नेपालीसँग करोडौं ठगी गर्ने भारतीय पक्राउ, अरुपनि ठगिएका भए सपर्क गर्न प्रहरीको आग्रह - Naya Online

नेपालीसँग करोडौं ठगी गर्ने भारतीय पक्राउ, अरुपनि ठगिएका भए सपर्क गर्न प्रहरीको आग्रह

काठमाडौ, ३ भदौ । विभिन्न वहानामा करोडौं ठगी गर्ने भारतीय नागरिक शेर सिंह भन्ने रवि कुमार सिंहलाई प्रहरीले पक्राउ गरेको छ ।

भारत हिमाञ्चल प्रदेश रामपुर गसेरा सिम्ला जिल्ला नोगली पञ्चायत घर भइ नेपालको कैलाली, सुर्खेत लगायतका जिल्लाहरुको ठेगाना बताउदै विभिन्न बहानामा नेपाली नागरिकहरुबाट करिब १ करोड ठगी गरिसकेका रवि कुमार सिंहलाई प्रहरीले पक्राउ गरेको हो ।

खोजतलासका लागि पीडितहरूले उपलब्ध गराएको उनको नागरिकता तथा प्रमाणपत्रहरुमा जिल्ला कैलाली टिकापुर न.पा. वडा न. ०९ र जन्मस्थान सुर्खेत साविक लाटीकोईली गा.वि.स. वडा नं. ७ ठेगाना उल्लेख गरिएको छ । उक्त कागजातका आधारमा खोजतलास गर्ने क्रममा बुधवार साँझ ललितपुर जिल्लाको महालक्ष्मी न.पा. वडा नं. ५ सेतीपाखाबाट पक्राउ परेका हुन् ।

रवि कुमार सिंहले गरेको ठगीको विवरणहरु

१. जिल्ला रुपन्देही बुटवल उ.प.म.न.पा. वडा नं. ८ बस्ने हरी मल्ल र सोही ठाउँ बस्ने महेन्द्र कुमार श्रेष्ठलाई बुटवल–नाराणघाट सडकखण्डको दायाँबायाँको रुख कटानको Sub-Contract छ भनी China State Construction Engineering Corporation Limited – CSCEC को कागजात देखाई अञ्जली कन्स्ट्रक्सन र रवि कुमार सिंहको साझेदारी हो भनी हामीसँग लगानी गरेमा मुनाफाको ४०% तपाईँहरूले पाउने भनी विश्वास दिलाई उनिहरुबाट ४३ लाख ७३ हजार रुपैँया लिई उनिहरुलाई विश्वास दिलाउन खातामा पैसा नभएको कुमारी बैंकको चेक दिएको ।

२. २०७६ बैशाखमा जिल्ला रुपन्देही लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. ६ बस्ने अनिल गुरुङ भन्ने कृष्ण बहादुर गरुङलाई अञ्जुली कन्स्ट्रक्सनको म्यानेजिङ डाइरेक्टर हुँ भनेर उनको बा १२ च ३८५९ नं. को Swift Dzire कार मासिक ९० हजारमा भाडा दिने भनी लगेपछि सम्पर्क विहिन भई उक्त कार भक्तपुर जिल्लाको भक्तपूर नगरपालिका वडा नं. १५ हाल काडमाडौ महानगरपालिका वडा नं. ३१ बस्ने प्रदिप रायलाई यो कार मेरो आफ्नै हो र यसको सवारी दर्ता किताब मसँगै छ मलाई पैसाको खाँचो परेकोले कार र ब्लुबुक धितो बन्धकी राखेर मलाई ८ लाख ३५ हजार दिनुहोस् भनेर ठगी गरेको ।

३.चुरियामाई ईन्टरप्राइजेज जडिबुटी, काठमाडौँका सञ्चालक कृष्णहरी गौतमसँग बजाज कम्पनीको बा ९५ प १६८ नं. को Dominaar-400 सिसीको मोटरसाइकल रु.३ लाख ३० हजारमा खरिद गर्ने भनेर रु. ३० हजार मात्रै दिई बाँकी पैसा पछि दिन्छु भनेर सम्पर्क विहिन भई ठगी गरेको ।

४. धनुषा जिल्ला जनकपुरधाम उ.प.म.न.पा. स्थित न्यू साह एण्ड ईन्टरप्राइजेजका सञ्चालक प्रदिप कुमार साहलाई Royal Hydro Construction Pvt. Ltd. को म्यानेजिङ डाइरेक्टर हुँ भनी भिजिटिङ कार्ड समेत देखाई Maruti Suzuki  कम्पनीको प्रदेश–३–०१÷ ०२३ च ००५० नं. को Brezza कार मासिक १ लाख ५० हजारमा भाडा दिन्छु भनी लगेर सम्पर्क विहिन भएका रविलाई उक्त कारसँगै प्रहरीले पक्राउ गरेको थियो ।

