‘७ प्रदेशको नाम राख्नमा नै अलमलिनु भनेको ७ प्रदेशलाई वैधानिकता दिनु हो’ –प्रा.डा.महेन्द्र लावती - Naya Online

‘७ प्रदेशको नाम राख्नमा नै अलमलिनु भनेको ७ प्रदेशलाई वैधानिकता दिनु हो’ –प्रा.डा.महेन्द्र लावती

ललितपुर, ३० साउन । नेपाली राज्यसत्तामा जुन समुदायको हालीमुहाली छ, उसले सकेसम्म अर्को समुदायलाई अधिकार दिन नचाहाने प्रा.डा. महेन्द्र लावतीले बताएका छन् । जस्तै मधेसीलाई दिन खोजेपनि शक्ति भने नदिने, दिएजस्तो मात्र गर्ने प्रष्ट देखिएको छ, लावतीले प्रष्ट्याएका छन् ।

थरुहटलाई जबर्जस्त दबाएको र लिम्बुवानलाई त्यति दबाउनुपर्ने अवस्था नआएको लावतीको भनाई थियो । जसपा, नेपाल लिम्बुवान राष्ट्रिय समितिको भर्चुअल संवादमा प्रमुख वक्ताको रुपमा लावतीले सो कुरा बताएका हुन् । लावतीले पहिचानको आन्दोलन र १०+१ सहित लिम्बुवान प्राप्तिको जुक्ति विषयमाथि बोलेका थिए ।

भनेर, कराएर राज्य नटेर्ने, काउण्टर दिएर मात्र अधिकार प्राप्त हुने लावतीको जोड थियो ।

चुनावीमार्फत पहिचानमा आधारित संघीयता आउँछ भन्नु त्यति विश्वासिलो मार्ग नभएको लावतीले बताए । “७ प्रदेशको नाम राख्नमा नै अल्झिनु भनेको ७ प्रदेशलाई वैधानिकता दिनु हो, यो एकल संघीयताको खाका हो । सबै सुमदायको पक्षमा छैन ।” लावतीले बताएका थिए ।

पार्टीको कुरा तल्लोस्तरमा पुर्याउन प्रशस्त बहस हुनपर्छ –माखिम
हरेक शनिबार हुँदै आएको यस कार्यक्रमले अब बहसको रुप लिने जसपा, लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिमले बताएका छन् ।

गाउँमा भर्चुअल वैठकमा पस्न नसकिने, सहरी इलाकामा लकडाउन नभएकोले आफ्नो काममा ध्यान दिँदा भर्चुअल समय दिन नसक्ने अवस्था भएकोले आगामी श्रृङ्खला कस्तो हुनेमा छलफल भइरहेको पनि बताए ।

पार्टीमा रहेको अन्यौलता हटाउन, पार्टीका कुरा तल्लोस्तरमा पुर्याउन अनिवार्य बहसको कार्यक्रम हुनुपर्ने अवस्था रहेको पनि माखिमले बताए ।

कार्यक्रमलाई लिम्बुवान राष्ट्रिय समितिका मुख्य सचिव केदार धिमालको सहजीकरण र खगेन्द्र माखिमको अध्यक्षतामा सम्पन्न भएको थियो ।

बहसको सम्पूर्ण भिडियषे यस लिंकमा गई हेर्नसक्नुहुनेछ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

कुख्यात डाँकु समूहको ग्याङ लिडरदेखि राजनीतिमा एमपीसम्मको फूलनदेवीको संक्षिप्त जीवन–कहानी

उदय पूर्वेली चोङबाङक्याक भारतको उत्तरप्रदेश, जालौन जिल्लाको गोराहास्थित सानो गुमनाम गाउँमा अत्यन्तै उपेक्षित र...

नेपाली समाज युकेमा बसुन्धरा याक्खाको दाबी

नेपाली समाज युकेको अध्यक्षमा श्रीमती बसुन्धरा याक्खा राईले उम्मेद्वारी दिएकी छिन् । अधिवेशन १३...

लिम्बू भाषाको पालाम ‘सिरिजङगा तङ्नाम’को भिडियो सार्वजनिक

काठमाडौ – लिम्बू भाषाको पालाम ‘सिरिजङ्गा तङ्नाम’को शुक्रबार सार्वजनिक भएको छ । सिक्किमस्थित मार्ताम,...

‘हुक्फोलो’को भिडियो सार्वजनिक

पान्थर, ६ माघ । लिम्बु भाषाको गीत ‘हुक्फोलो’ को भिडियो बिहिवार सार्वजनिक भएको छ...

जदौ मपाइत्व

मलिसा याक्थुङ्बा लिम्बू मपाइत्व भन्ने कुरा पुरानो नेपाली किताबमा ‘म जुजुमान’ भन्ने पाठमा पढेको...

नेफिन आईसीसी संयोजक मानबहादुर रानामगर संगठनबाट निष्कासित

काठमाडौं, १ माघ । नेफिन आईसीसीका तत्कालिक संयोजक र सहसंयोजकलाई कार्यवाही गरिएको छ ।...

जोसियल नेटवर्किङबाट महिनामा लाखौं कमाइने भन्दै करोडौं ठगी गरेपछि सम्पर्कवीहिन

काठमाडौं, २८ पुस । पछिल्लो समय नेटवर्किङ व्यावसायबाट ठगीनेहरुको सङ्ख्या बढ्दो छ । विभिन्न...

निरज सर ! तपाई होइन, म कहाँ हराएँ ?

देवेन्द्र सुर्केली सन् २००६ को अन्त्यतिर मलेसियातिर हान्निएँ । मेरो दाजु राजेन्द्र खापुङ मलेसियामा...

चासोक कि चासोत ? येले तङबे कि कक्फेक्वा तङनाम ? संक्षिप्त टिप्पणीः

-उदय पूर्वेली चोङबाङक्याक चेम्जोङ (१९७८) का अनुसार; आद्य प्रागैतिहासिककालमा याक्थुङ जातिको उद्भाव थलो मुना...

जनताले पावन्दी कहिले जान्ने ?

मलिसा याक्थुङ्बा लिम्बू नेपालभित्र कथित एकिकरण भईरहँदा अमेरिकामा क्रिष्टोफर कोलम्बसले पत्ता लगाउँदै थिए, ईतिहासमा...