नेफिन बहराईनद्वारा राजदूतलाई सम्मान तथा बिदाई - Naya Online

नेफिन बहराईनद्वारा राजदूतलाई सम्मान तथा बिदाई

बहराइन, १४ अगष्ट । नेपाली राजदूतावास बहराईनका महामहिम राजदूत पदम सुन्दासलाई आदिवासी जनजाती महासंघ (नेफिन) बहराईन र नेफिनसम्बद्ध ६ जातीय संस्थाले विदाई गरेको छ ।

नेफिनका वरिष्ठ उपाध्यक्ष वीरेन्द्र तुम्बापो र नेपाल मगर संघ, तमू समाज, किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खा, नेपाल तामाङ घेदुङ तथा शेर्पा किदुग बहराइनका अध्यक्ष तथा प्रतिनिधिको प्रत्यक्ष उपस्थितिमा राजदूतावासको कार्यलयमा स–सम्मान मायाको चिनो प्रदान गर्दै विदाई गरेको हो ।

नेपाली राजदूतावास बहराईनको राजदूतमा रही बहराईन सरकार तथा विभिन्न देशका कुटनैतिक नियोगहरू मार्फत दौत्य–सम्बन्ध सुदृढ गर्दै आफ्नो चारवर्षे कार्यकाल अत्यन्तै कुशलता र सफलतापूर्वक सम्पन्न गरेर फर्कन लागेका हुन् ।

बहराइनमा स्थापित जातीय, क्षेत्रीय, बैचारिक, सामाजिक संघ–संगठनहरू तथा श्रमजीवी नेपालीहरूको समस्या समाधान र निराकरणका लागि राजदुत सुन्दासले गरेको अमूल्य र अतुलनीय सेवा, सहयोग, सहकार्य, योगदान तथा अविभावकत्वको नेपाली समाजले उच्च मूल्याङ्कन पनि गरेको थियो ।

राजदुत सुन्दासको कार्यकालमा नेपाल र बहराईन दुईदेश बिचको कुटनैतिक सम्बन्धलाई थप उचाईमा पु¥याउँदै कोभिड–१९ को महामारी बिच पनि नेपालको पर्यटन क्षेत्रमा टेवा पुग्नेगरि सो क्षेत्रको विकास, प्रवर्द्धन र सम्वर्द्धनमा गरेको पहल अत्यन्तै प्रशंसनिय छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको सम्मान डा. बराललाई र पुरस्कार संगीतकार गुरुङलाई

काठमाडौँ, १ माघ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा...

नेफिन आईसीसी संयोजक मानबहादुर रानामगर संगठनबाट निष्कासित

काठमाडौं, १ माघ । नेफिन आईसीसीका तत्कालिक संयोजक र सहसंयोजकलाई कार्यवाही गरिएको छ ।...

विनेसाम जापानको दोश्रो अधिवेशन सम्पन्न, नेतृत्वमा पुनः इङ्नाम

जापान, १० जनवरी । जनवरी ९ तारिकमा जापानको टोकियोस्थीत विश्व नेपाली साहित्य महासङ्घ (विनेसाम)...

अमेरिकाबाट ‘यो जीवन मिठो’ सार्वजनिक

काठमाडौं, २४ पुस । अमेरिकामा रहेका युवा निर्देशक सुमन दाहाल निर्देशित पछिल्लो भिडियो ‘यो...

अमेरिकाको टेक्सासमा याक्थुङ चुम्लुङको चासोक तङनाम साँझ र अधिवेशन सम्पन्न

नगेन्द्र ईङनाम “आठराईली” टेक्सास, ३ जनवरी । अमेरिकाको टेक्सास राज्यस्थित अर्भिङ शहरमा लिम्बुहरुको मौलिक...

मकाउमा मौलिक चाडपर्वहरुको अवसरमा सामुहिक रूपमा शुभकामना आदानप्रदान

-सन्देश ‘ईङघङ’ मकाउ, १३ पुस । मकाउमा सामुहिक रूपमा मौलिक चाडपर्वहरुको अवसरमा शुभकामना आदानप्रदान...

सर्जकहरूले मास्टर मित्रसेन थापालाई सम्झे

लन्डन, २८ डिसेम्बर । पुराना एवम् चर्चित लोकगायक मास्टर मित्रसेन थापा मगरलाई उनले दिएको...

अमेरिकामा भव्यतका साथ मनाईयाे चासाेक तङ्नाम

न्युयोर्क । अमेरिकामा चासोक तङ्नाम धुमधामका साथ मनाइएको छ । किरात याक्थुङ चुम्लुङ् अमेरिकाको...

किरात याक्थुङ चुम्लुङको ग्रेटर लण्डन शाखाले उधौली र चासोक तङ्नाम मनायो

प्रिन्स याक्खा लण्डन, १३ डिसेम्बर । किरात याक्थुङ चुम्लुङको ग्रेटर लण्डनको सिनियर ब्रान्चले फेल्थाम...

संस्थाको कुशल व्यवस्थापक सम्मान दिपेश लिम्बुलाई प्रदान

न्यूयोर्क, २७ नोभेम्बर । किरात आक्थुङ चुम्लुङ अमेरिकाले दिपेश लिम्बुलाई संस्थाको कुशल व्यवस्थापकको रूपमा...