एनआरएन जर्मनीमा फर्जी मत प्रयोग भएको भन्दै विज्ञप्ति - Naya Online

एनआरएन जर्मनीमा फर्जी मत प्रयोग भएको भन्दै विज्ञप्ति

काठमाडौँ, १ भदौं । गत ३१ जुलाईमा भएको एनआरएनए जर्मनीको निर्वाचनमा अनलाइन दुरुपयोग गरी धाँधली र फर्जीमत ल्याइएकोमा विभिन्न संघसंस्थाले विज्ञप्ति जारी गरी एनआरएन निर्वाचन बाहिस्कार गरेका छन् ।

प्रवासी नेपाली एकता मंच जर्मनीका अध्यक्ष, चन्द्रकान्त आचार्य, नेपाली जन सम्पर्क समिति जर्मनीका अध्यक्ष शिखर खड्का, नेपाली जन प्रगतिशील मंच जर्मनीका अध्यक्ष शम्भु प्रसाद पोख्रेल, प्रवासी नेपाली एकता समाज जर्मनीका अध्यक्ष विजय शाहीले संयुक्त विज्ञप्ति जारी गरी बाहिस्कार गरेका हुन् ।

विभिन्न संघ संस्थाहरुलगायत अग्रज तथा बुद्धिजीवीहरुको असहमति र असमर्थन हुँदाहुँदै पनि एनआरएनए जर्मनीको नेतृत्वले अबैधानिक कार्य गर्न प्रेरित भइ पक्षपात र पुर्वाग्रह तवरमा आईसीसी प्रतिनिधिको छनोट गरेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ –“एनआरएनए जर्मनीको २०२१–२०२३ कार्यकालको निर्वाचन नै विवादित भएकोले निष्पक्ष छानबिन र न्यायको माग गर्दै जर्मनीका विभिन्न अदालतहरुमा मुद्दाहरु परेका छन् । एनआरएनए जर्मनीलाई अदालतबाट फैसला नआउन्जेल सम्म कानुनतः एनआरएनए जर्मनीको अभियानमा कुनै पनि गतिविधि गर्न छुट छैन । आईसीसी ६५ प्रतिसत प्रतिनिधि छनौटमा देखा परेका पुर्वाग्रही र मनपरी तन्त्रले संस्थाको गरिमामय छविलाई धब्बा लगाई दिएको छ ।”

“निर्वाचन आयोग बिना यो चुनाव कसले गराउदै छ ?” विज्ञप्तिमार्फत प्रश्न गरिएको छ । “यो सबै जर्मनी निवासी आम नेपालीहरुको चासोको बिषय पनि हो । यो कस्ले? के का लागि ? किन ? र कसरी यो निर्वाचन एनआरएनए जर्मनीले गर्दै छ भन्ने करिब १६ सय साधारण सदस्यहरुलाई कुनै जानकारी पनि छैन । मुठीभरका व्यक्तिको स्वार्थको लागी कठपुतली नेतृत्वले निर्वाचन आयोग बिना प्रतिनिधिको निर्वाचन गर्दै छ । आधिकारीक रुपमा निर्वाचन आयोग ख ै? यसको कुनै आधिकारिक जानकारी बिना निर्वाचन कसरी सम्भव छ?”

अनलाइनमा सदस्यताको मतलब नबुझ्ने धेरै नेपालीहरु जर्मनीमा बसोबास गर्दै आएको विज्ञप्तिमा उल्लेख छ । कसरी अनलाइन भोट दिन भन्ने पुर्व जानकारी पनि गर्न एनआरएनए जर्मनी अक्षम भएको र पहिले नै प्रतिनिधिहरुको नामलिस्ट तयार गरिसकेकोले देखावटीको लागि निर्वाचन भएकोले विज्ञप्तिमार्फत आरोप लगाइएको छ । “जसको शक्ति उसको भक्ति भने झैँ एनआरएनए जर्मनी धनाढ्यवर्गको एउटा निजी क्लब बन्दै गइरहेको छ ।” विज्ञप्तिमा उल्लेख छ ।

यो संस्थाको लागि ठुलो योगदान र समर्पण रहेका धेरै अग्रज तथा अभियन्ताहरुको मेहनतले निर्माण भएको यो संस्थाको गरिमा अस्ताउदै गएकोमा दुःख लागेको र स्वार्थसिद्ध गर्न विभिन्न चलखेल, षड्यन्त्रकारी तिकडम बाजिका फोहोरी खेल पबित्र संस्थामा तुरुन्त बन्द गर्न खबरदारी पनि गरेको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको सम्मान डा. बराललाई र पुरस्कार संगीतकार गुरुङलाई

काठमाडौँ, १ माघ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा...

नेफिन आईसीसी संयोजक मानबहादुर रानामगर संगठनबाट निष्कासित

काठमाडौं, १ माघ । नेफिन आईसीसीका तत्कालिक संयोजक र सहसंयोजकलाई कार्यवाही गरिएको छ ।...

विनेसाम जापानको दोश्रो अधिवेशन सम्पन्न, नेतृत्वमा पुनः इङ्नाम

जापान, १० जनवरी । जनवरी ९ तारिकमा जापानको टोकियोस्थीत विश्व नेपाली साहित्य महासङ्घ (विनेसाम)...

अमेरिकाबाट ‘यो जीवन मिठो’ सार्वजनिक

काठमाडौं, २४ पुस । अमेरिकामा रहेका युवा निर्देशक सुमन दाहाल निर्देशित पछिल्लो भिडियो ‘यो...

अमेरिकाको टेक्सासमा याक्थुङ चुम्लुङको चासोक तङनाम साँझ र अधिवेशन सम्पन्न

नगेन्द्र ईङनाम “आठराईली” टेक्सास, ३ जनवरी । अमेरिकाको टेक्सास राज्यस्थित अर्भिङ शहरमा लिम्बुहरुको मौलिक...

मकाउमा मौलिक चाडपर्वहरुको अवसरमा सामुहिक रूपमा शुभकामना आदानप्रदान

-सन्देश ‘ईङघङ’ मकाउ, १३ पुस । मकाउमा सामुहिक रूपमा मौलिक चाडपर्वहरुको अवसरमा शुभकामना आदानप्रदान...

सर्जकहरूले मास्टर मित्रसेन थापालाई सम्झे

लन्डन, २८ डिसेम्बर । पुराना एवम् चर्चित लोकगायक मास्टर मित्रसेन थापा मगरलाई उनले दिएको...

अमेरिकामा भव्यतका साथ मनाईयाे चासाेक तङ्नाम

न्युयोर्क । अमेरिकामा चासोक तङ्नाम धुमधामका साथ मनाइएको छ । किरात याक्थुङ चुम्लुङ् अमेरिकाको...

किरात याक्थुङ चुम्लुङको ग्रेटर लण्डन शाखाले उधौली र चासोक तङ्नाम मनायो

प्रिन्स याक्खा लण्डन, १३ डिसेम्बर । किरात याक्थुङ चुम्लुङको ग्रेटर लण्डनको सिनियर ब्रान्चले फेल्थाम...

संस्थाको कुशल व्यवस्थापक सम्मान दिपेश लिम्बुलाई प्रदान

न्यूयोर्क, २७ नोभेम्बर । किरात आक्थुङ चुम्लुङ अमेरिकाले दिपेश लिम्बुलाई संस्थाको कुशल व्यवस्थापकको रूपमा...