धरान । दैनिक प्रयोगमा आउने बस्तुहरु मध्ये संसारकै सबैभन्दा सस्तो बस्तुहरुमा टिस्यु पेपर पनि एक हो । तर अपवादमा हरेक बस्तुहरुको मूल्य अवस्था अनुसार फरक–फरक हुन्छ । त्यस्तै फुटबल जगतमा एउटा नौलो घटना घटेको छ ।
समकालीन फुटबल जगतका महान खेलाडी लियोनेल मेस्सीले बार्सिलोनाबाट बिदाइ हुँदा आँसु पुछेको टिस्यू पेपरको मूल्य अत्याधिक महँगो भएको छ ।
कम्प्टी स्पोर्ट्स डटकमका अनुसार मेसीले बिदाईको बेला आँसु पुछेको टिस्यू पेपर सो समारोहमा उपस्थित एक व्यक्तिले टिपेका थिए र अहिले त्यो पेपर लिलामीमा राखिएको छ ।
लिलामीमा राखिएको त्यो टिस्यू पेपरको मूल्य १० लाख डलर तोकिएको छ । हालसालै अन्तर्राष्ट्रिय लिलामी वेबसाइट मेइकेदौमा राखिएको टिस्यू पेपरको मूल्य १० लाख डलर भनी उल्लेख गरिएको छ । जस्को नेपाली मुल्य ११ करोड भन्दा माथी पर्न जान्छ ।
मेस्सी बार्सिलोनाबाट हालसालै फ्री ट्रान्सफर अन्तर्गत फ्रान्सेली क्लब पिएसजिमा आबद्ध भएका छन् ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।