कथाः हतियारधारी सकम्बरी - Naya Online

कथाः हतियारधारी सकम्बरी

सञ्जय तुम्बाहाङ्फे

“थाहा छ सकम ! तिमिलाई खोज्दा खोज्दा पाँच दशक बित्न लागे । आज अचानक तिमीलाई पाएँ म सौभाग्यवान भएँ । ”

“म सकम हैन । या त सकम्बरी भन या त बरी मात्रै भन । ”

उनी अलि ज्यादा कड्किन पुगिन् । मैले उसको अघि सिग्रेटको बट्टा राखिदिदै उसलाई भने– “तिमीलाई त्यो सुयोगवीरले बरी भनेको मलाई इन्चपनि ठिक लाग्दैन । म तिमीलाई प्यारले सकम भन्न चाहान्छु ।”

“मैले अचेल सिग्रेट छाडीसकें ।”

सिग्रेटको बट्टा म तर्फ हुत्याउँदै उनी फेरि अर्कोपटक कड्किन पुगिन् –“जो कोहीले मेरो नामको सम्बोधन जसरी गरोस् त्यो उसको अधिकारको कुरा हो । त्यसमा तिमीलाई आपत्ति किन ?”

पाँच दशक अघिको मेरो उकुसमुकुस भावनालाई मैले उसको सामुन्ने छताछुल्ल पोखाउन चाहान्थे । मैले उसको हातमा बलपूर्वक समातेर उसलाई तान्दै घरपछाडीको बगैंचामा पु¥याएँ । बगैंचाको छेउमा लहरै ठडिएका चारपाँच शीरिषका बोटहरू लाई देखाउँदै मैले भन्नथाले– “प्रत्येक दशकको प्रतीक्षामा तिमीलाई मनपर्ने यी शीरिषका फुलहरू मैले तिम्रै यादमा रोपेको हुँ ।”

मैले त्यहाँबाट उसलाई घरभित्रको मेरो कोठामा लगेँ । बाकस खोलेँ र उसलाई देखाउँदै भने –“तिमी सिग्रेटको अम्मली थियौ । बजारमा जतिपटक सिग्रेटका नयाँ ब्रान्डहरू आए । मैले ती सबै ब्रान्डहरू तिम्रो यादमा तिमीलाई मनमनै पिलाउन ल्याएर राख्थेँ ।”

त्यसपछि नजिकैको सफा कुर्सीमा उसलाई राखेँ र भन्न थाले –“तिमी यो कुर्सीमा बस्नेछौ र त्यो झ्यालबाट देखिने निलो क्षितिजलाई धेरैबेरसम्म हेरिरहनेछौ । झ्यालबाट बहेको थोरै बतासको झोक्कामा तिम्रा मुलायम केसहरू सुस्तरी उड्नेछन् चल्मलिनेछन् । म ती केसहरूलाई छोएर रोमान्चित हुनेछु । पाँच दशक पहिले यी सपनाहरू देखेर मैले यो कुर्सी तिम्रो नाममा बनाएको थिएँ ।”

सकम्बरीले ती सबै दृश्यहरूलाई चुपचापले नियाल्न थालिन् । म भने आतुर थिएँ पाँच दशकको मेरो अन्तरआत्माको ज्वालामुखी उसको समीपमा आज कसैगरी विष्फोट गराउनुछ । आल्मारीमा सजाएर राखिएको कपडाहरू तिर औंला देखाउँदै मैले फेरि भन्न थालें – “हेर न ! सकम त्यो गुलाफी साडी तिमीलाई कति सुहाउँछ । त्यो निलो ब्लाउज र गाढा कलेजो रङ्गको पछ्यौरा अनि उ त्यो गाढा सेतो बिदेशी कुर्ता सलवार तिम्रै लागि मैले सजाएर राखेको थिएँ ।”

