आफ्नो कला संस्कृति प्रबर्धन र संरक्षणमा नेपाल साँस्कृतिक कला मन्दिरको भुमिका - Naya Online

आफ्नो कला संस्कृति प्रबर्धन र संरक्षणमा नेपाल साँस्कृतिक कला मन्दिरको भुमिका

काठमाडौं १ भाद्र । नेपालको मौलिक धर्म संस्कृति परम्परा सम्वद्र्धन र संरक्षणका लागि बिभिन्न संस्था समुह लागि पर्दै आइरकेका छन् । यस विषयमा बिशेष गरि युवा पुस्तालाई अनिवार्य रूपमा देशको संस्कृति, मौलिकता, नैतिकता र राष्ट्रियताको महत्वबारे जानकारी गराउनु पर्ने जिम्मेवारी सचेत नागरिक सबैको हुन आउँछ ।

आयातित संस्कार र संस्कृतिमा रमाइरहेका युवा जमातलाई आफ्नो मौलिक कला संस्कृति र पहिचानको बारेमा अवगत गराउने मात्र होईन उनिहरुलाई प्रत्यक्ष अनुभन गराउने उदेश्यले स्थानीय स्थरमै भएपनि वार्षिक रूपमा चन्द्रागिरी ९, मच्छेगाउँमा लाखें नाचको आयोजना गर्दै आईरहेका युवा ब्यक्तित्व हुन् रमेश शाही ।

२०५८ सालमा नेपाल साँस्कृतिक कला मन्दिरको स्थापना भएको हो भने रमेश शाही नेपाल साँस्कृतिक कला मन्दिरका संस्थापक अध्यक्ष हुन् ।

वार्षिक रूपमा हुदै आइरहेको लाखे नाच कोरोना कहर शुरु भएता हुन सकिरहेको छैन । आफ्नो कला संस्कृतिको संरक्षणका लागि वार्षिक रूपमा आयोजना हुदै आएको लाखें नाच यो वर्ष पनि अनिश्चित रहेको शाहीले बताए ।

लाखें नाचमा देशैभरिका नेवार समुदायबाट प्रतिस्पर्धाका लागि लाखें ल्याउने गरेको र उत्कृष्ट समुहलाई पुरस्कृत समेत गर्ने गरेका थियौं । देशका कुना काप्चाबाट एउटा उत्सवको रूपमा सहभागि हुन आउने र ठुलो पर्वको रूपमा मनाउदै आइएको लाखेंनाच अवस्था सामान्य हुन साथ पुनः आयोजना हुने आयोजग सदस्य मध्येका रमेश शाहीले जानकारी गराए ।

आफ्नो कला संस्कृतिको संरक्षणका लागि खटिदैआएका रमेशले लाखेंनाचको अलवा नांखि बाजा, लोक सांस्कृतिक कार्यक्रमहरुको आयोजना समेत गर्ने गरेका छन् । नेपाल साँस्कृतिक कला मन्दिरका सकृय सदस्यहरुको सकृयातामा कोभिडका कारण समस्यामा परेकाहरुलाई यातायात उपलब्ध गराउने देखि सकेको राहत बितरण समेत गर्दैआइरहेका छन् ।

संस्थाले कला संस्कृति, परम्परागतको सँस्कृति जगेर्ना गर्नेहेतुले २०७३ बाटप्रमुख लाखें नाचको आयोजना गरी सँस्कृति जगेर्ना गर्ने कार्यको थालनी गरेको थियो । कार्यक्रमलाई निरन्तरता दिने क्रममा २०७४ मा ‘लाखें नाच साँस्कृतिक तथा सम्मान’ को आयोजना गरेको थियो जसमा धादिङ, नुवाकोट, चरिकोट, भोजपुर, ओखलढुंगा, चितवन, गोरखा, भक्तपुर, ललितपुर, काठमाडौं लगायत १४ जिल्लाबाट उल्लेखनीय सहभागिता थियो ।

०७५, ०७६ सालको कार्यक्रम पनि भब्यताका साथ सम्पन्न गरेको थियो । संस्थाले कार्यक्रममा समाजका बिभिन्न क्षेत्रमा उल्लेखनीय कार्य गरेका समाजसेवि, कलाकार, पत्रकार लगायतका ब्यक्तित्वहरुलाई सम्मान गर्दै आईरहेको छ ।

