पालो कुर्दा ३८० वर्षपछि आउने भन्दै गुरुङद्वारा काँग्रेस सभापतिमा उम्मेद्वार घोषणा - Naya Online

पालो कुर्दा ३८० वर्षपछि आउने भन्दै गुरुङद्वारा काँग्रेस सभापतिमा उम्मेद्वार घोषणा

काठमाडौँ, ३१ असार । नेपाल विद्यार्थी संघका पूर्वअध्यक्षसमेत रहेका पार्टी केन्द्रीय सदस्य कल्याण गुरुङले आगामी महाधिवेशनमा युवा पुस्ताको नेतृत्व गर्दै उम्मेदवारी दिने घोषणा गरेका छन् ।

नेपाली कांग्रेसमा जुझारु युवा नेताका रुपमा चिनिने कल्याणलाई नेपाली कांग्रेस (प्रजातान्त्रिक) बन्दा विद्यार्थी संगठनको निर्वाचित अध्यक्ष भएका थिए । पार्टी एकीकरणपश्चात कोइरालाहरुको नजिक मानिने उनी नेपाली काँग्रेसको संगठन संरचना नै परिवर्तन गर्नुपर्छ भन्ने नयाँ अवधारणाका साथ १४ औं अधिवेशनमा प्रस्तुत हुने तयारीमा छन् ।

तराईबाट प्रतिनिधित्व गर्ने गुरुङ १३ औं महाधिवेशनमा जनजाति कोटाबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । विशेषतः कांगे्रसको आन्तरिक द्वन्द्व नीति प्रधान हुनुपर्नेमा उनले जोड दिँदै आएका छन् ।

आफ्नो जस्तै उमेरमा वर्तमान सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल प्रधानमन्त्री र सभामुख भैसकेकाले आफूले सभापति पदको निर्वाचनमा प्रतिष्पर्धा गर्नु कुनै अनौठो नहुने कल्याणको भनाई छ । दृश्य टिभीसँग कुराकानी गर्दै उनले भने ‘अहिले पनि नेतृत्वमा जान प्रयाश नगरेर पालो कुरेर बसें भने मेरो पालो ३८० वर्षपछि मात्र आउँछ ।’

कोभिड महामारीको कारण पटकपटक मिति सार्दै काँग्रेसको आगामी मंसिरमा महाधिवेशन हुने तय भएको छ ।

दृश्य टिभीले लिएको अन्तर्वार्ता तपाई पनि हेर्नुहोस्

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अक्सिजन कन्सन्ट्रेटर मेशिन गाउँपालिकालाई हस्तान्तरण

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । कुम्मायक गाउँपालिकाको स्वास्थ शाखा कार्यालय यासोकलाई तेजकुमार...

ठेक्केदारको कारण लुम्भुघाट पुलको काम अलपत्र

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । पाँचथर र तेह्रथुम जिल्ला जोडिने लुम्भुघाट पक्की...

‘अक्षर अक्षरमा देश’ लिएर आए दीपक समीप

पोखरा । मुक्तककार दीपक समीपको मुक्तक संग्रह ‘अक्षर अक्षरमा देश’ को एक भव्य समारोहबीच...

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको सम्मान डा. बराललाई र पुरस्कार संगीतकार गुरुङलाई

काठमाडौँ, १ माघ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा...

पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङको प्रथम साधारणसभा सम्पन्न

तेह्रथुम, १ माघ । फेदाप पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थामरुङ फेदापको प्रथम साधारणसभा सम्पन्न...

न्यु जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधरण सभा सम्पन्न

इटहरी, १ माघ । न्यू जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको...

प्रदेश प्रमुख खापुङद्वारा माघे संक्रान्तिको शुभकामना व्यक्त

विराटनगर, १ माघ । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङद्वारा माघे...

कुम्मायक गाउपालिकाको एघारौ गाउसभा सम्पन्न

पदम सुखी सम्बाहाम्फे पाँचथर, १ माघ । कुम्मायक गाउपालिकाको एघारौं गाउँसभा बैठक सम्पन्न भएको...

रक्साना लिम्बु जिाताउ अभियान अन्तर्गत अमेरिका निवासी किशोर सुब्बाको सहयोग

काठमाडौ, २९ पुस । सुमधुर स्वरकी धनी रुक्साना लिम्बु विविध विधाका गीतहरु गाउन सक्ने...

धरानमा गुञ्जियो सीमानापारिका कवि र कविता

-प्रकाश दिप्साली राई/नडाहा कुनै दिन खोलाबाट पानी भाग्यो भने आँखाबाट सपनाहरू भागे भने सम्झनु...