पुस्तक वार्ता: ‘पार्सल’का कथाहरू अरपेहरूका जीवन र जिन्दगीको भोगाई हुन्' - Naya Online

पुस्तक वार्ता: ‘पार्सल’का कथाहरू अरपेहरूका जीवन र जिन्दगीको भोगाई हुन्’

२०३४ सालमा धनकुटाको बोधेमा जन्मिएका कथाकार हुन् जीवन देवान गाउँले । झण्डै दुई दशकदेखि वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेका गाउँले त्यहाँको साहित्यिक गतिविधिमा उत्तिकै सक्रिय नाम पनि हो । ‘प्रवासी नेपाली साहित्यिक मञ्च मलेसिया’को संस्थापक हुन् भने सो संस्थाको अध्यक्ष समेत बनेर नेपाली भाषा र साहित्यको सेवामा निरन्तर लागि परे । मलेसियमा रहेका नेपालीभाषी कवि कलाकारलाई एक ठाउँ जोड्ने सेतु पनि हुन् गाउँले । उनकै कार्यकालमा ‘अन्तराष्ट्रिय नेपाली साहित्य समाज’ मलेसिया च्याप्टर स्थापना गरेर मलेसियाको साहित्यकासलाई थप फराकिलो बनाउने महत्वपूर्ण कार्य भयो । त्योसँगसँगै मलेसिया बसाईको क्रममा उनले ‘पार्सल’ कथा संग्रह प्रकाशन गरे । ‘पार्सल’मा मलेसियामा रहेका नेपालीहरूको जीवन भोगाईलाई उठान गर्ने प्रयास गरिएको छ । आजको पुस्तक वार्तामा उनै ‘पार्सल’ कथा संग्रहका कथाकार जीवन देवान ‘गाउँले’सँग गरिएको कुराकानीको बेलीबिस्तार आजको ‘नयाँ अनलाईन’को ‘नयाँ सहित्य’मा ।

परदेशी जीवनको दिनचर्या के कसरी बिताउदै हुनुहुन्छ ?
म परदेशिएको श्रम बेच्नुलाई नै हो । त्यसैले श्रम बेच्नु अनिवार्य कर्म बनेको छ । र, मेरो दिनचार्य भन्नु पनि त्यही श्रम गर्नु नै बनेको छ । समग्रमा गुलामी जीवन नै बितिरहेको छ ।

अहिले मलेसियामा कोरोना महामारीको असर के कस्तो छ ?
मलेसियामा अहिले कोरोनाको संक्रमण उच्च तहमा छ । दैनिक २० हजारको हाराहारीमा संक्रमित छन् । सरकारले एमसिओ जारी गरेको छ । आवगमन सहज छैन । असहजताका बिच दैनिकी चलाउनु छ ।

मलेसियाको सहित्यिक गतिविधिहरू के कस्तो छ यो बेला ?
अहिले मलेसियाको साहित्यिक गतिविधि एकदम न्यून छ । भौतिक रूपमा सहभागी भएर गरिने गतिविधि शून्य छ । प्रविधिको सदुपयोगबाट छिटफुट रूपमा संस्थागत गतिविधि हुने गरेका छन् । सर्जकहरू चाहिँ स्वविवेक प्रयोग गर्दै व्यक्तिगत रूपमा सक्रिय रहँदै गरेको देखिन्छ ।

तपाइँको आफ्नो लेखनको ताजा गतिविधि चैँ के छ ?
म आफु स्वैच्छिक लेख्ने भएकोले मनको ईच्छा मुताविक लेखिरहेको छु । तर, उस्तो गरि कलम चलिरहेको छैन अचेल । म आफु नयाँ सृजनाभन्दा पनि मलेसिया रहे/बसेका लेखिएका साथिभाईहरूको सृजना खोजेर ब्युताउने प्रयत्न गर्दैछु । जसलाई ‘अरपे’ नामक फेसबुक पेजमार्फत प्रष्फुटित गराउँछु ।

तपाईँको कथा कृति पार्सल तिर लागौं, पार्सलले कस्तो उडान भर्यो ?
पार्सलले उडान भर्दै गर्दा कुनै गन्तव्यको निक्र्यौल गरिएको थिएन । उडिदिए भयो भन्ने फगत आशा मात्रै थियो । यसर्थ उडाईयो भन्ने मै चित्त बुझाईयो ।

अब्बल कथाहरू भएर नि अलि चर्चा भएन नि ?
सायद पठनीय लायकका कथाहरू नभएर नै चर्चा भएन होला ! एउटा कुरा, प्रकाशन गर्नु पर्छ भन्ने बोध बाहेक प्रचार प्रसार गर्नु पर्छ भन्ने ज्ञान पनि आएन । अर्काे कुरा, कथाहरू समिक्षा योग्य नभएकाले पनि हुनसक्छ । त्यही भएर तपाईले भन्नु भए झैँ कथाहरू अब्बल नै छन् भन्ने चै स्विकार्दिन ।

कथाहरू अब्बल छैन भन्दा पनि पार्सल सबै कथापारखीहरू माझ पुगेन भन्ने गुनासो पनि त छ नि, त्यसरी नि चर्चामा नआएको हो कि ?
पुर्याउँन नसकेको चैँ साँचो हो । व्यवस्थित बजार व्यवस्थापन पनि गर्न सकिएन । यद्यपि चिनजान र सम्पर्कमा हुनु भएका साथीभाईसम्म पुर्याउने कसरत चै गरिएकै हो भन्ने लाग्छ ।

