होटल सनस्टार ईन्टरनेशनल सञ्चालनमा - Naya Online

होटल सनस्टार ईन्टरनेशनल सञ्चालनमा

भैरहवा २२ साउन । सिद्धार्थनगर ८ लुम्बिनीरोडबाट बसडिलवा जाने चोकमा सम्पुर्ण हस्पिटालिटीसहित होटल सनस्टार ईन्टरनेश्नल संचालनमा आएको छ ।

जापानमा करीब ७ वर्ष रेष्टुरेण्ट संचालन गरी लामो अनुभव संगालेका व्यवसायी राजेश महोत्राको एकल लगानीमा होटल सनस्टार संचालनमा आएकोे हो । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी उच्चस्तरीय सेवा दिने उद्देश्यले होटल संचालनमा ल्याइएको सञ्चालक मल्होत्राले बताए ।

उनका अनुसार लुम्बिनी गेटभन्दा पश्चिम, बसडिलवा मन्दिर जानेबाटोको चोकमा विशाल पार्किङ्गसहितको होटल सञ्चालनमा ल्याईएको हो । होटलमा डिलक्स, स्वीट सहितका सुविधायुक्त २२ वटा रुम, ४० जना अट्ने सभाहलको व्यवस्था रहेको छ ।

खुल्ला स्थान र प्रत्येक रुममा बालकोनी रहेका छन् । यस्तै होटलमा टिपिकल नेपाली खाना, थाली सेट, थकाली स्वाद, ईण्डियन, चाईनिज, कन्टिनेन्टल खानाका परिकारहरू उपलब्ध गराईने होटलका म्यानेजर सागर भण्डारीले बताए । उनका अनुसार होटलमा वर्थडे पार्टी, पास्नी, गु्रप पार्टी गेट टुगदरका लागि शान्त वातावरणयुक्त क्याविनको व्यवस्था रहेको छ ।

होटलको एरियामा वाईफाई उपलब्ध छ उनले भने । होटल धेरै छन तर होटल सनस्टार ईन्टरनेश्नल मार्फत हामीले कम शुल्कमा उच्च स्तरीय सेवा दिने प्रयास गरेका छौं ।

लुम्बिनीरोडको ६ लेन सडक छेउमै होटल रहेका कारण विमानस्थल आउने जानेहरूका लागि पायक पर्ने उनले बताए । होटल व्यवस्थापन टीम सक्षम र अनुभवी रहेको समेत भण्डारीले दावी गरे ।

भैरहवामा निर्माणको अन्तिम चरणमा रहेको गौतमबुद्ध विमानस्थलबाट लुम्बिनी आउने पर्यटकलाई लक्षित गरी होटलमा सोही किसिमको सुविधा उपलब्ध रहेको संचालक राजेश मल्होत्राको भनाई छ ।

सञ्चालनको संघारमा रहेको गौतमबुद्ध विमानस्थल, देशकै दोसो ठुलो सुनौली नाका, सरकारले ल्याएको बौद्ध सर्किटको अवधारणा लगायत पर्यटनका आधारका कारण यस क्षेत्रमा सुविधायुक्त होटलहरू खुल्ने क्रम बढेको छ ।

कोरोना कहरका कारण अन्तराष्ट्रिय उडान बन्द हुंदा बाह्य पर्यटकको आगमनमा कमि आएको छ भने कोरोनाका कारण आन्तरिक पर्यटन शिथिल हुँदा होटल व्यवसायी मारमा परेका छन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

चौबिसे समाजद्वारा ढाका उद्यमी यमुना तुम्सा सम्मानित

धरान, २६ भदौ । चौबिसे समाज धरानद्वारा चौबिसे सङ्घ ढाका उद्योगका सन्चालिका यमुना तुम्सा...

आफ्ना ग्राहको लागि ‘स्ट्यान्डर टेलर’को वम्पर अफर

काठमाडौ १४ भाद्र । सफल कपडा ब्यवसायीको रूपमा आफ्नो परिचय बनाएका दुर्गालाल प्रधानको अर्को...

होटल सनस्टार ईन्टरनेशनल सञ्चालनमा

भैरहवा २२ साउन । सिद्धार्थनगर ८ लुम्बिनीरोडबाट बसडिलवा जाने चोकमा सम्पुर्ण हस्पिटालिटीसहित होटल सनस्टार...

कुम्मायक गाउँपालिकास्थित मेगा बैंकका शाखा प्रमुख निरौलाको बिदाई

पदमसुखी सम्बाहाम्फे यासोक, १५ साउन । पाँचथरको कुम्मायक गाउँपालिकाले मेगा बैंङक शाखा प्रमुख छत्रपति...

फेसन डिजाइनर काउन्सिल अफ नेपालको सल्लाहकारमा झा

काठमाडौं, असार १० । फेशन डिजाइनर काउन्सिल अफ नेपालले आफ्नो सल्लाहकारमा कोरियोग्राफर अश्विनीकान्त झालाई...

बैंकिङ कसूर मुद्दाका दुई जना फरार प्रतिवादीहरू गिरफ्तार

काठमाडौं, ४ साउन । बैंकिङ कसूर मुद्दाका दुई जना फरार प्रतिवादीहरूलाई सोमबार प्रहरीले गिरफ्तार गरेको...

पोखराको तालचोकमा लखन सहकारीको सेवा केन्द्र उद्घाटन

पोखरा, २ साउन । लखन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पोखरा–१०, रामघाट, कास्कीले...

वैंकिङ कसूर मुद्दाका फरार प्रतिबादी पक्राउ

ललितपुर, ४ असार। वैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी गोदावरी नगरपालिका-१२ ठेचो बस्ने ४० वर्षीय हिरा...

अवैध वित्तीय कारोवारमा संलग्न ४ जना पक्राउ

पर्सा, २९ वैशाख । अवैध वित्तीय कारोवार (हुण्डी) मा संलग्न रहेको अभियोगमा ८२ लाख...

बैंकमा आगलागी हुँदा ४० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट

चितवन, २८ वैशाख । भरतपुर महानगरपलिका-१० चौविसकोठीस्थित प्राईम कमर्सियल बैंकको शाखा कार्यालयमा विद्युत सर्ट...