सिरिजङ्गा लिपि– भ्रम र यथार्थ - Naya Online

सिरिजङ्गा लिपि– भ्रम र यथार्थ

हितराम तिल्लिङ

विषय प्रवेशः
भाषाको अमूर्त खण्ड खण्ड ध्वनीलाई प्रतिनिधित्व गर्ने मूर्त स्वरूप वा भाषालाई बुझ्न, बुझाउनको लागि बनाइएको सांकेतिक चिह्नलाई लिपि भनिन्छ । लिपि सम्बन्धित भाषासँग परस्पर र प्रत्यक्ष सम्बन्ध जोडिएको हुन्छ । भाषालाई स्थायी रूप दिन प्रयोग हुने रेखात्मक चिन्ह वा वर्णलाई लिपि भनिन्छ । यो सम्बन्धित भाषाको अक्षर लेखिने लेख्य चिन्ह वा प्रणाली हो ।

नेपालमा १२५ जातजाति र १२३ ओटा भाषा पाइन्छन् । नेपालमा १२३ भाषा पाइए पनि १३ ओटा मात्र लिपिहरू प्रचलनमा छन् । ब्रहमी लिपि विश्वको प्राचिनतम (पुरानो) लिपि मध्ये एक हो । ब्रहमी लिपिबाट उत्तर भारतीय लिपिहरू विकास भए । नेपालको प्रचलित वा सवैभन्दा बढी प्रयोग भएको देवनागरी लिपि पनि ब्रहमी लिपिबाट जन्मेको हो ।

बेलायतले विश्वमा आफ्नो साम्राज्य फैलाएसँगै आफ्नो अंग्रेजी भाषा र रोम लिपि पनि फैलायो । नेपालमा खस भाषाको विकाससँगै देवनागरी लिपिको पनि विकास भयो । हाल सम्ममा नेपालमा बढी प्रयोगमा आएका लिपिहरू मध्ये देवनागरी (नेपाली), रञ्जना (नेवारी), सिरिजङ्गा (लिम्बू), तिरुहता (मैथिली) आदि हुन् । नेपालमा प्रयोगमा आएका लिपिहरू मध्ये तेस्रो स्थानमा सिरिजङ्गा लिपि प्रयोग भएको पाइन्छ । सिरिजङ्गा लिपि विशेषगरी लिम्बू भाषालाई प्रतिनिधित्व गर्ने लिपि हो ।

हाल नेपालमा प्रयोग भइरहेको देवनागरी लिपि भारतले संयुक्त राष्ट्र संघमा दर्ता गरिसकेको कारण नेपालले संयुक्त राष्ट्र संघको सदस्यता ग्रहण गर्न रञ्जना लिपि (नेवारी) दर्ता गरेको छ । संयुत्तराष्ट्र संघको सदस्यता ग्रहण गर्नलिपि अनिवार्य हुनुपर्ने मापदण्ड तोकिएको छ ।

सिरिजङ्गा लिपिः
याङवारक थुमको सिनाम तेल्लकमा वि.सं. १७६१ (सन् १७०४) मा जन्मेका सिरिजङ्गाहाङ थेवेले यो लिपिको संरक्षण, सम्र्वदन, प्रर्वधन तथा प्रचार प्रसार गरेकाले यस लिपिलाई सिरिजङ्गा लिपि भनिन्छ । वि.सं. १७९८ (सन् १७१४) मा सुखिमको कालिज खोला र रेशी खोलाको दोभानमा रहेको मौवाको रूखमा बाँधी त्यहाँका लामाहरुले गोपे बाँसको वाणले हानी हत्या गरे । लिम्बू भाषा लिपिको संरक्षण तथा प्रचार प्रसार गर्ने सिलसिलामा राज्य विप्लवमा परी आफ्नो अमूल्य प्राण दिनु भएको कारण लिम्बू समुदायले महान शहिद घोषणा गरेका छन् ।

सिरिजङ्गा लिपिमा (का, वा, आ, मा, ता, या, धा, ना, शा, ङा, सा, वा, हा, ला, जा, फा, खा, रा, चा, ञा) २० ओटा मात्र वर्ण वा अक्षर थिए । जसमा एउटा मात्र स्वर वर्ण (आ) भेटिन्छ । यसको आधारमा सन् १९५० तिर लालसोर सेन्दाङ, पदम सिं मुरिङला सुवेदार बाजेविर थलङ, इमान सिं चेम्जोङ को समूहले तुम याक्थुङ निङवाभु साप्ला र याक्थुङ निसेगेक साप्ला हस्तलिखित पुस्तक तयार गरेका थिए । यहि पुस्तक सिक्किममा लामो समय पठनपाठन समेत भएको थियो ।
सन् १९३१ तिर खस भाषा र देवनागरी लिपिको प्रभावमा परेर सिरिजङ्गा लिपि संसोधन गर्ने क्रममा इमान सिं चेम्जोेङ र रनध्वज नेम्बाङले केही वर्णहरू थपेर देवनागरी लिपि जस्तो स्वर वर्ण र व्याञ्जन वर्णको विकास गरे ।

