‘गीत संगीत मानिसको अभिन्न साथी हो’ -कला राई - Naya Online

‘गीत संगीत मानिसको अभिन्न साथी हो’ -कला राई

गायिका कला राईको नेपाली संगीतमा छुट्टै पहिचान छ । लोकआधुनिक गायनमा चर्चा कमाएकी राईले ‘ए नि लै लै, छोरीको जीवन उडाई लान्छ रेलले’ बोलको गीतबाट आफ्नो गायन यात्रा सुरुआत गरेकी थिइन् । गायिका कला राई, ०५७ सालको देशव्यापी लोक गीत प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल गायिका हुन् । ०६३ सालको देशव्यापी आधुनिक गीत प्रतियोगितामा दोस्रो स्थान हात पारेकी उनी ‘ब्राइटर तिम्रो सुर मेरो गीत’मा समेत दोस्रो भएकी थिइन् । उनको  ‘कला’,  ‘अफर’,  ‘लुक्स’ र ‘इसारा’ एल्बम बजारमा आइसकेको छ । अहिले कारोना कहरले देश विदेशको सांँगीतिक कार्यक्रमहरू ठप्प जस्तै भएको मौका छोपी उनै गायिक कला राईसँग ‘नयाँ साहित्य’ले गरेको कुराकानीको बेलिबिस्तार ।

हिजोआज दिनहरू के कसरी बिताउँदै हुनुहुन्छ ?
हिजोआज खास बिशेष छैन । कोभिड १९ को कारण अरु बेलाजस्तो गीत संगीतको कामहरू हुन पाएको छैन । यस्तै छ ।

यो महामारीले गीत संगीतलाई के कस्तो असर पारेको छ ?
कोभिड १९ ले गीत संगीतमा निक्कै असर पुर्याएको छ । हामी गायक गायिकाहरूलाई जति कार्यक्रमहरू भयो उति राम्रो सिर्जनाका हिसाबले पनि अर्को कुरा आयआर्जनको पाटोले पनि । कोभिडको कारण कार्यक्रमहरू ठप्प छ । देश तथा विदेशको सांगीतिक टुरहरू हुन पाएको छैन । आाफुले तयार गरेको गीतहरू पनि समयमा रेकर्ड गर्न पाइएको छैन । यसरी गीत संगीतलाई यो महामारीले निक्कै असर पुर्याएको छ ।

तपाईँका तत्कालै कुनै गीतहरू बजारमा आउँदैछ कि ?
मेरो नयाँ एल्बमका गीतहरू तुरुन्तै आउन अलि समय लाग्छ नै । तर अरुको एल्बममा गीतहरू गाउने क्रम चैँ छँदैछ । जो बजारमा चाँडै आउनेवाला छन् ।

तपाईँ आफूलाई कस्तो खाले गीतहरूमा खुलेको पाउनुहुन्छ ?
मैले सबै प्याटर्नको गीतहरू गाउने गरेको छु । तर म विशेष लोकआधुनिक गीतमा आफूलाई खुलेको पाउँछु ।

तपाईँको प्रायः लोक गीतहरू सुनिन्छ वा हेरिन्छ । लोकगीत गाउनुमा त्यस्तो आनन्द के छ ?
तपाईँले ठीक भन्नु भयो । मैले धेरै लोकगीतहरू गाएको छु । म लोकगीत गायन प्रतियोगितामा प्रथम भएकोले होला जे जतिले मलाई चिन्नुहुन्छ वहाँहरूले लोकगीत नै दिने गर्नुहुन्छ । त्यसो त मैले आधुनिक गीतहरू पनि प्रशस्तै गाएको छु । आधुनिक गायन प्रतियोगितामा दोश्रो पनि भएको हुँ । त्यसैले आधुनिक गीतहरू गीतकारहरूले दिने गर्नुहुन्छ । आनन्दको त कुरै नगरौँ, गीत संगीत आफैमा आनन्द हो ।

योसँगै जोड्न मन लाागेको कुरो चैँ नि, प्राय तपाइँको गीतहरूमा पाश्चात्य संगीतको फ्युजन पाइन्छ, त्यो बिना हाम्रो लोक गीत तयार गर्न सकिन्न र ?
मैले मेरो केही गीतहरूमा फ्युजन गरेको छु । लोकगीत फ्युजनहरू बिना बन्न नसक्ने हैन तर हाम्रा दर्शक तथा श्रोताहरू संगीतको नयाँ स्वाद लिन चाहन्छन् । ती श्रोताहरूको निम्ति त्यसो गरिएको हो । तर सबैमा फ्युजन गरेकी छैन ।

कला राईलाई याद छ ? आफू गायिका बन्छु भन्ने सोच बनाएको ?
म गायिका नै बन्छु भनेर लागेको थिइनँ । तर म सानैबाट गाउने र नाच्ने गर्थेँ । रहरै रहरमा प्रतियोगितामा म सहभागी भएँ । सौभाग्यवस् प्रतियोगिता सफल बन्दै म गीत संगीतमा होमिएँ ।

