लघुकथा: नमस्ते सम्मान - Naya Online

लघुकथा: नमस्ते सम्मान

सरण राई

रिटायर्ड लाइफ, दिनमा एक पटक हिड्छु । बिहानै मास्क लगाएर हिँडीरहेको बेला एउटी केटीले नमस्ते गरिन् । फर्काउनै आटेको थिएँ, मेरो पछाडिबाट फटाफट हिँडेको आवाजसँगै नमस्ते भन्ने आवाज आयो । नमस्ते त तिनलाई पो गरेको रहेछ ।

को रहेछ ? भनेर हेर्दा चिनेकै साली पो रहेछ । नमस्ते गर्छिन् कि भनेर हेरेँ । नबोली मलाई नहेरी फटाफट मलाई उछिनेर हिँडिन् । तिनलाई अलिक अगाडि अर्कै केटीले नमस्ते गरिन् । फेरि अर्काले, मैले देख्दाखेख्दै साली नानीले चारवटा नमस्ते थापिन् । मास्कले गर्दा मलाई चिनिनन् होली कि मुला बुढो भेनाजुुको वास्तै नगरेको ! अलमलमा मनमनै कुरा खेलाउँदा आफ्नो तन्नेरी कालको सम्झनामा पुग्छु ।

बि.ए. परीक्षा दिएपछि गाउँकै प्रा.वि.मा प्रधानाध्यापक भएको थिएँ । नमस्तेबारे विद्यार्थी केटाकेटीहरूलाई थाहै थिएन । छडिले पिटीपिटी नमस्ते गर्न सिकाईयो । हेडसर भएपछि खुब नमस्ते खाइयो । पछि क्याम्पसमा पढाउदा पनि १०, १२ वर्ष नमस्ते पाइयो । त्यसपछि भने १०, १२ वर्ष नमस्ते गुडमर्निङ छ्यासमिस !

त्यसपछि त विद्यार्थी देखेपछि तर्सिन थालियो । दाँत झारेभने… नक्कली नयाँ दाँत राख्न नसकिने तलब । डरैले छोडियो प्राध्यापन । रिटायर्ड मुलालाई कसले गर्छ नमस्कार ।

त्यसो भए पनि नमस्ते पाउने भोक मेटिएको छैन । कसैले नमस्ते गरिहाल्छ कि चनाखो भएर हिँडिहेको हुन्छु । नमस्ते पाईएन । दूध लिएर फर्किन भर्खर खोलिएको नयाँ पसलमा दूध किन्न पस्छु । भर्खरकी पसल्नीले नमस्ते गर्छिन् । गदगद हुँदै नमस्ते थाप्छु । यसभन्दा अगाडि त कहिल्यै नमस्ते गर्दिनथिन् । आज कसरी गरिन् ?

जेसुकै होस् म त्यो नमस्तेले सम्मानित भएको अहसास गर्न पुग्छु । थोरै भए पनि आनन्दित हुन्छु । धन्य नमस्ते सम्मान ! सबैले पाउन्, सबैले सम्मानित जीवन भोग्न पाउन्….. म सोच्न थाल्छु ! नमस्ते सम्मान ! मानिसहरूलाई बिना लागत खर्च नगरी दिन सकिेने प्रसन्नता, सुख र सम्मान मामुलीजस्तो लाग्ने नमस्ते रहेछ ।

धरान

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

सञ्जय तुम्बाहाम्फेकृत ‘सृष्टिको याङदाङ’ लोकर्पण

ललितपुर, ४ माघ । कवि सञ्जय तुम्बाहाम्फेको कविताकृति ‘सृष्टिको याङदाङ’ ललितपुरस्थीत चुम्लुङहिममा लोकार्पण भएको...

दयालको पुस्तक ‘खपर्‍या एवम् देवताहरूबिचको द्वन्द्व र सृजित विभेद’ प्रकाशित

विराटनगर, ४ माघ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ‘खपर्‍या एवम् देवताहरूबिचको द्वन्द्व र सृजित विभेद’ नामक...

‘अक्षर अक्षरमा देश’ लिएर आए दीपक समीप

पोखरा । मुक्तककार दीपक समीपको मुक्तक संग्रह ‘अक्षर अक्षरमा देश’ को एक भव्य समारोहबीच...

कविता: रुक्साना फूङ्

-दिलदुखी जन्तरे रुक्साना ! आसेवारो हाउ तिमीले जित्नुपर्छ ल । तिनपाते पलाउदै गरेको सानो...

धरानमा गुञ्जियो सीमानापारिका कवि र कविता

-प्रकाश दिप्साली राई/नडाहा कुनै दिन खोलाबाट पानी भाग्यो भने आँखाबाट सपनाहरू भागे भने सम्झनु...

स्वर्णिम साहित्य पुरस्कार कोषको संयोजकमा शारदा निरौला ‘शारु’

काठमाडौ, २७ पुस । स्वर्णिम साहित्य समाज, बराहक्षेत्र –३, सुनसरीले स्थापना गरेको स्वर्णिम साहित्य...

विनेसाम जापानको दोश्रो अधिवेशन सम्पन्न, नेतृत्वमा पुनः इङ्नाम

जापान, १० जनवरी । जनवरी ९ तारिकमा जापानको टोकियोस्थीत विश्व नेपाली साहित्य महासङ्घ (विनेसाम)...

कवि रोशन तिमिल्सिनाको कविता सङ्ग्रह सार्वजनिक

कास्की । पोखरा निवासी युवा कवि रोशन तिमिल्सिनाको नविनतम कविता कृति “चिरिएका पैताला” सार्वजनिक...

स्वर्णिम साहित्य समाजले गर्‍यो पुरस्कार र सम्मानको अक्षयकोष घोषणा

धरान । स्वर्णिम साहित्य समाज, बराहक्षेत्र –३, सुनसरीले कला र साहित्यमा समर्पित हुने सर्जक...

यो वर्षको पहिचान पुरस्कार ‘पथेर’ र ‘कदम’लाई

नडाहा, ७ पुस । यो वर्ष (२०७८)को पहिचान पुरस्कार श्याम शाहको कथा संग्रह ‘पथेर’,...