प्रचलित र प्रस्तावित सिरिजङ्गा लिपिः
प्रचलित सिरिजङ्गा लिपिमा ९ ओटा (अ, आ, इ, उ, ए, ऐ, ओ, औ, एः) स्वर वर्ण छन् । यस मध्ये ५ ओटा (अ, आ, इ, उ, एः) मा ध्वनिक चिन्ह केम्भ्रेङ प्रयोग गरी प्रस्तावितमा १४ ओटा स्वर वर्ण बनाएका छन् । त्यसैगरी प्रचलित सिरिजङ्गा लिपिमा २४ ओटा (क, ख, ग, घ, ङ, च, छ, ज, त, थ, द, ध, न, प, फ, व, भ, म, य, र, ल, व, स, ह) छन् । यसमा ध्वनिक चिन्ह मुक्फ्रेङलाई थपेर २५ ओटा बनाइएको छ ।

पछिल्लो समयमा वि.सं. २०५७ सालतिर नेपाल प्रज्ञा प्रतिष्ठानको तत्कालिन कुलपति बैरागी काइलाको नेतृत्वमा डा. माधव प्रसाद पोख्रेल समेतको भाषाशास्त्रीको टोलीले भाषा विज्ञानको आधारमा यन्त्रद्वारा मापन गरी प्रचलितबाट प्रस्तावित तर्फ स्तरीकरण गरेका हुन् । लिपि स्तरीकरण गरेपछि इमान सिं चेम्जोङद्वारा सम्पादित लिम्बू–नेपाली–अंग्रेजी शब्दकोश (२०१८) लाई वि.सं. २०५१ मा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति बैरागी काइलाद्वारा पून सम्पादन गरी प्रकासन गरे ।

यसपछि प्रकासन हुने पाठ्यपुस्तक तथा पाठ्य सामग्रीहरू प्रस्तावित सिरिजङ्गा लिपिमा प्रकासन भइरहेका छन् । वि.सं. २०५५ देखि २०५९ सम्म कक्षा– १ देखि कक्षा– ५ सम्मको (आनी पान) पाठ्युपस्तक दिलेन्द्र कुरुम्वाङ, रण बहादुर मेन्याङ्वो, विजय लिम्बू लगायतले प्रचलित सिरिजङ्गा लिपिमा सम्पादन गरेका थिए ।

प्रचलित लिपिबाट प्रस्तावित लिपिमा स्तरीकरण गर्दा सिरिजङ्गा लिपि भित्र कै ध्वनिक चिन्ह (कुसेक सक) लाई स्वर वर्ण र व्याञ्जन वर्णमा तानिएको मात्र हो । यी वर्णहरू प्रचलितमा पनि प्रयोग भएकै हुन् । ध्वनिक चिन्हलाई वर्णसँगै तानिनुको वैज्ञानिकता तथा आधारहरू होलान् । तर कुनै भूगोल तथा समुदाय विशेषको भाषा परीक्षण गर्न बनाइएको भाषा बिज्ञानको यन्त्रले लिम्बू भाषामा परीक्षण गरेर अलि जटिल पो बनाएका हुन् की ? नत्र भने प्रचलित सिरिजङ्गा लिपिले पनि लिम्बू भाषालाई उतिकै समेट्छ जस्तो लाग्छ ।

सिरिजङ्गा लिपिको बिकासक्रम
भारतको सुखिममा सिरिजङ्गा लिपिलाई लिम्बू लिपि भन्छन् भने किराँत धर्मलम्बी सत्यहाङ्मा निकटले किराँत लिपि भन्दै र लेख्दै आइरहेका छन् ।सन् १९२५ मा दार्जिलिङमा गठन भएको तुम याक्थुङहाङ चुम्लुङले सिरिजङ्गा लिपि नामाकरण गरेका थिए । वि.सं. २०४९ मा धरानमा भएको किराँत याक्थुङ चुम्लुङको दोस्रो महाधिवेशनले किराँत सिरिजङ्गा लिपि नामान्करण गर्ने संस्थागत निर्णय गरेको छ । सर्वाेच्च अदालतको राष्ट्रिय अभिलेखामा किराँत लिपि नै उल्लेख भएको छ ।