यो दुनियाँमा संगीत आवश्यक छ ? किन ?
गीत संगीत दुःख सुख साटासाट गर्ने सबैभन्दा नजिकको साथी हो । तपाईँ हामी खुशी हुँदा नि गीत नै गाउँछौँ, दुःखी हुँदा त झनै गीतको सहारा लिएर मन बुझाउँछौँ । त्यसैले गीत संगीतको मानिसको अभिन्न साथी हो ।

नेपाली संगीतमा कलाकारहरूले सन्तोष गर्ने ठाउँ के कति छ ?
गीत संगीतमा सन्तोषको कुरा कलाकारको मिहेनत, धैर्यता, लगावमा भर पर्छ । आम्दानी अनुसार रम्न सके सन्तुष्ट हुने ठाउँ प्रशस्तै छ ।

तपाईँको भावी योजना के छ ?
नयाँ एल्बम ‘निशाना’ चाँडै आउँनेछ । जस्को काम भैरहकेको जानकारी गराउँन चाहन्छु ।

अन्तमा
तपाईँ सम्पुर्णको साथ, सहयोग, सल्लाह र सुझावले नै गर्दा नै म यहाँ छु । आगामी दिनहरूमा पनि यहाँहरूको साथ र सल्लाह र सुझावको अपेक्षा गर्दछु ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

‘व्वाईफ्रेण्ड छन् होला, तर कहाँ छन् थाहै छैन’: नग्मा श्रेष्ठ (कलाकार)

चितवनमा जन्मेर काठमाण्डौमा बसोबास र अध्ययन गर्दै आएकी मोडल नग्मा श्रेष्ठ म्युजिक भिडियोमा व्यस्त...

नयाँ भेट: ‘एउटा सुन्दर चित्र कोर्न धैर्यतासंगै चित्रप्रति प्रेम पनि हुनुपर्छ’

इन्दु राई याम्फु । पछिल्लो समयका एक अब्बल चित्रकार । प्राकृतिक सुन्दरताको दृष्टिले स्वर्गको...

‘लेखनमा भन्दा अलि बढी चित्रकलामा नै आनन्द महसुस गर्छु’ -भीम रसाईली विश्वकर्मा (चित्रकार)

भीम रसाईली विश्वकर्मा एक सुन्दर चित्रकार हुन् । मोरङको केराबारी, बिबिरेमा जन्मेका विश्वकर्मा हाल...

गजलमा अतिवाद गलत र हानिकारक छ -प्रकाश आङ्देम्बे

प्रकाश आङ्देम्बे । नयाँ पुस्ताहरूको ढुकढुकी । आज नेपाली साहित्यलाई धेरै युवापुस्ताहरू प्रेम गर्छन्...

जति नै लेखे पनि ‘परदेश’का विषय र मुद्दाहरु लेख्न बाँकी उती नै रहन्छ -चकेन्द्र राई

धनकुटाको पाख्रिबास नगरपालिकामा २०३४ सालमा जन्मेका आख्यानकार हुन् चकेन्द्र राई । वैदेशिक रोजगारीका निम्ति...

‘बन्दकी समयका छोक्राहरू निचोरेर सिर्जनाकर्ममा लगाउनुपर्ने वाध्यता छ’ -गणेश खड्का

गणेश खड्का नेपाली साहित्यका शसक्त हस्ताक्षर हुन् । २०३३ सालमा भोजपुरको तिवारी भञ्ज्याङमा जन्मेका...

पुस्तक वार्ता: ‘पार्सल’का कथाहरू अरपेहरूका जीवन र जिन्दगीको भोगाई हुन्’

२०३४ सालमा धनकुटाको बोधेमा जन्मिएका कथाकार हुन् जीवन देवान गाउँले । झण्डै दुई दशकदेखि...

‘गीत संगीत मानिसको अभिन्न साथी हो’ -कला राई

गायिका कला राईको नेपाली संगीतमा छुट्टै पहिचान छ । लोकआधुनिक गायनमा चर्चा कमाएकी राईले...

‘लय र भाव गजलरूपी शरीरका दुईटा आँखा हुन्’ -श्रीजन श्री

विगत दुई दशकदेखि नेपाली साहित्यमा समर्पित स्रष्टाको नाम हो ‘श्रीजन श्री’ । नेपाली गजलको...

‘साहित्य सिर्जना र लेखन भनेको पथ प्रर्दशक नै हो’ -नेत्रप्रसाद काफ्ले

नेत्रप्रसाद काफ्ले। धरान उप महानगरपालिका वार्ड नम्बर १३ का वडाअध्यक्ष हुन् । सदा आफुलाई...