त्यहाँदेखि मैले उसलाई पुर्न घरपछाडीको बगैंचामा लगेँ र शीरिषको फेदमा रहेको सानो हरियो चौरमा उसलाई बसाए । जहाँ कलकलाउँदो दुबोका मुनाहरू हावाको झोक्काले हलुका गरि हल्लिरहेका हुन्छन् । ती हल्लिरहेका दुबोका कलिला मुनाहरूलाई प्रेमिल स्पर्श गर्दै म भन्न थाल्छु–

“तिमी फुलको कति धेरै सौखिन थियौ । फुलजस्तै सुन्दर र कोमल थियो तिम्रो शरीर पनि । तिमीभित्रको बिचार कठोर भए पनि तिमीसँगको नारित्व स्वरुप साँच्चै सुन्दर र कोमल थियो । प्रायः धेरैमात्रमा पुरुषहरू तिम्रा बिचारहरूसँग असहमत हुन्थे । म त्यो पुरुष मान्छे थिएँ जसले तिम्रा सबै विचार दृष्टिकोणहरू लाई सहजै समर्थन गर्न सक्थेँ । र, म तिम्रो त्यस्तो प्रेमी थिएँ जो यो धरातलमा सबैभन्दा पहिलो तिमीलाई औधी प्रेमगर्ने ब्याक्ती थियोत त्यो मनै थिएँ ।”

आश्चर्यको भावले सकम्बरी मलाई एकोहोरो हेरिरहेकी थिइन् । उनका लामालामा कोमल औँलाहरू लाई स्पर्शगर्दै मैले फेरि भन्न थालेँ–

“त्यो हिंस्रक सुयोगवीर युद्दबाट फर्केपछि खै कसरी तिम्रो दाजुसँगको मित्रतामा पर्यो ? त्यो भन्दा कैंयौ साल पहिलेदेखि म तिमीलाई औधी माया गर्थें । कयौंपटक त्यो तिम्रो घर पछाडीको अज्ञात कुनाबाट तिमीलाई चिहाई रहन्थे ।”

बतास मन्द गतिमा चलिरहेको थियो । बगैंचाका फुलहरू र ती शीरिषका पातहरू सुस्तरी हल्लिरहेका थिए । घरको बार्दलीमा एक जोडी भँगेरो आपसमा चुच्चो जोडेर प्रेमलाप गरि रहेका थिए । पुतलीहरू फुलको परागमा हराइरहेका थिए । धेरै समय पछाडी म मेरी प्रीय सकम्बरीको समीपमा थिएँ । बतासले उडाइरहेको उसका केसहरूले कहिलेकाही मलाई छोईरहेका थिए । उसको शरीरबाट आएको अनौठो अत्तरका सुगन्धहरूमा म त्यसैत्यसै हराइरहेको थिएँ । मेरो ओठ एक्कासी उसको ओठ नजिक पु¥याएर मैलें लामो निश्वास छाड्दै बोलें–

“मलाई थाहा छ प्रेमको अर्थ तिमीले गहिरो बुझेकी छौं । म तिमीलाई साँच्चै गहिरो प्रेम गर्न चाहान्छु मेरी प्रीयतमा ।”

सकम्बरीले आफ्नो ओठ मेरो ओठबाट केही टाढा हटाउँछिन् । म अझ बलपूर्वक मेरोओठ उसको ओठ नजिक लान्छु । र थर्थराएको मेरो ओठबाट बोल्न थाल्छु–

“प्रीय सकम मैले तिमीलाई पाउनको निमित्त सारा जिन्दगी प्रतीक्षामा बिताइदिएँ । जीवनको यो अन्तिम घडीलाई अब म तिम्रो एक चुम्बनमा सिध्याउन चाहान्छु । कृपया मलाई एकपटक चुम्बन गरिदेउ र यो लामो प्रतीक्षाको कालखण्डबाट मलाई मुक्त गराईदेउ । अघिल्लो समयको साहित्यिक पात्र इतिहासमा सुयोगवीरको चुम्बनले सकम्बरी मरेकी थिइन् । अबको पछिल्लो समयको साहित्यिक पात्र इतिहासमा सकम्बरीको चुम्बनले यो बियोगवीर मर्नेछ ।”

