लिम्बू जातिको प्रतिनिधित्व गर्दै अमेरिकामा 'के' प्रदर्शन हुने - Naya Online

लिम्बू जातिको प्रतिनिधित्व गर्दै अमेरिकामा ‘के’ प्रदर्शन हुने

न्यूयोर्क, १८ अगष्ट । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)ले आयोजना गरेको विश्व आदिवासी दिवस २०२१ को अवसरमा आयोजित नेपाली आदिवासी चलचित्र महोत्सव २०२१ मा लिम्बू जातिको प्रतिनिधित्व गर्दै लिम्बू कथानक चलचित्र ‘के’ प्रदर्शनको लागि छनौट भएको छ ।

चलचित्र के ले नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०७६ मा ‘सर्वोकृष्ट अवार्ड’, एफ एल एफ अवार्ड २०२९ मा उत्कृष्ट अवार्ड र जोमोगान अवार्ड २०२० थाइल्यान्ड मा टप सेलेक्सन अवार्ड समेत प्राप्त गरिसकेको चलचित्र हो ।

सागर केरुङको लेखन/निर्देशन/ तथा निर्माणमा तयार पारिएको चलचित्रमा, प्रेम पन्दाकको संगीत, सुनिता सुब्बाको स्वर, सञ्जय आचार्यको छयाङ्कन , टाइसन केरुङ, बुद्धराज लिम्बू, मधु केरुङ, बबिता फोम्बो, कमल घिमिरे, रुपा आङबुहाङ, प्रेम ओझा, मनकुमार केरुङ, सुक्मिता केरुङ, सन्देश सुब्बा, डिआर हाङ्सरुम्बा, आर.के. थेबे, अप्सरा नेउपाने, संघर्ष खतिवडा, संगीता लावती, दिपक खनाल लगायतले अभिनय गरेका छन् ।

अगस्ट २१ शनिबार विहान १० बजे न्युयोर्कस्थित सत्यनारायण मन्दिरमा प्रदर्सन हुने किरात याक्थुङ चुम्लुङ अमेरिकाका अध्यक्ष सुमन थाम्सुहाङ्ले बताए । नेपालबाट छनौटमा परेकाहरुमा मि न्होर्वै ट – गुरूङ, प्राङना – तामाङ, मेतोक – ह्योल्मो, जा मनःगुभाजु– नेवार, ट्याङचलाक– मगर, सायाबुङ– राई, केः – लिम्बू लगायत चलचित्रहरु रहेको आदिवासी जनजाति महासंघ अमेरिकाका अध्यक्ष लोक चेम्जोङले बताए ।

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

रक्साना लिम्बु जिाताउ अभियान अन्तर्गत अमेरिका निवासी किशोर सुब्बाको सहयोग

काठमाडौ, २९ पुस । सुमधुर स्वरकी धनी रुक्साना लिम्बु विविध विधाका गीतहरु गाउन सक्ने...

पाःलाम ‘सिरिजङ्गा तङ्नाम’को छायांकन सम्पन्न

काठमाडौं । लिम्बू भाषाको पाःलाम ‘सिरिजङ्गा तङ्नाम’को बुधबार छायांकन सम्पन्न भएको छ । पाःलाममा...

‘फक्ताङ्लुङ् सेसे’ पाःलाम सार्वजनिक

काठमाडौं, २४ पुस । ‘फक्ताङ्लुङ् सेसे’ पाःलाम सार्वजनिक भएको छ । पाःलाममा पेशल माबुहाङको...

अमेरिकाबाट ‘यो जीवन मिठो’ सार्वजनिक

काठमाडौं, २४ पुस । अमेरिकामा रहेका युवा निर्देशक सुमन दाहाल निर्देशित पछिल्लो भिडियो ‘यो...

मिसेस हिमालयन नेपाल २०२१ कि बिजेता बनिन भिष्मा नेम्बाङ

काठमाडौं, १९ पुस । मिसेज हिमालयन नेपालको हालै सम्पन्न आठौं संस्करणमा इलामकी भिस्मा नेम्वाङ्गले...

सञ्चारकर्मी गीता अधिकारीको ‘श्वास फेरी…’

काठमाडौं, १७ पुस । सञ्चारकर्मी गीता अधिकारीको नयाँ गीत ‘श्वास फेरी’ सार्वजनिक भएको छ...

भाग्य भित्र जीवन खोज्दै

काठमाण्डौ, १३ पुस । गायिका अञ्जु पन्तको स्वरमा केही दिन पहिले सार्जजनिक भएको ‘भाग्य...

बलिउडकी गायिका असीस कौरको काठमाडौमा कन्सर्ट

काठमाडौँ, १३ पुस । बलिउडकी चर्चित गायिका असीस कौर नेपाल आउने भएकी छन् ।...

चलचित्र सिमानामा काँडेतारको छायांकन सम्पन्न

काठमाडौँ, १४ पुस । सिमानामा काँडेतार बारले मुलुकबिचका नागरिक र भूमिको संरक्षण मात्रै गर्दैन,...

‘आकासे खेती’ को फष्टलुक

काठमाडौं । उदय सुब्बाको निर्देशन रहेको फिल्म ‘आकासे खेती’ को फष्टलुक अफिसियल पोस्टर सार्वजनिक...