एनआरएनको दशौं सम्मेलनमा युरोप युवा संयोजकमा रोबोट लिम्बूको उम्मेद्वारी - Naya Online

एनआरएनको दशौं सम्मेलनमा युरोप युवा संयोजकमा रोबोट लिम्बूको उम्मेद्वारी

केश तमु

लिस्बन, युरोप । पोर्चुगलका रोबोट लिम्बूले आगामी अक्टोबर २३–२५ तारिख हुने गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको दसौं सम्मेलनमा एनआरएनए युरोपको युवा संयोजकमा उम्मेदवारी दिने भएका छन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेद्वारी घोषणा गरेका रोबोटले गैरआवासीय अभियानमा युवा क्षेत्रबाट युवाहरुको उर्जा, सीप, ज्ञानको उपयोग गर्दै योगदान पुर्याउने हेतुले उम्मेद्वारी दिएको उल्लेख गरेका छन् ।

पोर्चुगलमा रहँदा रोबोटले एनआरएनए पोर्चुगलको कार्यसमिति सदस्य(२०१५–१७), संरक्षक (२०१७–१९) र सल्लाहकार (२०१९–२१) को भूमिका निर्वाह गरिसकेका छन् । एनआरएनकै टास्कफोर्स Policy and Procedures (२०१९–२१) को सदस्य पनि रहिसकेका छन् ।

यसबाहेक एक दशकदेखि विभिन्न सामाजिक संघ–संस्थाहरुमा अनेकौं जिम्मेवारी रहेर काम गरिसकेका छन् ।

रोबोट पोर्चुगलका एक सफल युवा व्यवसायी र विद्यावारधी (PHD) अध्ययनरत विद्यार्थीसमेत हुन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको सम्मान डा. बराललाई र पुरस्कार संगीतकार गुरुङलाई

काठमाडौँ, १ माघ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा...

नेफिन आईसीसी संयोजक मानबहादुर रानामगर संगठनबाट निष्कासित

काठमाडौं, १ माघ । नेफिन आईसीसीका तत्कालिक संयोजक र सहसंयोजकलाई कार्यवाही गरिएको छ ।...

विनेसाम जापानको दोश्रो अधिवेशन सम्पन्न, नेतृत्वमा पुनः इङ्नाम

जापान, १० जनवरी । जनवरी ९ तारिकमा जापानको टोकियोस्थीत विश्व नेपाली साहित्य महासङ्घ (विनेसाम)...

अमेरिकाबाट ‘यो जीवन मिठो’ सार्वजनिक

काठमाडौं, २४ पुस । अमेरिकामा रहेका युवा निर्देशक सुमन दाहाल निर्देशित पछिल्लो भिडियो ‘यो...

अमेरिकाको टेक्सासमा याक्थुङ चुम्लुङको चासोक तङनाम साँझ र अधिवेशन सम्पन्न

नगेन्द्र ईङनाम “आठराईली” टेक्सास, ३ जनवरी । अमेरिकाको टेक्सास राज्यस्थित अर्भिङ शहरमा लिम्बुहरुको मौलिक...

मकाउमा मौलिक चाडपर्वहरुको अवसरमा सामुहिक रूपमा शुभकामना आदानप्रदान

-सन्देश ‘ईङघङ’ मकाउ, १३ पुस । मकाउमा सामुहिक रूपमा मौलिक चाडपर्वहरुको अवसरमा शुभकामना आदानप्रदान...

सर्जकहरूले मास्टर मित्रसेन थापालाई सम्झे

लन्डन, २८ डिसेम्बर । पुराना एवम् चर्चित लोकगायक मास्टर मित्रसेन थापा मगरलाई उनले दिएको...

अमेरिकामा भव्यतका साथ मनाईयाे चासाेक तङ्नाम

न्युयोर्क । अमेरिकामा चासोक तङ्नाम धुमधामका साथ मनाइएको छ । किरात याक्थुङ चुम्लुङ् अमेरिकाको...

किरात याक्थुङ चुम्लुङको ग्रेटर लण्डन शाखाले उधौली र चासोक तङ्नाम मनायो

प्रिन्स याक्खा लण्डन, १३ डिसेम्बर । किरात याक्थुङ चुम्लुङको ग्रेटर लण्डनको सिनियर ब्रान्चले फेल्थाम...

संस्थाको कुशल व्यवस्थापक सम्मान दिपेश लिम्बुलाई प्रदान

न्यूयोर्क, २७ नोभेम्बर । किरात आक्थुङ चुम्लुङ अमेरिकाले दिपेश लिम्बुलाई संस्थाको कुशल व्यवस्थापकको रूपमा...