मैले दुबै आँखाहरू बन्द गरेर फेरि आफ्नो ओठलाई उसको ओठतिर अघि बढाउँछु । तर अनयासै सकम्बरीले आफ्नो खल्तीबाट पेस्तोल निकालेर मेरो छातिमा गोली प्रहार गरिदिन्छिन् । म त्यो हरियो चाउरमा डर्लङ्ग ढल्छु । हरियो त्यो दुबोघारी रगतम्य हुन पुग्छ । पुतलीहरू उडेर टाढाटाढा भाग्छन् । शीरिषका फुलहरू खस्छन् भुइँभरी । वातावरण सारा त्रासदीमय बन्न पुग्छ ।

“तिमी पुरुषहरू प्रेमको नाममा किन बलात्कार गरिरहेकाछौ ?” सकम्बरीको आवाज मधुरो सुन्छु ।

“यो मुलुकमा तिमी जस्ता बलात्कारीहरूको अन्तिम सजाय प्रतिकार र मृत्यु नै हो ।” अझ मधुरोमा सकम्बरीको आवाज सुन्छु ।

मेरा कानका श्रवण क्षमता झन्झन् छिन्न हुँदै गइरहेको थियो ।

“यो पापीले यी बहिनीलाई बलात्कार गर्न खोजेछ । बहिनी ले प्रतिकारमा गोलीले हानेछिन् । जे गरिन् ठिकै त गरिन् ।”

अन्य महिलाहरूको भिडबाट यो आवाज पनि आईरहेको थियो । साथै महिलाहरूको भिडबाट पुरुषहरूको पनि आवाज आईरहेको थियो– “अपराध गर्ने अपराधीको लागि कानुन छँदैछ । अधिकार लाई आफ्नो हातमा लिनु ठिक हैन । प्रहरी लाई बोलाएर यी बहिनी लाई प्रहरी ठानामा जिम्मा लगाईदिउँ । “

“जब महिला बलात्कार भइसकेकी हुनेछिन् । यो समाजमा उसको अस्तित्व नै मरिसकेको हुनेछ । त्यसपछिको त्यो कानुनले के गर्छ ? तिम्रो कानुनले निर्मला पन्तको लागि यतिको समय बितिसक्दा पनि किन नियानिसाफ दिन सकेन त ?” सकम्बरी चिच्याई रहेकी थिइन् ।

“तिमी विचारप्रेमी सकम्बरी, शान्तीप्रेमी, हिंसा र युद्धको जीवनभर बिरोध गरिरहने सकम्बरी, स्वतन्त्रप्रेमी सकम्बरी आज कसरी हतियारधारी बन्न पुग्यौ ?”

पत्रकारहरूले पनि प्रश्न गरिरहेका थिए । पत्रकारहरूको ती सबै प्रश्नको जवाफ सकम्बरीले दिइरहेकी थिइन् –“धर्तीमा जब अत्याचार, उत्पिडन र अपराधहरू बढ्दै जान्छन् । जब अत्याचार, उत्पिडन, अपराधलाई रोक्छौं भन्नेहरू मुकदर्शक मात्रै बन्न थाल्छन् । तब शान्तिप्रेमी सकम्बरीहरू एकाएक युद्धप्रेमी सकम्बरी बन्न बाध्य हुन्छन् ।”

सकम्बरीका आवाजहरू बिस्तारै मधुरो हुँदै मेरोकानमा विलय भइजान्छन् । मेरो शरीर शिथिल हुँदैजान्छ । निश्वासहरू पनि कमकम हुँदै जान्छन् । आँखाको ज्योतिमा अँध्यारो पोतिन्छ । दिमागी चेत सिमलको भुवाजस्तै माथी–माथी शुन्यतिर उड्दै गईरहेको हुन्छ । अर्थात मेरो मृत्युु मन्दमन्द भईरहेको हुन्छ ।

