युमा धर्म लेखाउन लघुचलचित्र - Naya Online

युमा धर्म लेखाउन लघुचलचित्र

मलेसिया, २१ अगष्ट । युमा साम्यो महासभा मलेसिया र साम्योको अन्तर्राष्ट्रिय समन्वय समितिले लघुचलचित्र निर्माण गरेको छ ।

याक्थुङ जातिको विशिष्ट मौलिक परम्परागत संस्कार, संस्कृति तथा मुन्धुमलाई जीवन्तता प्रदान गर्नका लागि युमा साम्यो महासभा मलेसिया र युमा साम्यो अन्तर्राष्ट्रिय समन्वय समितिको सहकार्यमा उक्त लघुचलचित्र निर्माण गर्न लागेको हो ।

चलचित्र निर्माणबाट निकट भविष्यमै सम्पन्न हुनगइरहेको बाह्रौँ राष्ट्रिय जनगणनाको तथ्याङ्क सङ्कलन विवरणमा तमाम याक्थुङ लिम्बू समुदायले जातिको कोलममा ‘याक्थुङ लिम्बू’, धर्मको महलमा ‘युमा’, मातृभाषाको महलमा ‘याक्थुङ’, पुर्खाको भाषाको महलमा ‘याक्थुङ’ र दोस्रो भाषाको महलमा ‘नजिकैको स्थानीय आदिवासी जनजातिको भाषा’ लेखौँ, लेखाऔँ भन्ने सन्देश प्रवाह गर्ने मूल उद्देश्य रहेको छ ।

उक्त लघुचलचित्रमा चुलीमाया लिम्बू सिरेङ, हर्कजङ मुदेन्छङ साँबा, सुमन लिम्बू कुरुम्बाङ, कुमार वनेम, सीता लिम्बू, ममता लिम्बू लिबाङ र चन्द्रप्रकाश केदेमको अभिनय रहेको छ ।

ताप्लेजुङको मेरिङ्देन गाउँपालिका – ५ थुकिमाको मनमोहक सुन्दर दृश्यमा छायाङ्कन गरिएको यस लघुचलचित्रको निर्देशन टीकाराम माखिमले गरेका छन् । सुमन लिम्बू कुरुम्बाङको सहनिर्देशन रहेको छ। पटकथा लेखन उदय ‘पूर्वेली’ चोङ्बाङ्क्याक र युमा साम्यो महासभा मलेसियाका अध्यक्ष भरत केदेमको अवधारणा तथा परिकल्पना रहेको छ ।

यो लघुचलचित्र हाङ अनलाइन टिभी युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ ।

https://www.youtube.com/watch?v=G-nLTuRSwPA

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

रक्साना लिम्बु जिाताउ अभियान अन्तर्गत अमेरिका निवासी किशोर सुब्बाको सहयोग

काठमाडौ, २९ पुस । सुमधुर स्वरकी धनी रुक्साना लिम्बु विविध विधाका गीतहरु गाउन सक्ने...

पाःलाम ‘सिरिजङ्गा तङ्नाम’को छायांकन सम्पन्न

काठमाडौं । लिम्बू भाषाको पाःलाम ‘सिरिजङ्गा तङ्नाम’को बुधबार छायांकन सम्पन्न भएको छ । पाःलाममा...

‘फक्ताङ्लुङ् सेसे’ पाःलाम सार्वजनिक

काठमाडौं, २४ पुस । ‘फक्ताङ्लुङ् सेसे’ पाःलाम सार्वजनिक भएको छ । पाःलाममा पेशल माबुहाङको...

अमेरिकाबाट ‘यो जीवन मिठो’ सार्वजनिक

काठमाडौं, २४ पुस । अमेरिकामा रहेका युवा निर्देशक सुमन दाहाल निर्देशित पछिल्लो भिडियो ‘यो...

मिसेस हिमालयन नेपाल २०२१ कि बिजेता बनिन भिष्मा नेम्बाङ

काठमाडौं, १९ पुस । मिसेज हिमालयन नेपालको हालै सम्पन्न आठौं संस्करणमा इलामकी भिस्मा नेम्वाङ्गले...

सञ्चारकर्मी गीता अधिकारीको ‘श्वास फेरी…’

काठमाडौं, १७ पुस । सञ्चारकर्मी गीता अधिकारीको नयाँ गीत ‘श्वास फेरी’ सार्वजनिक भएको छ...

भाग्य भित्र जीवन खोज्दै

काठमाण्डौ, १३ पुस । गायिका अञ्जु पन्तको स्वरमा केही दिन पहिले सार्जजनिक भएको ‘भाग्य...

बलिउडकी गायिका असीस कौरको काठमाडौमा कन्सर्ट

काठमाडौँ, १३ पुस । बलिउडकी चर्चित गायिका असीस कौर नेपाल आउने भएकी छन् ।...

चलचित्र सिमानामा काँडेतारको छायांकन सम्पन्न

काठमाडौँ, १४ पुस । सिमानामा काँडेतार बारले मुलुकबिचका नागरिक र भूमिको संरक्षण मात्रै गर्दैन,...

‘आकासे खेती’ को फष्टलुक

काठमाडौं । उदय सुब्बाको निर्देशन रहेको फिल्म ‘आकासे खेती’ को फष्टलुक अफिसियल पोस्टर सार्वजनिक...