किराँत राई समुदायले किराँत लिपि नामाकरण गरी प्रयोग गर्दै आइरहेका छन् । वि.सं. २०७८÷०३÷२७ गते चार जातीय संस्था (किराँत याक्थुङ चुम्लुङ, किराँत राई यायोखा, किराँत सुनुवार समाज र किराँत याखा छुम्मा) ले एक बैठकको आयोजना गरी सिरिजङ्गा लिपिलाई थप समृद्ध (वर्ण थप्ने) गर्दै आम रूपमा प्रचलनमा ल्याउनको लागि किराँत लिपि नामाकरण गर्ने प्रयास गरेका थिए । उक्त चार जातीय संस्थाहरूको प्रयासलाई युमा साम्यो महासभा केन्द्रीय समिति, प्रवास समिति मलेसिया, युके, हङकङ र याक्थुङ चुम्लुङ समेतले प्रेस विज्ञप्तीका साथ चर्काे विरोध जनाएका छन् । यद्यपि सुनुवारले भने बेग्लै लिपि तयार पारी युनिकोड निर्माण गरिरहेको छ । उक्त लिपिलाई कोइँच लिपि कि किराँत लिपि नाम दिने भन्नेमा छलफल पनि चलिरहेको छ ।

सिरिजङ्गा लिपिको विवादः
हाम्रो देश नेपाल संघीय राज्य प्रणालीमा भएसँगै स्थानीय तहमा थुप्रै अधिकारहरू पनि प्राप्त भए । कुनै पनि जातिको पहिचानसँग उसको भाषा लिपि पनि जोडिएर आउछ । आफ्नो भाषा लिपि संरक्षण, सवर्दन गर्नको लागि मातृभाषा पठनपाठन गर्न स्थानीय तहले सम्बन्धित जाति वा समुदायलाई नै पाठ्यक्रम तथा पाठ्यपुस्तक निर्माण गर्ने अधिकार पनि सुम्पिन थाले । यसै क्रममा बिभिन्न ठाँउमा लिपिको समस्या देखियो । यही समस्या समाधान गर्नको लागि चार जातीय संस्था (कियाचु, किराया, कियाछु र किसुसेस) ले सिरिजङ्गा लिपिलाई किराँत वा किरात सिरिजङ्गा लिपि नामाकरण गरी आवश्यकता अनुसार केही वर्ण थप गर्ने प्रयास गरेका छन् ।

सिरिजङ्गा लिपिमा ट, ठ, ड, ढ, ण लगायत केही वर्णहरू छैनन् । किराँत भाषा मानीने राई जाति भित्रको वान्तावा, आठपहरीया, याम्फु…… लगायतका केही राई वंशहरूले उक्त वर्णहरू प्रयोग गरेको पाइन्छ । केही वंश वा वनाहरूलाई समेट्नको लागि लिम्बू, याखा केही राइ भाषामा प्रयोग नआउने वर्णहरू थपेर नामाकरण, संरचना र उच्चारण फेरवदल गर्नु भनेको सिरिजङ्गाको पहिचान नामेट गर्नु हो । बिकासको नाममा साँस्कृतिक अतिक्रमण गर्नु हो । आज एउटा समुदायको लागि केही वर्ण थपौँला, भोली अर्काे समुदाय आफु पनि किराँत हुँ भन्दै आउला, उस्ले पनि भाषिक वर्णहरू विकास गर्न चाहन्छ । यसरी निरन्तर थप्दै जानु सम्भव छ त?

सिरिजङ्गा लिपि अन्य जाति वा समुदायले प्रयोग गर्नु हुन्न भन्ने कदापी होइन् । सिरिजङ्गा लिपिले सम्बन्धित भाषाको ध्वनिक प्रतिनिधी गर्नु सक्नु प¥यो । यस लिपिले केही राई वंशका भाषा प्रतिनिधित्व गर्न सक्दैन । राईजातिका केही वंशका लागि वर्णहरू बिकास गरौँला । राई जाति भित्रको भाषिक विविधताको कारण दिनानुदिन भाषा मरिरहेको छ ।

यसो हुनुमा,फरक फरक वंश भाषिका विच विवाह गरेपछि भाषा प्रयोगमा आउदैन । भाषा प्रयोगमा नआएपछि नयाँ पिडीले सिक्ने अवसर पाउदैन । उनीहरूको भाषाको लागि बिकास गरिएका वर्णहरू उनीहरूको भाषा मरेपछि ति वर्णहरूको औचित्य हुन्छ जस्तो लाग्दैन । थोरै वत्ताको लागि वर्ण बिकास गरेर सिरिजङ्गा लिपिको संरचना विगार्दै सिङ्गो लिम्बू, याखा लगायत अन्य ट, ठ, ड, ढ, ण जस्ता वर्णहरू नभएका समुदायको जनजिब्रो विगार्नु भनेको सांस्कृतिक वलत्कारहो ।