नेपाल साँस्कृतिक कला मन्दिरले आफ्नो संस्कृति, परम्पराको संरक्षण गर्ने उदेश्यले देशको बिभिन्न स्थानमा लाखें नाच प्रदर्शन गर्दै आइरहेको छ । काठमाडौंमा सम्पन्न १३ औं साग गेममा समेत लाखे नाच प्रदर्शनी र साँस्कृतिक कार्यक्रम गरेको थियो । नेपाल साँस्कृतिक कला मन्दिरले भिजिट नेपाल २०२० को उद्घाटन समारोहमा हालसम्मकै धेरै लाखे एउटै मञ्चमा नचाएर विश्वसामु चिनाउन सफल भएको थियो ।

संस्थाले २०२० मा आयोजना भएको अन्तर्राष्ट्रिय लोक फेष्टिवलमा लाखें नाच प्रदर्शन गरेको थियो जसमा इजिप्ट, भारत, बंगलादेश, बुलगेरिया, डेनमार्क, मलेसिया, श्रीलंका, मेक्सिको, इजरायल, इस्टोनियाले आआफ्नोकला संस्कृती झल्कने प्रस्तुति दिएको थियो ।

लाखें नाच कार्यक्रममा बिभिन्न बिद्याका ब्यक्तित्वहरुलाई सम्मान गरिदै आएको छ । नायक राजेश हमाल, निखिल उप्रेति, हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, केदार घिमिरे, शैलेन्द्र सिंखडा, उत्तम केसी, दिपाश्री निरौला, नृत्य निर्देशक कमल राई, कविराज गहतराज, वीरेन्द्र हमाल लगायत दर्जनौ सम्मानित भइसकेका छन् ।

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

पत्रकार प्रकाश दिप्सालीको गीत सार्वजनिक

वराहक्षेत्र । कविता लेखन र पत्रकारितामा सक्रिय रहेका प्रकाश दिप्साली राईको गीत “त्यो तिम्रो...

नेपाली सिनेमा “जारी” को ग्रान्ड प्रिमियर बेलायतमा हुँदै

सुरेन्द्र इङ्नाम लण्डन टिजर ट्रेलर सार्वजनिक भएपछि चर्चित बनेको नेपाली चलचित्र जारीलाई बेलायतमा ग्राण्ड प्रिमियर...

‘सफादिक फेरेना’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । किशोर सुब्बाको निर्देशनमा अमेरिकामा छायांकन गरिएको लिम्बु भाषाको गीत ‘सफादिक फेरेना’ बोलको...

बाबु बोगटीको सान्नानी २ सार्वजनिक

काठमाडौँ, ८ कात्तिक । सान्नानी तिमीलाई रिमेकको अपार सफलतापछि गायक बाबु बोगटीको नयाँ गीत...

विष्णु र ईश्वरको ‘अघि बढे भेल बाढी….’ बोलको आधुनिक गीत सार्वजनिक

काठमाडौं, २२ भदौ । गीतकार विष्णु आचार्य ‘अतृप्त’को शब्द रचना तथा ईश्वर अमात्यको सङ्गीत...

लिम्बू भाषाको पालाम भिडियो ‘मारोती फुङ’ सार्वजनिक

काठमाडौं, १८ भदौ । लिम्बू भाषाको पालाम ‘मारोती फुङ’को भिडियो सार्वजनिक भएको छ ।...

श्रीराम राईको ‘सञ्चो छ कि रोदन’ सार्वजनिक

काठमाडौं, १८ भदौं । श्रीराम राईको दोस्रो गीत सार्वजनिक भएको छ । २०७५ सालमा...

जापानमा राजु लामालाई सम्मान गरिँदै

शिशिर निङ्लेकु थक्साङ जापान, २ सेप्टेम्बर । नेपाल फेस्टिवल नागोया जापानले गायक राजु लामालाई...

छोरीको जन्मदिनमा बाबु–छोरीकै पुस्तक विमोचन

काठमाडौं, १० भदौं । भाषा आयोगका सदस्य तथा वरिष्ठ कवि डा. अमर गिरी, वरिष्ठ...

लिम्बु संस्कृतिको सौन्दर्य र मौलिक स्वाद ‘सत्र थुम’

प्रकाश दिप्साली राई कोरोना कहरको मध्ये लकडाउनले अन्य क्षेत्रहरूलाई जस्तै सङ्गीतलाई पनि थिलथिलो बनाइदियो...