नायक दिनेश केसीले गाए गीत - Naya Online

नायक दिनेश केसीले गाए गीत

काठमाण्डौँ, ५ भाद्र । २०४४ सालमा दोलखाको झ्याकुमा जन्मिएका नायक दिनेश केसी २०६६ सालदेखि नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरि आफुलाई स्थापित गर्दै विभिन्न नेपाली चलचित्रहरू मार्फत नेपाली दर्शकको मन जित्न सफल भई आफुलाई एउटा सफल कलाकारको रूपमा चिनाउन सक्षम भएका छन् ।

फरक, फरक रूपमा अभिनयमार्फत आफुलाई पर्दामा देखाउन रुचाउने नायक केसी केही न केही फरक काम गरिरहन रुचाउँछन् । यसै सन्दर्भमा कोभिडले गर्दा चलचित्र क्षेत्र सिथिल रहेको अवस्थामा आफू जन्मेको जिल्लालाई विश्वव्यापी रूपमा चिनाउन पर्छ भन्ने उदेश्यले उनले हालै ‘हाम्रो दोलखा राम्रो दोलखा’ बोलको गीतमा उनले आफ्नो सुमधुर स्वर भरेका छन् ।

आफ्नो पहिलो गायन प्रयासलाई विभिन्न सर्जकहरूबाट पाएको हौसलाले उनी निकै उत्साहित छन् । बिश्वका करिब १८ भन्दा बढी देशको भ्रमण गरिसकेका नायक दिनेश केसी बिश्वको जुनसुकै कुनामा पुगेपनि आफू जन्मेको ठाउँ र आफ्नो देशलाई कहिले बिर्सन नहुने उनको भनाई छ । त्यसैले आफ्नो यहि सोचाइलाई गीतमार्फत व्यक्त गर्न पाउदा आफू एकदमै खुसी र सन्तुष्ट भएको उनले बताए ।

दोलखा जिल्लामा भएको विभिन्न पर्यटकीय स्थल, धार्मिक स्थल, कला र संस्कृति झल्काउने गरि उक्त गीतको भिडियोको निर्माण गरि विश्वका आमदर्शकमाझ दोलखा जिल्लाको सौन्दर्यताको बारेमा जानकारी गराउने नायक के.सी.ले बताए ।

‘हाम्रो दोलखा’ बोलको मातृभुमिको बर्णन गरिएको तीतको रचनाकार अमृत भारती हुन् भने लय रामकुमार नेपालीको रहेको छ । सङ्गीत संयोजन सञ्जय श्रीपालले गरेका हुन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

रक्साना लिम्बु जिाताउ अभियान अन्तर्गत अमेरिका निवासी किशोर सुब्बाको सहयोग

काठमाडौ, २९ पुस । सुमधुर स्वरकी धनी रुक्साना लिम्बु विविध विधाका गीतहरु गाउन सक्ने...

पाःलाम ‘सिरिजङ्गा तङ्नाम’को छायांकन सम्पन्न

काठमाडौं । लिम्बू भाषाको पाःलाम ‘सिरिजङ्गा तङ्नाम’को बुधबार छायांकन सम्पन्न भएको छ । पाःलाममा...

‘फक्ताङ्लुङ् सेसे’ पाःलाम सार्वजनिक

काठमाडौं, २४ पुस । ‘फक्ताङ्लुङ् सेसे’ पाःलाम सार्वजनिक भएको छ । पाःलाममा पेशल माबुहाङको...

अमेरिकाबाट ‘यो जीवन मिठो’ सार्वजनिक

काठमाडौं, २४ पुस । अमेरिकामा रहेका युवा निर्देशक सुमन दाहाल निर्देशित पछिल्लो भिडियो ‘यो...

मिसेस हिमालयन नेपाल २०२१ कि बिजेता बनिन भिष्मा नेम्बाङ

काठमाडौं, १९ पुस । मिसेज हिमालयन नेपालको हालै सम्पन्न आठौं संस्करणमा इलामकी भिस्मा नेम्वाङ्गले...

सञ्चारकर्मी गीता अधिकारीको ‘श्वास फेरी…’

काठमाडौं, १७ पुस । सञ्चारकर्मी गीता अधिकारीको नयाँ गीत ‘श्वास फेरी’ सार्वजनिक भएको छ...

भाग्य भित्र जीवन खोज्दै

काठमाण्डौ, १३ पुस । गायिका अञ्जु पन्तको स्वरमा केही दिन पहिले सार्जजनिक भएको ‘भाग्य...

बलिउडकी गायिका असीस कौरको काठमाडौमा कन्सर्ट

काठमाडौँ, १३ पुस । बलिउडकी चर्चित गायिका असीस कौर नेपाल आउने भएकी छन् ।...

चलचित्र सिमानामा काँडेतारको छायांकन सम्पन्न

काठमाडौँ, १४ पुस । सिमानामा काँडेतार बारले मुलुकबिचका नागरिक र भूमिको संरक्षण मात्रै गर्दैन,...

‘आकासे खेती’ को फष्टलुक

काठमाडौं । उदय सुब्बाको निर्देशन रहेको फिल्म ‘आकासे खेती’ को फष्टलुक अफिसियल पोस्टर सार्वजनिक...