२८ लाखमा यार्सागुम्बा किन्छौं भन्दै लुटपाट गर्ने समुह गिरफ्तार - Naya Online

२८ लाखमा यार्सागुम्बा किन्छौं भन्दै लुटपाट गर्ने समुह गिरफ्तार

काठमाडौ, ३१ साउन । १ केजी यार्सागुम्बा किन्छौं भन्दै यार्सागुम्बा लुटपाट गर्ने समुहलाई प्रहरीले गिरफ्तार गरेको छ ।

गत साउन २४ गते सिन्धुपाल्चोक बारबिसे नगरपालिका वडा नं. ३ का दिपक लामा र सिन्धुपाल्चोक बलेफी गाँउपालिका वडा नं. ६ का सुरेश सापकोटालाई १ किलो यार्सा गुम्वा रु. २८ लाखमा मा खरिद गर्छु भन्दै फोन गरेर काठमाण्डौंको नयाँ बसपार्क मित्रनगरमा रहेको होटेलमा बोलाई लुटपाट गर्ने समुह पक्राउ परेका हुन् ।

गणेश शाहीले फोन गरेर बोलाएपछि सुरेश सापकोटा र दिपक लामाले बिक्री गर्नको १ किलो यार्सागुम्बा झोलामा बोकेर होटलमा गएका थिए । सोही अवस्थामा ६÷७ जना अपरिचित व्यक्तिहरुको समुहले डर, धाक, धम्की दिँदै लुटेर फरार भएका थिए ।

पक्राउ पर्नेहरुमा मूख्य योजनाकार जिल्ला बझाङ मष्ट गाउपालिका ५ हाल भक्तपुर सुर्यबिनायक कटुन्जे बस्ने धर्म ओखेडा, म्यानपावर व्यबस्थापन गर्ने दोलखा जिल्ला बैतेश्वर गाउपालिका वडा नं. २ हाल काजि ठमेल बस्ने मनोज कुमार श्रेष्ठ, म्यानपावर परिचालन गर्ने रामेछाप जिल्ला दोरम्वा गाउपालिका वडा नं. ४ हाल काजि नयाँबजार बस्ने दिपक थापामगर, मेनपावर ब्यवस्थापन गर्ने अर्कां काभ्रे जिल्ला पाँचखाल नगरपालिका वडा नं. १२ हाल काजि नयाँबजार बस्ने बिशाल लामा, काभ्रे जिल्ला तिमाल गाउपालिका वडा नं. ४ हाल काजि नयाँबजार बस्ने योङदेन लामा, रामेछाप जिल्ला दोरम्बा गाउपालिका वडा नं. २ हाल भक्तपुर सानोठिमि बस्ने रोशन श्रेष्ठ, भारत कास्मिर आबुपाकर हाल काजि कामनपा– १७ खुसिबु नयाँबजार बस्ने मोहम्मद ईसाक रहेका छन् ।

घटनाको सम्बन्धमा प्रहरी महाशाखाबाट खटिएका अनुसन्धान टोलिले शनिवारे उक्त घटनामा संलग्न मूख्य योजनाकार तथा मतियारहरुलाई पक्राउ गरेको हो ।

काठमाण्डौंको बिभिन्न स्थानहरुबाट पक्राउ उनिहरुको साथबाट १,५३,०००।– नगद तथा उक्त यार्सा गुम्बाको कारोवारमा संलग्न मोहम्मद अलिको छोरा मोहम्मद ईसाकलाई समेत ७ के.जी. ४४० ग्राम यार्सा गुम्बा सहित पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।

 

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अक्सिजन कन्सन्ट्रेटर मेशिन गाउँपालिकालाई हस्तान्तरण

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । कुम्मायक गाउँपालिकाको स्वास्थ शाखा कार्यालय यासोकलाई तेजकुमार...

ठेक्केदारको कारण लुम्भुघाट पुलको काम अलपत्र

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । पाँचथर र तेह्रथुम जिल्ला जोडिने लुम्भुघाट पक्की...

‘अक्षर अक्षरमा देश’ लिएर आए दीपक समीप

पोखरा । मुक्तककार दीपक समीपको मुक्तक संग्रह ‘अक्षर अक्षरमा देश’ को एक भव्य समारोहबीच...

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको सम्मान डा. बराललाई र पुरस्कार संगीतकार गुरुङलाई

काठमाडौँ, १ माघ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा...

पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङको प्रथम साधारणसभा सम्पन्न

तेह्रथुम, १ माघ । फेदाप पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थामरुङ फेदापको प्रथम साधारणसभा सम्पन्न...

न्यु जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधरण सभा सम्पन्न

इटहरी, १ माघ । न्यू जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको...

प्रदेश प्रमुख खापुङद्वारा माघे संक्रान्तिको शुभकामना व्यक्त

विराटनगर, १ माघ । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङद्वारा माघे...

कुम्मायक गाउपालिकाको एघारौ गाउसभा सम्पन्न

पदम सुखी सम्बाहाम्फे पाँचथर, १ माघ । कुम्मायक गाउपालिकाको एघारौं गाउँसभा बैठक सम्पन्न भएको...

रक्साना लिम्बु जिाताउ अभियान अन्तर्गत अमेरिका निवासी किशोर सुब्बाको सहयोग

काठमाडौ, २९ पुस । सुमधुर स्वरकी धनी रुक्साना लिम्बु विविध विधाका गीतहरु गाउन सक्ने...

धरानमा गुञ्जियो सीमानापारिका कवि र कविता

-प्रकाश दिप्साली राई/नडाहा कुनै दिन खोलाबाट पानी भाग्यो भने आँखाबाट सपनाहरू भागे भने सम्झनु...