श्रवणकुमार लिम्बू र पर्वते पत्रिका - Naya Online

श्रवणकुमार लिम्बू र पर्वते पत्रिका

कृष्णकुमार हेम्ब्या

मेजर श्रवणकुमार दार्जिलिङबाट बाबुजीमा भर्ती भएका हुन् । बाँकी जीवन धरानमा बिताए । सरल, शालिन र सादगी जीवन श्रवणकुमारको अर्को नाम पनि हो ।

ब्रिटिश गोर्खा हङकङमा ४ दशक अघि मेजर श्रवणकुमार सेलिङ लिम्बू ब्रिगेड अफ गोर्खाजमा प्रकाशित पर्वतेका प्रधान सम्पादक । उनको सम्पादनमा सनकसिंको सपना पर्वते म्यागजिन इतिहासको कोशेढुंगा ।

सनकसिं जनकसिं दुई पात्रलाई असल र खराब सिपाहीको चरित्रलाई केन्द्रबिन्दु बनाइएको सनकसिंको सपनाले हरेक सिपाही कसरी सुसंस्कृत, आदर्शवान, चरित्रवान, स्वाभिमान बन्न सकिन्छ भन्ने सन्देश । सनकसिंको सपना गोर्खा फौजमा ब्रिटिश सरकार, गोरा अधिकृतप्रति बफादार हुनुपर्ने दिनरातको रटाएभन्दा बिलकुल फरक ।

ब्रिटिस गोरखा सेनामा गोरखा कमिसनर अफिसर तहमा पुगेर मेजर पदमा निवृत भएका लिम्बु सपरिवार धरानमा बस्दै आएका थिए । उनी १० जीआर युनिटमा रहेर काम गरेका थिए । सेनाबाट अवकाश भएलगत्तै उनले जातीय मुक्तिको आन्दोलनमा लाग्ने विचार गर्दै राष्ट्रिय जनमुक्ति पार्टीबाट सक्रिय राजनीति सुरु गरेका थिए ।

वि.स. २०५६ सालको संसदीय निर्वाचनमा राष्ट्रिय जनमुक्ति पार्टीबाट सुनसरी क्षेत्र नं. १ मा चुनाव पनि लडेका थिए । राष्ट्रिय जनमुक्ति पार्टीको तत्कालिन पूर्वाञ्चल अध्यक्ष हुँदै केन्द्रीय सहअध्यक्षसम्म बनेका उनी पछिल्ला दिनमा भने उनी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसँग सम्बद्ध थिए ।

मेजर लिम्बु धरानको डिपो माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष समेत थिए । उनी स्कूलको सार्वजनिक शैक्षिक गुठीका संस्थापक अध्यक्ष थिए । उक्त स्कुल ‘वन डे वन पे’ अवधारणाअन्र्तगत लाहुरे समुदायको विशेष सक्रियातामा विद्यालय स्थापना भएको थियो । किरात याक्थुङ चुम्लुङ धरान सुनसरीका सल्लाहकार साथै दर्जन बढी संघसंस्थामा आबद्ध थिए ।

उनै समाजसेवी एवम् राजनीतिकर्मी मेजर श्रवण कुमार सेलिङ लिम्बुको साउन १६ गते शुक्रबार निधन भएको छ । उनको उपचारको क्रममा विराटनगरस्थित न्यूरो अस्प्तालमा ८३ वर्षको उमेरमा निधन भएको हो ।

श्रवणकुमारको नियात्रा ‘मनोलिसा’ पनि लाहुरे साहित्यमा लोभलाग्दो खुराक थियो । श्रवणकुमार अस्ताए । उनीपछि झण्डै २० जनाले पर्वतेको कमण्ड सम्हाले । म अझै यो पत्रिका हेर्छु । तर श्रवणकुमार जस्तो कोही आएनन ।

पर्वतेको कथा
ब्रिटिश–गोर्खा र भारतीय गोर्खा बाँडफाँड भए लगत्तै ७ जनअरी १९४९ देखि सिंहापुरबाट पर्वते पत्रिका रोमन गोर्खालीमा प्रकाशन आरम्भ भयो । पहिले यसका सम्पादक र सह–सम्पादकहरू क्रमशः गोर्खा मेजर र वारन्ट अफिसर वान, सार्जन्ट, कर्पोरल दर्जाका हुन्थे । पछिल्लो समय प्रकाशनमा प्राविधिक सहजताका कारण एकजना कर्पोरलले सम्पूर्ण जिम्मा लिएका छन् ।

पर्वते ब्रिटिश–गोर्खा सेनाको लागि मात्र निःशुल्क वितरण गरिन्छ । पत्रिकामा गोर्खा सेनामा भए नभएका गौरवका गाथाहरू प्रकाशन गरी गोर्खा भर्तीप्रति आकर्षण गरिन्छ । यसको प्रमुख उद्देश्य ब्रिटिश विरोधी राजनीतिक दर्शन बोकेका गोर्खा सेनाहरूको दिमाग भुट्नु हो । पर्वते पत्रिका गोर्खा सेनालाई राजनीतिक गतिविधिबाट टाढा राख्ने एकमात्र हतियार बनाइयो ।

त्यसैले, पर्वतेमा पल्टन घरभित्रका गतिविधि र लाहुरेको ब्रेनवास गर्ने विषयहरूले मात्र स्थान पाउँछन् । सिपाहीका रचनाहरू पल्टनकै युनिट सम्वाददाताबाट कडा सेन्सरपछि मात्र प्रकाशनका लागि पठाइन्छ ।

