एमसीसीका लागि अधिग्रहण गरिएको जग्गा कब्जामा, संरचना निर्माण गरे ध्वस्त पारिदिने - Naya Online

एमसीसीका लागि अधिग्रहण गरिएको जग्गा कब्जामा, संरचना निर्माण गरे ध्वस्त पारिदिने

काठमाडौ, ३१ साउन । एमसीसीका लागि अधिग्रहण गरिएको जग्गामा स्वतन्त्र उन्नत लोकतन्त्र पार्टी (एडीपी) र स्वतन्त्र राष्ट्रिय अभियान नेपालले कब्जामा लिएको घोषणा गरेका छन् ।

शनिबार प्रदर्शन गर्दै नुवाकोटको बेलकोटगढी नपा वडा नं. ९ रातमाटेको करिब ४ सय रोपनी जग्गामा राष्ट्रिय झण्डा गाडी कब्जामा लिएको घोषणा गरेको हो ।

नो एमसीसी लेखिएको टिसर्ट र निधारमा कालो पट्टी बाँधेर निस्किएका प्रदर्शनकारीहरुले एमसीसी चाहिँदैन, नेपाल आमा जिन्दावाद, विदेशी हस्तक्षेप मुर्दावाद, आमन्त्रित हस्तक्षेप मुर्दावाद जस्ता नारा लगाएका थिए ।

उक्त राष्ट्रिय झण्डा गाडेको स्थानमा एमसीसीले कुनै पनि संरचना निर्माण गरे ध्वस्त पारिदिने चेतावनी दिँदै प्रतिकारका लागि उन्नत लोकतन्त्र पार्टी र स्वतन्त्र राष्ट्रिय अभियान नेपालले ५०० सदस्यीय एमसीसी प्रतिकार समिति पनि गठन गरेको घोषणा गरेको छ ।

प्रर्दशनकारीहरुले उक्त स्थानमा एमसीसीले जग्गा अधिग्रहण गरिएका व्यक्तिहरुलाई प्रलोभन, डर, धम्की दिएर एमसीसी पक्षधर नेता र प्रशासकहरूले जमीन अधिग्रहण गरेको कारण सो स्थानमा राष्ट्रिय कृषि विश्वविद्यालय, अनुसन्धानशाला वा खेलकुद स्टेडियम निर्माण गरिनुपर्ने बताएका थिए ।

कार्यक्रममा उन्नत लोकतन्त्र पार्टीका केन्द्रीय सदस्यहरु कृष्ण प्रसाई, राम राजा आचार्य, शिवराम थापा, दुर्गा बस्नेत, नरेन्द्रकुमार शाह सहभागी थिए ।

त्यसैगरी विरोध प्रदर्शनमा स्वतन्त्र राष्ट्रिय अभियान नेपालका केन्द्रीय सदस्य, इन्द्र कालिकोटे, दीपेन्द्र मोक्तान, संगीता घिमिरे, मीना बस्याल, मोहन सोती, विद्यार्थी संगठनका अध्यक्ष केके थापालगायतको सहभागिता थियो ।

कार्यक्रममा बोल्दै वक्ताहरूले एमसीसीले नेपाललाई कानुनी रुपमा अमेरिकी उपनिवेश बनाउने चाल रचेको आरोप लगाएका थिए ।

अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौता नेपालको संसदबाट पारित नहुँदै कार्यान्वयनमा गइसकेको छ । यही क्रममा ट्रान्समिसन लाइन निर्माणका लागि नुवाकोटको बेलकोटगढीमा एमसीसी नेपालले जग्गा अधिग्रहण कार्य अघि बढाएको हो ।

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

नेकपा एमाले तेह्रथुमको अध्यक्षमा तेजमान कन्दङवा

तेह्रथुम । नेकपा एमाले तेह्रथुमको अध्यक्षमा तेजमान कन्दङवा सर्वसम्मत अध्यक्षमा चयन भएका छन् ।...

लिम्बुवानलाई समयमै सम्बोधन नगरे भोलि महँगो पर्न सक्छ – बाबुराम भट्टराई

-आपुङ्गी हाङ काठमाडौं, २० पुस । पुर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी संघिय परिषद...

निर्वाचन आयोगविरुद्ध मिलन पाण्डे पक्ष सर्वोच्च अदालत जाने

काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डे पक्ष निर्वाचन आयोगविरूद्ध सर्वोच्च अदालत जाने...

विकृति विसंगति अन्याय अत्याचार र बिभेद प्रवृत्ति विरुद्ध लड्नु पर्छ –डा. भट्टराई

पदम सुखी सम्बाहाम्फे पान्थर, १९ पुस । पान्थर जिल्लाको कुम्मायक गाउँपालिकामा जनता समाजवादी पार्टी...

जसपा संसदीय दलको प्रमुख सचेतकमा प्रमोद साह नियुक्त

काठमाडौं । जनता समाजवादी पार्टी नेपालको संसदीय दलको प्रमुख सचेतकमा प्रमोद साह नियुक्त भएका...

विवेकशील साझाबारेको निर्णयविरुद्ध पाण्डेको उजुरी निर्वाचन आयोगद्वारा खारेज

ललितपुर । विवेकशील साझा पार्टीबारे निर्वाचन आयोगको निर्णय पुनरावलोकन गर्न माग सहित तत्कालीन संयोजक...

एमालेनिकट मगर संघ नेपालको प्रदेश अधिवेशन पुस ९ र १० गते पोखरामा

पोखरा, ८ पुस । नेकपा (एमाले)निकट मगर संघ नेपाल, गण्डकी प्रदेशको प्रथम प्रदेश अधिवेशन...

राजनीति भनेकै जालझेल, पेलापेल, ठेलाठेल, दाउपेच, षड्यन्त्र र स्वार्थको पुलिन्दा रहेछ: उदय पुर्वेली

-उदय पुर्वेली चोङ्वाङक्याक विसं २०६० माघ २४ गते प्रचण्डले बोलाएकाले मातृका यादव पटनाबाट दिल्ली...

उधौलीको अवसरमा प्रदेश १ का प्रमुखद्वारा शुभकामना

विराटनगर । प्रदेश नम्बर १ का प्रमुख परशुरााम खापुङले अनेकतामा एकता नै देशको पहिचान...

नेपाली काँग्रेसको १४औं महाधिवेशनबाट मुस्लिमतर्फको सहमहामन्त्रीमा फर्मुल्लाह मन्सुर निर्वाचित

काठमाडौं । नेपाली काँग्रेसको १४औं महाधिवेशनबाट मुस्लिमतर्फको सहमहामन्त्रीमा फर्मुल्लाह मन्सुर निर्वाचित भएका छन् ।...