निष्कर्षः
विश्वका सवै जाति वा समुदायले सिरिजङ्गा लिपि चलाउन पाइयो । तर सिरिजङ्गा लिपिहालको जुन प्रचलितमा ९ ओटा स्वर वर्ण र २४ ओटा व्यञ्जन वर्ण छन्, त्यो मानेर लानु पर्यो । हाम्रा जनजिब्रोमा नभएका वर्णहरू थपेर, फरकनामाकरण गर्दै संरचनाहरु फेरबदल गर्नु चाहिँ पाइएन । यसले भबिष्यमा हाम्रो भाषाको मौलिकता माथि ऐतिहासिक क्षति पुर्याउने छ ।

समय, काल र परिस्थिती अनुसार लिपिको बिकास हुनुपर्छ । तर बिकासको पनि सीमा हुन्छ । विकासको नाममा बिनास हुनु हुदैन भन्ने मात्र हो । हामीले लेख्दै र पढ्दै आएको रोमन लिपि थपघट भएको इतिहास छैन । तापनि विश्वको प्राय सवै जाति समुदायले प्रयोग गर्दै आईरहेका छन् ।

नेपालको प्रचलित कामकाजको लिपि देवनागरी लिपिमा केही बर्ण नचाहिदा निक्कै वर्णहरूलाई फालिएका छन् र अझै पनि उस्तै ध्वनी सुनिने वर्णहरूलाई फालिने क्रम जारी छ । सिरिजङ्गा लिपि चाहिँ बिकासको नाममा बृद्धि हुदै आइरहेको छ । यसरी प्रत्यक्ष सम्बन्ध भएको भाषिक सामुदाय भन्दा चारकोश टाढा बसेर मनपरी तरीकाले विकास नगरौँ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

लिम्बू भाषाको पालाम ‘सिरिजङगा तङ्नाम’को भिडियो सार्वजनिक

काठमाडौ – लिम्बू भाषाको पालाम ‘सिरिजङ्गा तङ्नाम’को शुक्रबार सार्वजनिक भएको छ । सिक्किमस्थित मार्ताम,...

‘हुक्फोलो’को भिडियो सार्वजनिक

पान्थर, ६ माघ । लिम्बु भाषाको गीत ‘हुक्फोलो’ को भिडियो बिहिवार सार्वजनिक भएको छ...

जदौ मपाइत्व

मलिसा याक्थुङ्बा लिम्बू मपाइत्व भन्ने कुरा पुरानो नेपाली किताबमा ‘म जुजुमान’ भन्ने पाठमा पढेको...

नेफिन आईसीसी संयोजक मानबहादुर रानामगर संगठनबाट निष्कासित

काठमाडौं, १ माघ । नेफिन आईसीसीका तत्कालिक संयोजक र सहसंयोजकलाई कार्यवाही गरिएको छ ।...

जोसियल नेटवर्किङबाट महिनामा लाखौं कमाइने भन्दै करोडौं ठगी गरेपछि सम्पर्कवीहिन

काठमाडौं, २८ पुस । पछिल्लो समय नेटवर्किङ व्यावसायबाट ठगीनेहरुको सङ्ख्या बढ्दो छ । विभिन्न...

निरज सर ! तपाई होइन, म कहाँ हराएँ ?

देवेन्द्र सुर्केली सन् २००६ को अन्त्यतिर मलेसियातिर हान्निएँ । मेरो दाजु राजेन्द्र खापुङ मलेसियामा...

चासोक कि चासोत ? येले तङबे कि कक्फेक्वा तङनाम ? संक्षिप्त टिप्पणीः

-उदय पूर्वेली चोङबाङक्याक चेम्जोङ (१९७८) का अनुसार; आद्य प्रागैतिहासिककालमा याक्थुङ जातिको उद्भाव थलो मुना...

जनताले पावन्दी कहिले जान्ने ?

मलिसा याक्थुङ्बा लिम्बू नेपालभित्र कथित एकिकरण भईरहँदा अमेरिकामा क्रिष्टोफर कोलम्बसले पत्ता लगाउँदै थिए, ईतिहासमा...

लिम्बुवानलाई समयमै सम्बोधन नगरे भोलि महँगो पर्न सक्छ – बाबुराम भट्टराई

-आपुङ्गी हाङ काठमाडौं, २० पुस । पुर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी संघिय परिषद...

सङ्खुवासभाको चैनपुरमा स्थानीय खेलाडीहरू सम्मानित

-सन्देश इङघङ सङ्खुवासभा, १९ पुस । सङ्खुवासभाको चैनपुरमा स्थानीय खेलाडीहरूलाई सम्मान गरिएको छ ।...