व्यक्तिगत भिडियो खिचेर आतंक मच्चाउने युटुबरसहित ६ जनामाथि उजुरी - Naya Online

व्यक्तिगत भिडियो खिचेर आतंक मच्चाउने युटुबरसहित ६ जनामाथि उजुरी

कठमाडौ, ४ भदौ । मेची आँखा अस्पताल अगाडिको एक होटलमा व्यक्तिगत गोपनियता भंग हुनेगरी र चरित्रहत्या गर्नेगरी आतंक सिर्जना गर्ने युटुबरसहित ६ जनामाथि उजुरी परेको छ ।

प्रहरी र युटुबर बोलाएर आतंक गर्ने होटल जंगल भ्यू चारआलीका संचालक हेमराज भट्टराई, सोही ठाउँका स्नुकर पूल संचालक सुवास कार्की, अनलाइन टेलिभिजन संघ झापाका अध्यक्ष खगेन्द्र घिमिरे, क्यामेरामेन भाष्कर श्रेष्ठ, टीकटकमा हाल्ने कल्पना थापा बस्नेत र चन्दा प्रसाई पोखरेलमाथि उजुरी परेको हो ।

मंगलबार साँझ दुई महिला र एक पुरुषले होटलमा खाजा खाइरहेका बेला भिडियो खिचेर ती युटुबरले आतंक मच्चाएका थिए । चारआलीका ती महिलाहरूले कुनै अनैतिक काम नगरी आफ्ना मानिससँग खाजा खाइरहेको बताएपनि दादागिरी शैलीमा ती युटुबरले भिडियो खिचेर युटुबमा हालेका थिए । उक्त घटनाको सर्बत्र बिरोध भएको छ ।

आफ्नो चरित्रहत्या गरेको भन्दै पीडित दुई महिला र ती पुरुषले संयुक्तरुपमा उजुरी दिएका हुन् ।

अभद्र व्यवहार सम्बन्धी उजुरी परेको र उजुरी परेकालाई पक्राउ गर्न प्रहरी खटाइएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले बताए ।

पीडितहरुले निवेदनमा आफूहरूको इज्जत प्रतिष्ठा हनन् हुनेगरी आफूहरूलाई गालीगलौज र अपशब्द बोल्दै हातपात गरी जवर्जस्ती भिडियो खिची आफूहरूको इच्छाविपरित गलत मनसायले उक्त भिडियो सामाजिक संजालमार्फत सार्वजनिक गरिएको बताए ।

पिडितहरूले भिडियो युटुबमा लाइभ प्रसारण गराइ टीकटक प्रयोगकर्ता कल्पना थापा बस्नेत र चन्दा प्रसाई पोखरेलसमेतले सामाजिक संजालमा राखेर व्यक्तिगत जीवनमा आँच आउने गरी चरित्रहत्या गरेको हुँदा २०७४ को दफा ११८ बमोजिम हदैसम्मको कार्वाहीको माग गरेका छन् ।

पत्रकारको खोल ओढेर त्यस्ता युटुबरहरुले केही दिनदेखि झापामा पनि आतंक सिर्जना गर्न खोजेका छन् । ती युटुबरलाई कार्वाही गराउनका लागि आफूहरु पनि सहयोग गर्न तयार रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीकी बिर्तामोड अध्यक्ष रन्जु प्याकुरेलले बताइन् । उनले भनिन्– त्यस्ता युटुबरलाई कार्वाही हुनैपर्छ ।

मानव अधिकार संजाल झापाका महासचिव रुपक खनालले झापामा युटुबेहरूलाई पत्रकार महासंघले कारवाही नगरे पत्रकार महासंघको भोलिका दिनमा अस्तित्व खोज्नुपर्ने अवस्था आउने बताएका छन् ।

pratidindaily.com बाट साभार

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अक्सिजन कन्सन्ट्रेटर मेशिन गाउँपालिकालाई हस्तान्तरण

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । कुम्मायक गाउँपालिकाको स्वास्थ शाखा कार्यालय यासोकलाई तेजकुमार...

ठेक्केदारको कारण लुम्भुघाट पुलको काम अलपत्र

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । पाँचथर र तेह्रथुम जिल्ला जोडिने लुम्भुघाट पक्की...

‘अक्षर अक्षरमा देश’ लिएर आए दीपक समीप

पोखरा । मुक्तककार दीपक समीपको मुक्तक संग्रह ‘अक्षर अक्षरमा देश’ को एक भव्य समारोहबीच...

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको सम्मान डा. बराललाई र पुरस्कार संगीतकार गुरुङलाई

काठमाडौँ, १ माघ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा...

पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङको प्रथम साधारणसभा सम्पन्न

तेह्रथुम, १ माघ । फेदाप पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थामरुङ फेदापको प्रथम साधारणसभा सम्पन्न...

न्यु जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधरण सभा सम्पन्न

इटहरी, १ माघ । न्यू जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको...

प्रदेश प्रमुख खापुङद्वारा माघे संक्रान्तिको शुभकामना व्यक्त

विराटनगर, १ माघ । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङद्वारा माघे...

कुम्मायक गाउपालिकाको एघारौ गाउसभा सम्पन्न

पदम सुखी सम्बाहाम्फे पाँचथर, १ माघ । कुम्मायक गाउपालिकाको एघारौं गाउँसभा बैठक सम्पन्न भएको...

रक्साना लिम्बु जिाताउ अभियान अन्तर्गत अमेरिका निवासी किशोर सुब्बाको सहयोग

काठमाडौ, २९ पुस । सुमधुर स्वरकी धनी रुक्साना लिम्बु विविध विधाका गीतहरु गाउन सक्ने...

धरानमा गुञ्जियो सीमानापारिका कवि र कविता

-प्रकाश दिप्साली राई/नडाहा कुनै दिन खोलाबाट पानी भाग्यो भने आँखाबाट सपनाहरू भागे भने सम्झनु...