पर्यटन मजदुरहरुका लागि अल्पकालिन रोजगार प्रदान गरिने, २० लाख ५० हजार डलर खर्च - Naya Online

पर्यटन मजदुरहरुका लागि अल्पकालिन रोजगार प्रदान गरिने, २० लाख ५० हजार डलर खर्च

काठमाडौ, ३ भदौ । राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) सँगको सहकार्यमा नेपाल पर्यटन बोर्डले संयुक्त जिविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना कार्यक्रम संचालनमा ल्याएको छ ।

कोभिड–१९ को प्रभावमा परेका पर्यटन क्षेत्रका मजदुरहरुलाई अल्पकालीन रोजगारी दिने उद्देश्यले युएनडिपीको सहकार्यमा बोर्डले दुई वर्ष ६ महिना चल्ने गरी कुल २० लाख ५० हजार अमेरिकी डलर बराबरको कार्यक्रम ल्याएको छ । उक्त प्रोजक्टमा युएनडिपीले १० लाख ५० हजार डलर सहयोग गरेकोमा थप पर्यटन बोर्डले १० लाख डलर खर्च गर्नेछ ।

विशेषगरी पर्यटन क्षेत्रका करिब ५ हजार मजदूरलाई अल्पकालीन रोजगारी सिर्जना गर्ने गरी सन्चालन गरिने यस प्रोजेक्ट मार्फत देशैभरिका प्रभावित पर्यटन व्यवसायीहरुलाई समेट्ने पर्यटन बोर्डले योजना बनाएको छ । जसका लागि आवश्यक स्थानीय तहसँग समेत साझेदारी गरि थप दुई हजारभन्दा बढीलाई रोजगारी दिइने लक्ष्य समेत बोर्ड लिएको छ ।

उक्त परियोजना अन्तर्गत विशेषगरी पदमार्ग, राफ्टिङ्ग गरिने नदी, ट्रेकिङ ट्रेल, हिमाल आरोहण क्षेत्र तथा अन्य पर्यटकीय सम्पदाहरूयुक्त क्षेत्र निर्धारण गरी पर्यटन मजदुरलाई अल्पकालीन रोजगारी दिइने छ ।

नेपालका मुख्य पर्यटकीय क्षेत्रमा रहेका अतिप्रभावित एक हजार ६०० जनशक्तिलाई पर्यटकीय क्षेत्रको सरसफाइ, पद मार्गको मर्मतसम्भार, पैदल मार्गका सिँढी मर्मतसम्भार, सङ्केत चिन्हको स्थापन तथा मर्मत सम्भारलगायतका कार्यमा संलग्न गराई ४० दिन बराबरको रोजगारी जस्ता पहिलो चरणमा प्रदान गरिने छ भने दोस्रो चरणमा नेपाल एशोसिएसन अफ राफ्टिङ्ग एजेन्सिज् (नारा) मार्फत २०० जना ¥याफ्टिङ मजदुरलाई प्रतिव्यक्ति कम्तीमा १२ दिनको रोजगारी दिने छ ।

परियोजनाको कार्यक्रम अनुरुप पर्यटन बोर्ड, (जिविकोपार्जन पुनःउत्थानका लागि दियो पर्यटन परियोजना (एसटीएलआरपी) र नेपाल एशोसियन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाटा) बीच बुधबार सम्झौता भएको छ ।
सम्झौता अनुसार नाटाले महामारीले रोजगारी गुमाएका साढे ५०० भन्दा बढि पर्यटन मजदुरलाई प्रतिव्यक्ति १२ दिनका दरले अल्पकालीन रोजागारी प्रदान गर्ने छ ।

परियोजनाले काठमाण्डौको कीर्तिपुर, भक्तपुरको चाँगुनारायण, मकवानपुरको थाहा, चितवनको रत्ननगर नगरपालिकासँगै ताप्लेजुङ ,सोलुखुम्बुका, संखुवासभा, मुस्ताङ, पर्वत र ओखलढुङ्गामा एक एक गरी १० ओटा स्थानीय तहसँग सम्झौता गरी जिविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना शुरु गरिसकेको छ ।

सन् २०२० मा नै युएनडिपी मार्फत सहयोग प्राप्त भएपनि सन् २०२१ लाग्ने वित्तिकै यस कार्यक्रमलाई शुरु गर्ने बोर्डको तयारी रहेपनि विविध कारणवस ८ महिना पछि बल्ल कार्यक्रमले निरन्तरता पाएको हो ।

आउदो दिनमा क्रमशः अन्य स्थानीय तह तथा संघ संस्थाहरूसँग सम्झौता गर्दै काम अगाडि बढाइने परियोजनाले जनाएको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अक्सिजन कन्सन्ट्रेटर मेशिन गाउँपालिकालाई हस्तान्तरण

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । कुम्मायक गाउँपालिकाको स्वास्थ शाखा कार्यालय यासोकलाई तेजकुमार...

ठेक्केदारको कारण लुम्भुघाट पुलको काम अलपत्र

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । पाँचथर र तेह्रथुम जिल्ला जोडिने लुम्भुघाट पक्की...

‘अक्षर अक्षरमा देश’ लिएर आए दीपक समीप

पोखरा । मुक्तककार दीपक समीपको मुक्तक संग्रह ‘अक्षर अक्षरमा देश’ को एक भव्य समारोहबीच...

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको सम्मान डा. बराललाई र पुरस्कार संगीतकार गुरुङलाई

काठमाडौँ, १ माघ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा...

पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङको प्रथम साधारणसभा सम्पन्न

तेह्रथुम, १ माघ । फेदाप पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थामरुङ फेदापको प्रथम साधारणसभा सम्पन्न...

न्यु जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधरण सभा सम्पन्न

इटहरी, १ माघ । न्यू जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको...

प्रदेश प्रमुख खापुङद्वारा माघे संक्रान्तिको शुभकामना व्यक्त

विराटनगर, १ माघ । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङद्वारा माघे...

कुम्मायक गाउपालिकाको एघारौ गाउसभा सम्पन्न

पदम सुखी सम्बाहाम्फे पाँचथर, १ माघ । कुम्मायक गाउपालिकाको एघारौं गाउँसभा बैठक सम्पन्न भएको...

रक्साना लिम्बु जिाताउ अभियान अन्तर्गत अमेरिका निवासी किशोर सुब्बाको सहयोग

काठमाडौ, २९ पुस । सुमधुर स्वरकी धनी रुक्साना लिम्बु विविध विधाका गीतहरु गाउन सक्ने...

धरानमा गुञ्जियो सीमानापारिका कवि र कविता

-प्रकाश दिप्साली राई/नडाहा कुनै दिन खोलाबाट पानी भाग्यो भने आँखाबाट सपनाहरू भागे भने सम्झनु...