नेपाली जनसम्पर्क समिति मलेसियाद्वारा सरकारलाई ध्यानाकर्षण पत्र - Naya Online

नेपाली जनसम्पर्क समिति मलेसियाद्वारा सरकारलाई ध्यानाकर्षण पत्र

जेडी गाउँले

क्वालालम्पुर, १८ अगष्ट । नेपाली कांग्रेस पार्टीको प्रवास संगठन नेपाली जनसम्पर्क समिति मलेसियाले प्रधानमन्त्रीको नाममा सम्बोधन गरेर नेपाल सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ । मलेसियामा रोजगाररत नेपालीहरूको समस्यालाई तीन वुँदामा समावेश गरि पहलका लागि उक्त पत्र बुझाएको हो ।

नेपाली जनसम्पर्क समिति मलेसियाका सभापति चोलाकान्त पंगेनीद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा मुख्यतः कोभिड १९ का कारण नेपालीहरूले मलेसियामा भोग्नु परेको समस्याहरूलाई उजागर गरिएको छ ।

कोभिड १९ का कारण उत्पन्न परिस्थितिमा रोजगार गुमाएका, स्वदेश फिर्तिमा खेप्नु परेको असहजता, हवाई भाडामा महंगाई, घरफिर्ति कार्यक्रममा अवैधानिक बसोवास गरेकाहरूले गर्नुपर्ने प्रकृयामा भोग्नु परेको सास्तीलगायत सेल्टर हाउसको आवश्यकतालाई समेत पत्रमा उल्लेख गरिएको छ ।

नियमित हवाई उडान नहुनाले हवाई भाडा महंगो भएको निश्कर्ष सहित जनसम्पर्क समितिले नियमित उडानका लागि पहल गरिदिन सरकारलाई भनेको छ ।

साथै, न्यारोवडीका जहाजले मात्र उडान गर्ने हुदा मलेसियामा जीवन गुमाएकाहरूको शव स्वदेश लैजान कठिनाई भएको र शवहरूको चाङ लाग्ने गरेको हुँदा कम्तिमा पनि महिनाको दुईवटा उडान वाईडवडी जहाजमार्फत गराउन माग गरेको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको सम्मान डा. बराललाई र पुरस्कार संगीतकार गुरुङलाई

काठमाडौँ, १ माघ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा...

नेफिन आईसीसी संयोजक मानबहादुर रानामगर संगठनबाट निष्कासित

काठमाडौं, १ माघ । नेफिन आईसीसीका तत्कालिक संयोजक र सहसंयोजकलाई कार्यवाही गरिएको छ ।...

विनेसाम जापानको दोश्रो अधिवेशन सम्पन्न, नेतृत्वमा पुनः इङ्नाम

जापान, १० जनवरी । जनवरी ९ तारिकमा जापानको टोकियोस्थीत विश्व नेपाली साहित्य महासङ्घ (विनेसाम)...

अमेरिकाबाट ‘यो जीवन मिठो’ सार्वजनिक

काठमाडौं, २४ पुस । अमेरिकामा रहेका युवा निर्देशक सुमन दाहाल निर्देशित पछिल्लो भिडियो ‘यो...

अमेरिकाको टेक्सासमा याक्थुङ चुम्लुङको चासोक तङनाम साँझ र अधिवेशन सम्पन्न

नगेन्द्र ईङनाम “आठराईली” टेक्सास, ३ जनवरी । अमेरिकाको टेक्सास राज्यस्थित अर्भिङ शहरमा लिम्बुहरुको मौलिक...

मकाउमा मौलिक चाडपर्वहरुको अवसरमा सामुहिक रूपमा शुभकामना आदानप्रदान

-सन्देश ‘ईङघङ’ मकाउ, १३ पुस । मकाउमा सामुहिक रूपमा मौलिक चाडपर्वहरुको अवसरमा शुभकामना आदानप्रदान...

सर्जकहरूले मास्टर मित्रसेन थापालाई सम्झे

लन्डन, २८ डिसेम्बर । पुराना एवम् चर्चित लोकगायक मास्टर मित्रसेन थापा मगरलाई उनले दिएको...

अमेरिकामा भव्यतका साथ मनाईयाे चासाेक तङ्नाम

न्युयोर्क । अमेरिकामा चासोक तङ्नाम धुमधामका साथ मनाइएको छ । किरात याक्थुङ चुम्लुङ् अमेरिकाको...

किरात याक्थुङ चुम्लुङको ग्रेटर लण्डन शाखाले उधौली र चासोक तङ्नाम मनायो

प्रिन्स याक्खा लण्डन, १३ डिसेम्बर । किरात याक्थुङ चुम्लुङको ग्रेटर लण्डनको सिनियर ब्रान्चले फेल्थाम...

संस्थाको कुशल व्यवस्थापक सम्मान दिपेश लिम्बुलाई प्रदान

न्यूयोर्क, २७ नोभेम्बर । किरात आक्थुङ चुम्लुङ अमेरिकाले दिपेश लिम्बुलाई संस्थाको कुशल व्यवस्थापकको रूपमा...