०००
म झल्यास्स ब्युँझन्छु । र, छाम्न थाल्छु मेरो छातीलाई तर मेरो छातिमा गोली लागेको हुन्न । आफ्नो अनुहार छामी हेर्छु म आफुलाई सकुशल नै पाउँछु । हत्तपत्त दराजको एक कुनाबाट शीरिषको फूल किताब झिकेर पाना पल्टाउन थाल्छु । किताबको अन्त्यतिरको एक पानामा सादाझैं मेरी प्रीयतमा सकम्बरी चिर निन्द्रामा शान्तिपुर्वक निदाइरहेकी हुन्छे र म ढुक्क हुन्छु ।

प्रीयः पाठकबृन्द दिनप्रतिदिन बढ्दै गईरहेको महिला हिंसा र उत्पिडनले मैले सपनामा देखेजस्तै एक शान्तिप्रेमी सकम्बरीहरू युद्धप्रेमी सकम्बरीमा परिणत हुनुपर्ने त्यो बाध्यता नआवोस् । कानुनका रखवालाहरूसँग हाम्रो अनुरोध छ यस गम्भीर कुरोमा गम्भीर पुर्वक ध्यान जावस् हामी कामना गरौँ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

सञ्जय तुम्बाहाम्फेकृत ‘सृष्टिको याङदाङ’ लोकर्पण

ललितपुर, ४ माघ । कवि सञ्जय तुम्बाहाम्फेको कविताकृति ‘सृष्टिको याङदाङ’ ललितपुरस्थीत चुम्लुङहिममा लोकार्पण भएको...

दयालको पुस्तक ‘खपर्‍या एवम् देवताहरूबिचको द्वन्द्व र सृजित विभेद’ प्रकाशित

विराटनगर, ४ माघ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ‘खपर्‍या एवम् देवताहरूबिचको द्वन्द्व र सृजित विभेद’ नामक...

‘अक्षर अक्षरमा देश’ लिएर आए दीपक समीप

पोखरा । मुक्तककार दीपक समीपको मुक्तक संग्रह ‘अक्षर अक्षरमा देश’ को एक भव्य समारोहबीच...

कविता: रुक्साना फूङ्

-दिलदुखी जन्तरे रुक्साना ! आसेवारो हाउ तिमीले जित्नुपर्छ ल । तिनपाते पलाउदै गरेको सानो...

धरानमा गुञ्जियो सीमानापारिका कवि र कविता

-प्रकाश दिप्साली राई/नडाहा कुनै दिन खोलाबाट पानी भाग्यो भने आँखाबाट सपनाहरू भागे भने सम्झनु...

स्वर्णिम साहित्य पुरस्कार कोषको संयोजकमा शारदा निरौला ‘शारु’

काठमाडौ, २७ पुस । स्वर्णिम साहित्य समाज, बराहक्षेत्र –३, सुनसरीले स्थापना गरेको स्वर्णिम साहित्य...

विनेसाम जापानको दोश्रो अधिवेशन सम्पन्न, नेतृत्वमा पुनः इङ्नाम

जापान, १० जनवरी । जनवरी ९ तारिकमा जापानको टोकियोस्थीत विश्व नेपाली साहित्य महासङ्घ (विनेसाम)...

कवि रोशन तिमिल्सिनाको कविता सङ्ग्रह सार्वजनिक

कास्की । पोखरा निवासी युवा कवि रोशन तिमिल्सिनाको नविनतम कविता कृति “चिरिएका पैताला” सार्वजनिक...

स्वर्णिम साहित्य समाजले गर्‍यो पुरस्कार र सम्मानको अक्षयकोष घोषणा

धरान । स्वर्णिम साहित्य समाज, बराहक्षेत्र –३, सुनसरीले कला र साहित्यमा समर्पित हुने सर्जक...

यो वर्षको पहिचान पुरस्कार ‘पथेर’ र ‘कदम’लाई

नडाहा, ७ पुस । यो वर्ष (२०७८)को पहिचान पुरस्कार श्याम शाहको कथा संग्रह ‘पथेर’,...