उजुरी परेका युटुबर सहित ३ जना पक्राउ, अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता - Naya Online

उजुरी परेका युटुबर सहित ३ जना पक्राउ, अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता

काठमाडौ, ४ भदौ । बिर्तामोडको एक होटलमा खाजा खान बसेका व्यक्तिको भिडियो खिचेर आतंक मच्याउने युटबर लगायत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

चरित्र हत्या गरेको भन्दै युट्युबरविरुद्ध प्रहरीमा उजुरी परेपछि उनीहरू पक्राउ परेका हुन् । पीडितले ६ जनाविरुद्ध इलाका प्रहरी कार्यालय अनारमनीमा उजुरी दर्ता गराएका थिए ।

पिडितहरूले बिर्तामोडको होटल जंगल भ्यु चारआलीका सञ्चालक हेमराज भट्टराई, सोही ठाउँका स्नुकर पूल सञ्चालक सुवास कार्की, युट्युबरहरु खगेन्द्र घिमिरे र भाष्कर श्रेष्ठ तथा सामाजिक सञ्जालमा भिडियो अपलोड गर्ने कल्पना थापा बस्नेत र चन्दा प्रसाईं पोखरेल विरुद्ध उजुरी दिएका थिए ।

प्रहरीले जिल्ला प्रशासन कार्यालय झापाबाट पक्राउ अनुमति लिएर भट्टराई, कार्की र घिमिरेलाई पक्राउ गरेको जनाएको छ ।

मंगलबार साँझ दुई महिला र एक पुरुषले होटलमा खाजा खाइरहेका बेला भिडियो खिचेर ती युटुबरले आतंक मच्चाएका थिए । चारआलीका ती महिलाहरूले कुनै अनैतिक काम नगरी आफ्ना मानिससँग खाजा खाइरहेको बताएपनि दादागिरी शैलीमा ती युटुबरले भिडियो खिचेर युटुबमा हालेपछि
चरित्रहत्या गरेको भन्दै पीडित दुई महिला र ती पुरुषले संयुक्तरुपमा उजुरी दिएका थिए ।

पीडितहरुले निवेदनमा आफूहरूको इज्जत प्रतिष्ठा हनन् हुनेगरी आफूहरूलाई गालीगलौज र अपशब्द बोल्दै हातपात गरी जवर्जस्ती भिडियो खिची आफूहरूको इच्छाविपरित गलत मनसायले उक्त भिडियो सामाजिक संजालमार्फत सार्वजनिक गरिएको उल्लेख गर्दै व्यक्तिगत जीवनमा आँच आउने गरी चरित्रहत्या गरेको हुँदा २०७४ को दफा ११८ बमोजिम हदैसम्मको कार्वाहीको माग गरेका थिए ।

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अक्सिजन कन्सन्ट्रेटर मेशिन गाउँपालिकालाई हस्तान्तरण

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । कुम्मायक गाउँपालिकाको स्वास्थ शाखा कार्यालय यासोकलाई तेजकुमार...

ठेक्केदारको कारण लुम्भुघाट पुलको काम अलपत्र

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । पाँचथर र तेह्रथुम जिल्ला जोडिने लुम्भुघाट पक्की...

‘अक्षर अक्षरमा देश’ लिएर आए दीपक समीप

पोखरा । मुक्तककार दीपक समीपको मुक्तक संग्रह ‘अक्षर अक्षरमा देश’ को एक भव्य समारोहबीच...

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको सम्मान डा. बराललाई र पुरस्कार संगीतकार गुरुङलाई

काठमाडौँ, १ माघ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा...

पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङको प्रथम साधारणसभा सम्पन्न

तेह्रथुम, १ माघ । फेदाप पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थामरुङ फेदापको प्रथम साधारणसभा सम्पन्न...

न्यु जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधरण सभा सम्पन्न

इटहरी, १ माघ । न्यू जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको...

प्रदेश प्रमुख खापुङद्वारा माघे संक्रान्तिको शुभकामना व्यक्त

विराटनगर, १ माघ । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङद्वारा माघे...

कुम्मायक गाउपालिकाको एघारौ गाउसभा सम्पन्न

पदम सुखी सम्बाहाम्फे पाँचथर, १ माघ । कुम्मायक गाउपालिकाको एघारौं गाउँसभा बैठक सम्पन्न भएको...

रक्साना लिम्बु जिाताउ अभियान अन्तर्गत अमेरिका निवासी किशोर सुब्बाको सहयोग

काठमाडौ, २९ पुस । सुमधुर स्वरकी धनी रुक्साना लिम्बु विविध विधाका गीतहरु गाउन सक्ने...

धरानमा गुञ्जियो सीमानापारिका कवि र कविता

-प्रकाश दिप्साली राई/नडाहा कुनै दिन खोलाबाट पानी भाग्यो भने आँखाबाट सपनाहरू भागे भने सम्झनु...