पार्सलका कथाहरू के, कसरी लेखियो ?
‘पार्सल’ मुख्यतः अरपेहरूका जीवन र जिन्दगीको भोगाई हुन् । म आफू पनि एक अरपे जिन्दगी भोगिरहेको र लामो समयदेखि अरपे जीवन व्यतीत गरिरहेको हुनाले कथाहरूको सृजना गर्नु सहज भयो । भन्नु पर्दा सामान्यतयः मध्यपूर्वी एसिया अनि मलेसियामा श्रम गर्न जाने अरपे र उनका परिवारको जीवनले भोगेका फगत कथाहरूको संग्रह हो ‘पार्सल’ । ‘पार्सल’ कथा के कसरी लेखियो भन्ने सवाललाई यसरी बुझ्नु भए हुन्छ भन्ने ठान्छु ।

यहाँका कथाहरू लेख्दै गर्दा कथाकार कति ठाउँ त भावुक नि भएको हुनुपर्छ ?
अवश्य । किनभने यो मेरो पनि भोगाईको अंश हो । मेरो आँखाले देखेको दृश्य पनि हो । मैले गुजारेको परिवेश पनि हो ।

पार्सल कथाका पारखीहरूले पार्सल पढेपछि के–के भने ?
साहित्य मात्रै बुझ्नेका लागि पार्सल भित्रका कथाहरू खास लाग्दैन । तर, अरपे जीवन भोगेकाहरूले कथाका पात्रहरूमा कहिँ न कहिँ आफूलाई भेट्छन् । त्यही भएर होला उहाँहरूले मन पराई दिनु भएको छ । उहाँहरूको प्रतिक्रिया उत्साहप्रद छ मेरो लागि ।

अब कुनै कृतिहरूको योजना छ ?
त्यस्तोे योजना त छैन । योजना बिनै केही कथाहरू चै लेखिरहेको छु । त्यसो त ‘पार्सल’ प्रकाशन गर्दा पनि कुनै योजना गरिएको थिएन । मलाई राम्ररी बुझ्ने साथी देवेन्द्र सुर्केलीले करबल गर्नु भयो र नै जन्मिएको हो –‘पार्सल’ ।

प्रस्तुतिः प्रकाश दिप्साली

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

गजलमा अतिवाद गलत र हानिकारक छ -प्रकाश आङ्देम्बे

प्रकाश आङ्देम्बे । नयाँ पुस्ताहरूको ढुकढुकी । आज नेपाली साहित्यलाई धेरै युवापुस्ताहरू प्रेम गर्छन्...

जति नै लेखे पनि ‘परदेश’का विषय र मुद्दाहरु लेख्न बाँकी उती नै रहन्छ -चकेन्द्र राई

धनकुटाको पाख्रिबास नगरपालिकामा २०३४ सालमा जन्मेका आख्यानकार हुन् चकेन्द्र राई । वैदेशिक रोजगारीका निम्ति...

‘बन्दकी समयका छोक्राहरू निचोरेर सिर्जनाकर्ममा लगाउनुपर्ने वाध्यता छ’ -गणेश खड्का

गणेश खड्का नेपाली साहित्यका शसक्त हस्ताक्षर हुन् । २०३३ सालमा भोजपुरको तिवारी भञ्ज्याङमा जन्मेका...

पुस्तक वार्ता: ‘पार्सल’का कथाहरू अरपेहरूका जीवन र जिन्दगीको भोगाई हुन्’

२०३४ सालमा धनकुटाको बोधेमा जन्मिएका कथाकार हुन् जीवन देवान गाउँले । झण्डै दुई दशकदेखि...

‘गीत संगीत मानिसको अभिन्न साथी हो’ -कला राई

गायिका कला राईको नेपाली संगीतमा छुट्टै पहिचान छ । लोकआधुनिक गायनमा चर्चा कमाएकी राईले...

‘लय र भाव गजलरूपी शरीरका दुईटा आँखा हुन्’ -श्रीजन श्री

विगत दुई दशकदेखि नेपाली साहित्यमा समर्पित स्रष्टाको नाम हो ‘श्रीजन श्री’ । नेपाली गजलको...

‘साहित्य सिर्जना र लेखन भनेको पथ प्रर्दशक नै हो’ -नेत्रप्रसाद काफ्ले

नेत्रप्रसाद काफ्ले। धरान उप महानगरपालिका वार्ड नम्बर १३ का वडाअध्यक्ष हुन् । सदा आफुलाई...

कम्युनिष्ट पार्टी शब्दजाल बुन्नमा सिपालु हुन्छ -भीम राई, केन्द्रीय सदस्य, जनता समाजवादी पार्टी

भीम राई जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय सदस्य हुन् । उनले माध्यमिक तह अध्ययनरत...

विखण्डन भएको समाजलाई एकिकृत गर्नुपर्ने जरुरी ठानेकी छु -भवानी तिवारी

धादिङ जिल्लाको मैदीगाउँमा जन्मिएकी भवानी तिवारी गैरआवासीय नेपाली संस्था (एनआरएनए) अष्ट्रियाको महासचिव छिन् ।...

‘हालिमुहाली चै गरिनँ, पार्टीले दिएको जिम्मेवारी पुरा गरेँ’ -अइन्द्रसुन्दर नेम्बाङ

अइन्द्रसुन्दर नेम्बाङ नेपाल कम्युष्टि पार्टी एमालेका केन्द्रीय सदस्य हुन् । विद्यार्थी राजनीतिबाट अगाडि आएका...