‘पर्वते’ पत्रिका पल्टनभित्र भएका गतिविधिहरूलाई समेटेर प्रकाशन गरिन्छ । ठुलाबडाको भ्रमण, पदोन्नति र बिदाई कार्यक्रमहरू जहिलेपनि प्रमुख समाचार बनेर आउँछन् । कमाण्डिङ अफिसर र गोर्खा मेजरको जीवनी, दशैंको मार, मारुनी नाच, मन्दिरमा पण्डित बाजेको मन्दिर पूजा, महिलाहरूको कफी मर्निङ, पल्टनमा हुने अन्तर बटालियन/कम्पनी खेलकूद प्रतियोगिता, गोर्खा चिल्ड्रेन स्कूलको गतिविधि, पल्टनमा सम्पन्न तालिम र अभ्यासका समाचारहरू अङ्ग्रेजी र नेपाली दुबै भाषामा प्रकाशित हुन्छन् ।

भन्नैपर्दा, पर्वते पत्रिका गोर्खा सेनाहरूको आवाज बन्द गरिदिने नेपलको पञ्चायतकालीन ‘गोरखा पत्र’ हो, जसले उनीहरूका दुःख र पीडा विषयका समाचारहरूले कहिल्यै स्थान पाउँदैन ।

पर्वतेमा पल्टनको आचरसंहिताभित्र रहेर लाहुरे सर्जकहरूका कविता, कथा, मुक्तकहरू प्रकाशन गरिन्छ । त्यो पनि पल्टनभित्रका विभेद्कारी नीति, हाकिमको खिलाप र तत्कालीन नेपालको शासनव्यवस्था विरुद्ध लेख्न बर्जित हुन्छ ।

असावधानी र लेखको अर्थ नबुझ्ने सम्पादकको कमजोरीका कारण केही स्रष्टाहरूले सम्पादकलाई झुक्याएर कहिलेकहीँ व्यङ्ग्यात्मक लेखहरू छपाउन सफल हुन्छन् । निश्चय नै, अहिलेजस्तो सञ्चार माध्ययमको विकास नभएको अवस्थामा पर्वतेले धेरै लाहुरे स्रष्टाहरू जन्माएको सत्य हो ।

हाल पर्वते पत्रिकाको २१०० कपी गोर्खा सेना र तिनका परिवार रहेको विश्वका १८३ स्थानहरूमा वितरण गरिन्छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

जदौ मपाइत्व

मलिसा याक्थुङ्बा लिम्बू मपाइत्व भन्ने कुरा पुरानो नेपाली किताबमा ‘म जुजुमान’ भन्ने पाठमा पढेको...

निरज सर ! तपाई होइन, म कहाँ हराएँ ?

देवेन्द्र सुर्केली सन् २००६ को अन्त्यतिर मलेसियातिर हान्निएँ । मेरो दाजु राजेन्द्र खापुङ मलेसियामा...

जनताले पावन्दी कहिले जान्ने ?

मलिसा याक्थुङ्बा लिम्बू नेपालभित्र कथित एकिकरण भईरहँदा अमेरिकामा क्रिष्टोफर कोलम्बसले पत्ता लगाउँदै थिए, ईतिहासमा...

मेरो संस्मरणमा तत्कालीन माओवादी सशस्त्र जनयुद्ध

उदय पुर्वेली चोङ्वाङक्याक मैले यहाँ माओवादी जनयुद्धको कुनै शृङ्खलाबद्ध घटनाक्रमको इतिहास कोट्याउन होइन, सकभर...

कप्तान रत्नबहादुर लिङथेप, २००७ को जनक्रान्ति र चैनपुर

उत्तमकुमार लिङथेप कुराः उहिलेका हिजोआज वि.सं. २००७ सालको कुरा उप्काउनु मात्रै पर्छ, कुरा नसक्किदैं...

याक्थुङ लिम्बू जाति र मर्चा उत्पादन एक चिनारी

उदय पूर्वेली चोङ्बाङक्याक घरायसी जाँड बनाउन प्रयोग हुने मुख्य निर्विकल्प पदार्थ “मर्चा”को बारेमा हामी...

नियात्रा: सेभोइ ग्रिल, लण्डनका अविस्मरणीय यादहरू !

भीम राई भूमिगत रेल स्टेसन चेरिङक्रसदेखि बाहिर जमिनमा निस्कदा आकासमा ताराहरू टिमटिम टल्किरहेका मज्जाले...

याक्थुङ समुदायमा चेली माइतीबीच फूल वर्जित छ

दिलेन्द्र कुरुम्बाङ तिहार हिन्दूहरूको दशैंपछिको दोश्रो ठूलो चाड हो । दिपावली, दिवाली, यमपञ्चक आदि...

प्राचिन किरातकालिन नेपालसँग लिम्बू मानव समूहको सम्बन्धः केही तर्क र प्रमाणहरू

नन्द कन्दङवा ०. किरात शासनकाल र किरात मानव समूहको अस्तित्व कतिपयले किरात र प्राचिन...

नयाँ सन्दर्भः लिम्बूवान राजनीतिका अवयव र उतारचढावहरू

उदय पूर्वेली चोङबाङक्याक लिम्बूवानी इतिहास र राजनीतिक पतनको टर्निङ प्वाइन्टको रूपमा विशेषगरी वि.सं १८३१...