बराललाई र पुरस्कार संगीतकार गुरुङलाई

काठमाडौँ, १ माघ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा...

पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङको प्रथम साधारणसभा सम्पन्न

तेह्रथुम, १ माघ । फेदाप पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थामरुङ फेदापको प्रथम साधारणसभा सम्पन्न...

न्यु जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधरण सभा सम्पन्न

इटहरी, १ माघ । न्यू जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको...

प्रदेश प्रमुख खापुङद्वारा माघे संक्रान्तिको शुभकामना व्यक्त

विराटनगर, १ माघ । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङद्वारा माघे...

कुम्मायक गाउपालिकाको एघारौ गाउसभा सम्पन्न

पदम सुखी सम्बाहाम्फे पाँचथर, १ माघ । कुम्मायक गाउपालिकाको एघारौं गाउँसभा बैठक सम्पन्न भएको...

रक्साना लिम्बु जिाताउ अभियान अन्तर्गत अमेरिका निवासी किशोर सुब्बाको सहयोग

काठमाडौ, २९ पुस । सुमधुर स्वरकी धनी रुक्साना लिम्बु विविध विधाका गीतहरु गाउन सक्ने...

धरानमा गुञ्जियो सीमानापारिका कवि र कविता

-प्रकाश दिप्साली राई/नडाहा कुनै दिन खोलाबाट पानी भाग्यो भने आँखाबाट सपनाहरू भागे भने सम्झनु...