मोना क्षेत्रीय जोन अलेन्तेजोको तेस्रो अधिवेशन सम्पन्न - Naya Online

मोना क्षेत्रीय जोन अलेन्तेजोको तेस्रो अधिवेशन सम्पन्न

केश तमु

लिस्बन, २० अगष्ट । विभिन्न कामको शिलशिलामा विदेशी भूमि पोर्तुगललाई कर्मथलो बनाई म्याग्दी जिल्लाको हकहितमा सदैव सहयोग गर्दै आईरहेको म्याग्देलीहरूको सस्था म्याग्दी प्रवासी नेपाली सघ अन्तराष्ट्रिय कार्यसमिति (मोना) पोर्तुगलको क्षेत्रीय अलेन्तेजुको २०२१ अगष्ट १४ का दिन अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनले इश्वर सापकोटाको अध्यक्षतामा नयाँ समिति (२०२१–२०२३) निर्विरोध निर्माण गरेको छ ।

जसको वरिष्ठ उपाध्यक्षमा दिपेश शाही, महिला उपाध्यक्षमा सम्झना सिर्पाली, उपाध्यक्षमा जीवन पुन, उपाध्यक्षमा लिलाधर चापागाई, महासचिवमा लोक घर्ती मगर, सहचचिवमा प्रेम कँडेल कोषाध्यक्षमा यमलाल पौडेल सह कोषाध्यक्षमा हिमाल शर्मा रहेका छन् ।

सदस्यहरूमा विष्णु कुमारी शर्मा, बलराम सुवेदी, रुकमाया घर्ती मगर, खिमबहादुर खत्री, दिलमाया बुढा, मिलन श्रेष्ठ, शिला सिउधानी, अजिता पाईजा, यामुना पुन, बिनु बुडाथोकी, प्रेम पुन, भविन्द्रा पुन, दर्पना घर्ती मगर, हरिकला रोक्का मगर, विशाल नेउपाने, दिनेश पुर्जा, तेजिन पुन, मोहोन चोखाल रहेको छ ।

मोना केन्द्रीय उपाध्यक्ष पुर्ण रामजालीको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रमा मोना महासचिव घनबहादुर थापा विशेष अतिथि र प्रमुख संरक्षक निवर्तमान अध्यक्ष मणि पौडेलको अतिथि रहेका थिए ।

कोरोनाको माहामारीको वावजुद पनि म्याग्दीवासीहरूको बाक्लो उपस्थिले एकबद्दताको थप उर्जा मिलेको र भावी दिनहरूमा भईपरी आएको खण्डमा सम्पुर्ण म्याग्दिवासीहरू मिलेर सहयोग गर्ने वाचा दिदै प्रमुख अतिथि पुर्ण रामजालीले यो संस्था विशुद्ध राजनीतिभन्दा बाहिर रही काम गर्नु पर्ने कुरामा जोड दिएका थिए ।

कार्यक्रम केन्द्रीय कार्यवाहक अध्यक्ष मोहोन पुनको अध्यक्षतामा सम्पन्न भएको थियो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको सम्मान डा. बराललाई र पुरस्कार संगीतकार गुरुङलाई

काठमाडौँ, १ माघ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा...

नेफिन आईसीसी संयोजक मानबहादुर रानामगर संगठनबाट निष्कासित

काठमाडौं, १ माघ । नेफिन आईसीसीका तत्कालिक संयोजक र सहसंयोजकलाई कार्यवाही गरिएको छ ।...

विनेसाम जापानको दोश्रो अधिवेशन सम्पन्न, नेतृत्वमा पुनः इङ्नाम

जापान, १० जनवरी । जनवरी ९ तारिकमा जापानको टोकियोस्थीत विश्व नेपाली साहित्य महासङ्घ (विनेसाम)...

अमेरिकाबाट ‘यो जीवन मिठो’ सार्वजनिक

काठमाडौं, २४ पुस । अमेरिकामा रहेका युवा निर्देशक सुमन दाहाल निर्देशित पछिल्लो भिडियो ‘यो...

अमेरिकाको टेक्सासमा याक्थुङ चुम्लुङको चासोक तङनाम साँझ र अधिवेशन सम्पन्न

नगेन्द्र ईङनाम “आठराईली” टेक्सास, ३ जनवरी । अमेरिकाको टेक्सास राज्यस्थित अर्भिङ शहरमा लिम्बुहरुको मौलिक...

मकाउमा मौलिक चाडपर्वहरुको अवसरमा सामुहिक रूपमा शुभकामना आदानप्रदान

-सन्देश ‘ईङघङ’ मकाउ, १३ पुस । मकाउमा सामुहिक रूपमा मौलिक चाडपर्वहरुको अवसरमा शुभकामना आदानप्रदान...

सर्जकहरूले मास्टर मित्रसेन थापालाई सम्झे

लन्डन, २८ डिसेम्बर । पुराना एवम् चर्चित लोकगायक मास्टर मित्रसेन थापा मगरलाई उनले दिएको...

अमेरिकामा भव्यतका साथ मनाईयाे चासाेक तङ्नाम

न्युयोर्क । अमेरिकामा चासोक तङ्नाम धुमधामका साथ मनाइएको छ । किरात याक्थुङ चुम्लुङ् अमेरिकाको...

किरात याक्थुङ चुम्लुङको ग्रेटर लण्डन शाखाले उधौली र चासोक तङ्नाम मनायो

प्रिन्स याक्खा लण्डन, १३ डिसेम्बर । किरात याक्थुङ चुम्लुङको ग्रेटर लण्डनको सिनियर ब्रान्चले फेल्थाम...

संस्थाको कुशल व्यवस्थापक सम्मान दिपेश लिम्बुलाई प्रदान

न्यूयोर्क, २७ नोभेम्बर । किरात आक्थुङ चुम्लुङ अमेरिकाले दिपेश लिम्बुलाई संस्थाको कुशल व्यवस्थापकको रूपमा...