जसपा, नेपाल ताप्लेजुङ काठमाडौ सम्पर्क समितिको पुनर्गठन - Naya Online

जसपा, नेपाल ताप्लेजुङ काठमाडौ सम्पर्क समितिको पुनर्गठन

ललितपुर, ५ भदौ । जनता समाजवादी पार्टी, नेपाल, ताप्लेजुङ काठमाडौ सम्पर्क समितिको शनिबार पुनर्गठन भएको छ ।

पुनर्गठनबाट दिलकुमार येङ्देनको अध्यक्षतामा १२ सदस्यीय समिति निर्माण भएको छ । जसको उपाधयक्ष अन्जना शेर्पा, धिरेन लिम्बू, सचिव मोहन मादेन, सहसचिव अनिल सुनुवार, कोषाध्यक्ष श्रद्धा लिम्बू रहेका छन् ।

सदस्यहरुमा नवराज गुरुङ, आशा साम्सोहाङ, भरत मादेन, सरला लिम्बू, सरिता लिम्बू, गंगाराज खिम्दिङ लिम्बू रहेका छन् । थप सदस्यहरु बैठकबाट मनोनित गरिने भएको छ ।

बालकुमारी ललितपुरस्थीत लिम्बुवान राष्ट्रिय समितिको कार्यालयमा सम्पन्न पुनर्गठन कार्यक्रममा पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य रकम चेम्जोङ र शुशिला श्रेष्ठको उपस्थिति रहेको थियो ।

कार्यक्रममा केन्द्रीय सदस्य निर्मला लिम्बू, आदिवासी जनजाति महासंघका उपाध्यक्ष सुवास पालुङ्वाको पनि उपस्थिति थियो ।

जसपा, नेपालमा आवद्ध रहेका नेता तथा कार्यकर्ताहरु विभिन्न पार्टीमा काम गर्दा वैकल्पिक विचार लिनेहरु एक भएको नेतृ सुशिला श्रेष्ठले बताएकी थिइन् । संघीयता र समावेशीताको नारालाई पूर्णरुपमा लागू गर्न सक्ने पार्टी जसपा मात्रै हुनसक्ने श्रेष्ठको भनाई थियो । मन्तव्यको क्रममा ताप्लेजुङमा जन्मिएको र हुर्किएको कुरा पनि सम्झिएकी थिइन् ।

त्यसैगरी जसपाका केन्द्रीय कार्यकारिणी सदस्य रकम चेम्जोङले मानिसले स्वतन्त्रतापूर्वक बाँच्न पाउने, आफ्नो मौलिक हकअधिकारका लागि लड्ने राजनीतिक दल भनेकै जनता समाजवादी दल भएको बताएका थिए ।

कार्यक्रम दिलबहादुर एङ्देनको सभापतित्व र मोहन मादेनको सञ्चालनमा भएको थियो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अक्सिजन कन्सन्ट्रेटर मेशिन गाउँपालिकालाई हस्तान्तरण

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । कुम्मायक गाउँपालिकाको स्वास्थ शाखा कार्यालय यासोकलाई तेजकुमार...

ठेक्केदारको कारण लुम्भुघाट पुलको काम अलपत्र

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । पाँचथर र तेह्रथुम जिल्ला जोडिने लुम्भुघाट पक्की...

‘अक्षर अक्षरमा देश’ लिएर आए दीपक समीप

पोखरा । मुक्तककार दीपक समीपको मुक्तक संग्रह ‘अक्षर अक्षरमा देश’ को एक भव्य समारोहबीच...

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको सम्मान डा. बराललाई र पुरस्कार संगीतकार गुरुङलाई

काठमाडौँ, १ माघ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा...

पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङको प्रथम साधारणसभा सम्पन्न

तेह्रथुम, १ माघ । फेदाप पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थामरुङ फेदापको प्रथम साधारणसभा सम्पन्न...

न्यु जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधरण सभा सम्पन्न

इटहरी, १ माघ । न्यू जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको...

प्रदेश प्रमुख खापुङद्वारा माघे संक्रान्तिको शुभकामना व्यक्त

विराटनगर, १ माघ । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङद्वारा माघे...

कुम्मायक गाउपालिकाको एघारौ गाउसभा सम्पन्न

पदम सुखी सम्बाहाम्फे पाँचथर, १ माघ । कुम्मायक गाउपालिकाको एघारौं गाउँसभा बैठक सम्पन्न भएको...

रक्साना लिम्बु जिाताउ अभियान अन्तर्गत अमेरिका निवासी किशोर सुब्बाको सहयोग

काठमाडौ, २९ पुस । सुमधुर स्वरकी धनी रुक्साना लिम्बु विविध विधाका गीतहरु गाउन सक्ने...

धरानमा गुञ्जियो सीमानापारिका कवि र कविता

-प्रकाश दिप्साली राई/नडाहा कुनै दिन खोलाबाट पानी भाग्यो भने आँखाबाट सपनाहरू भागे भने सम्झनु...