५. का.जि.का.म.न.पा. वडा नं. २ लाजिम्पाट स्थित Royal Hydro Construction Pvt. Ltd. को नक्कली लेटरप्याड, कम्पनीको छाप, नक्कली दस्तखत प्रयोग गरी आफूलाई संस्थापक अध्यक्ष हुँ भनी विभिन्न व्यक्तिहरूलाई करिब १ करोड रुपैयाँ ठगी गरेको भनी जिल्ला कैलाली घोडाघोडी न.पा. वडा नं. १ स्थाई घर भई हाल का.जि.का.म.न.पा. वडा नं. २ लाजिम्पाट बस्ने Royal Hydro Construction Pvt.Ltd. का संस्थापक अध्यक्ष सुरेन्द्र बहादुर शाही र प्रेम बहादुर शाहीले प्रहरी कार्यालयमा निवेदन दिएका थिए ।

प्रारम्भिक अनुसन्धानको क्रममा अभियुक्तले देवी प्रसाद सिंहको छोरा जिल्ला सुर्खेत साविक लाटीकोईली गा.वि.स. वडा नं. ७ ठेगाना उल्लेख भएका जिल्ला प्रशासन कार्यालय सुर्खेतबाट जारी नेपाली नागरिकताको प्रमाणपत्र नक्कली भनी खुल्न आएको थियो । सोही नागरिकता पेश गरी विभिन्न बैंकहरूमा खाता खोली ठगी कार्यमा प्रयोग गरेका उनले सवारी चालक अनुमतिपत्र समेत किर्ते गरी बनाएको प्रहरीले जनाएको छ ।

उनि विरुद्ध महानगरीय प्रहरी परिसर टेकु, काठमाडौँमा बैंकिङ कसूरमा मुद्दा दर्ता भई पक्राउ पुर्जी समेत जारी भएकोले हाल थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर टेकु, काठमाडौँमा पठाइएको ।

साथै उक्त ठगबाट धेरै व्यक्तिहरू ठगिएको भन्ने बुझिएको र उजुरी आउने क्रम जारी रहेकोले अन्य कोही व्यक्तिबाट ठगिमा परेका भए प्रहरी महाशाखामा सम्पर्क गर्न समेत प्रहरीले आग्रह गरेको छ ।

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

जदौ मपाइत्व

मलिसा याक्थुङ्बा लिम्बू मपाइत्व भन्ने कुरा पुरानो नेपाली किताबमा ‘म जुजुमान’ भन्ने पाठमा पढेको...

नेफिन आईसीसी संयोजक मानबहादुर रानामगर संगठनबाट निष्कासित

काठमाडौं, १ माघ । नेफिन आईसीसीका तत्कालिक संयोजक र सहसंयोजकलाई कार्यवाही गरिएको छ ।...

जोसियल नेटवर्किङबाट महिनामा लाखौं कमाइने भन्दै करोडौं ठगी गरेपछि सम्पर्कवीहिन

काठमाडौं, २८ पुस । पछिल्लो समय नेटवर्किङ व्यावसायबाट ठगीनेहरुको सङ्ख्या बढ्दो छ । विभिन्न...

निरज सर ! तपाई होइन, म कहाँ हराएँ ?

देवेन्द्र सुर्केली सन् २००६ को अन्त्यतिर मलेसियातिर हान्निएँ । मेरो दाजु राजेन्द्र खापुङ मलेसियामा...

चासोक कि चासोत ? येले तङबे कि कक्फेक्वा तङनाम ? संक्षिप्त टिप्पणीः

-उदय पूर्वेली चोङबाङक्याक चेम्जोङ (१९७८) का अनुसार; आद्य प्रागैतिहासिककालमा याक्थुङ जातिको उद्भाव थलो मुना...

जनताले पावन्दी कहिले जान्ने ?

मलिसा याक्थुङ्बा लिम्बू नेपालभित्र कथित एकिकरण भईरहँदा अमेरिकामा क्रिष्टोफर कोलम्बसले पत्ता लगाउँदै थिए, ईतिहासमा...

लिम्बुवानलाई समयमै सम्बोधन नगरे भोलि महँगो पर्न सक्छ – बाबुराम भट्टराई

-आपुङ्गी हाङ काठमाडौं, २० पुस । पुर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी संघिय परिषद...

सङ्खुवासभाको चैनपुरमा स्थानीय खेलाडीहरू सम्मानित

-सन्देश इङघङ सङ्खुवासभा, १९ पुस । सङ्खुवासभाको चैनपुरमा स्थानीय खेलाडीहरूलाई सम्मान गरिएको छ ।...

किरात याक्थुङ लिम्बुको विभिन्न संस्थाहरुले गाउपालिका अध्यक्ष समक्ष बुझाए ज्ञापनपत्र

-राजकुमार लिम्बु पाटीगाउँ, मोरङ । किरात याक्थुङ लिम्बुको विभिन्न संस्थाहरुले केराबारी गाउपालिका अध्यक्ष समक्ष...

यो वर्षको पहिचान पुरस्कार ‘पथेर’ र ‘कदम’लाई

नडाहा, ७ पुस । यो वर्ष (२०७८)को पहिचान पुरस्कार श्याम शाहको कथा संग्रह ‘पथेर’,...