उपेक्षित महाकुलुङ र कुलुङका कथा–व्यथा ! - Naya Online

उपेक्षित महाकुलुङ र कुलुङका कथा–व्यथा !

निनाम कुलुङ ‘मंगले’

यो लेखमा नेपालका प्राचीन जातिमध्ये किरात महाजातिभित्रका एक जाति (समुदाय) कुलुङ जातिको उत्पत्तिथलो र उनीहरूका बारेमा छोटोमा चर्चा गरिने छ । कुलुङ जातिको ऐतिहासिक भूमि उत्पत्तिथलो ‘महाकुलुङ’ हो ।

यो भूगोल हालको भगौलिक विभाजनअनुसार एक नम्बर प्रदेशको सगरमाथा अञ्चलको सोलखुम्बु जिल्लाको उत्तर–पूर्वी क्षेत्रमा पर्छ । ‘महाकुलुङ’ क्षेत्रमा तत्कालीन छेस्खाम, बुङ, गुदेल, सत्तो÷सोताङ, पावै गाविसहरू पर्छन् । पछिल्लो संरचनाअनुसार यी भू–क्षेत्र महाकुलुङ गाउँपालिका र सोताङ गाउँपालिकामा पर्छ ।

स्मरणीय छ, हिन्दु धर्म–दर्शन र मिथकअनुसार किरातीहरूको इतिहास देउताको पालाभन्दा अघिदेखि रहेको देखिन्छ । जस्तै हिन्दु धर्म ग्रन्थ महाभारतमा समेत किरातीहरूका बारेमा उल्लेख हुनुलाई लिन सकिन्छ । त्यस्तै कुलुङ समुदायको जीवनचक्रअनुसार गएको पुस १५ (विसं २०७७) गतेदेखि किरात संवत् (यले दोङ–५०८१ सुरु भयो । यसले पनि किराती कुलुङ जाति नेपालका प्राचीन जातिहरू मध्ये एक रहेको जनाउँछ । विक्रम संवत्को पहिलो महिनाको नाम वैसाख भने झंै कुलुङ समुदायको जीवन–चक्रअनुसार पहिलो महिनाको नाम ‘चाक्चाकूर’ हो ।

त्यसो त स्वदेशी तथा विदेशी इतिहासकार तथा विद्धानहरूले लेखेको विभिन्न किताबहरूमा पनि सोलुखुम्बु जिल्लाको उत्तरपूर्वी क्षेत्रमा अवस्थित तत्कालीन संरचनाअनुसार छेस्खाम, बुङ, गुदेल, सत्तो÷सोताङ र पावै गाउँ पञ्चाय (पछि गाविस) लाई ‘महाकुलुङ’ भनेर लेखेको भेटिन्छ ।

यसरी हेर्दा अरु जातिको भन्दा भिन्न र फरक जातीय स्वपहिचान, विगत लामो समयदेखि पितापूर्खाहरूले चर्ची आएको ऐतिहासिक भूमि, मातृभाषा, भेषभुषा, धर्म, संस्कार, संस्कृति, रीतिरिवाज, रहनसहन, परम्परागत कानुन, मूल्य–मान्यता, हामी भन्ने भावना आदि भएको कुलुङ जातिलाई राज्यले भने हालसम्म कुलुङ जातिलाई अलग्गै जातिको रूपमा मान्यता दिएको छैन, एक किसिमले भन्ने हो भने ‘राई !’ जातिमा जबरजस्ती गाभिएको अवस्था छ ।

कुलुङ जातिलाई राज्यले अहिलेसम्म जबरजस्ती राई जातिमै गाभ्नुमा सहायक कारणहरू धेरै भए तापनि संस्था दर्ता ऐन–२०३४ अन्तर्गत ‘राई !’जातिको नाममा खुलेको सामाजिक संस्था ‘किरात राई यायोक्खा (समाज कल्याण परिषद दर्ता नम्बर–२६५६, काठमाण्डौ जिल्ला प्रशासन कार्यलय दर्ता÷रजिस्टर्ड नम्बर–३२८/०४९/०५०)’ को हर्ताकर्ताहरूको मुख्य र ठूलो हात रहेको छ ।

तापनि जातीय स्वपहिचान, मातृभाषा, भेषभुषा, संस्कार, संस्कृति, रीतिरिवाज, रहनसहन आदिमा सचेत नेपालका केही जातिहरूमा कुलुङ जाति वा समुदाय पनि पर्छ भन्दा अतिशयः नहोला । तथापि वास्तविक कुरो नलुकाई र नढाँटी भन्ने हो भने, ‘महाकुलुङ’का ‘कुलुङे’हरूको सुखद भन्दा पनि दुःखद कथा–व्यथाहरू नै धेरै छन् । त्यसो त आधुनिकतासंगसंगै पछिल्लो पटक आएको विज्ञान, प्रविधि, भौतिक पूर्वाधार, नयाँनयाँ चिजबिज र निर्माणका अन्य वस्तुहरूलाई तिलाञ्जलि दिने हो भने महाकुलुङ क्षेत्रका कुलुङहरू जे कुरोमा रमेका छन्, त्यसैलाई सुखद अवस्था मान्दा फरक पर्देन ।

हुन पनि विगतमा (खासगरी भूमि सुधार ऐन–२०२१ आएपछि ‘राई, सुब्बा, मुखिया, देवान, चौधरी, गोवा’ जसलाई तालुकदार वा जिम्मावाल पनि भनिन्थ्यो, आदिको अधिकारबाट वा भनौं उनीहरूको हातबाट राज्यले खोसेर जिमी–भूमि जग्गा–जमीन व्यक्तिको नाममा दर्ता गर्ने प्रचलन सुरु भएसँगै) नेपालका अन्य खम्बुहरूलाई जस्तै ‘कुलुङ’ जातिलाई पनि ‘कुलुङ’भन्दा पनि कुलुङ ‘राई !’, अथवा ‘राई !’ भनेर चिन्न थाल्यो÷थालियो ।

त्यसो हुनुमा हाम्रो आफ्नै वा राज्य र अरु जातजातिहरूको पनि कमजोरी रह्यो । किनभने, राई सुब्बा, मुखया, देवान, चौधरी आदि लेख्दा आपूmहरू पनि असली र वास्तविक राई सुब्बा, मुखिया देवान, चौधरी आदि जस्तै ठूलो मान्छे होइन्छ ! भन्ने भ्रम हामी ‘रैती/ढाक्रै’ –हाल जनता) हरूमा रह्यो । यो कुरोलाई पनि हामी कुलुङ जाति र कुलुङ जातिका अगुवाहरू स्वयम्ले पनि अस्वीकार गर्नु हुँदैन, गर्दैनौं पनि ।

हुन पनि विसं २०४६ को राजनैतिक परिवर्तनअघि तत्कालीन सरकारहरू (राणा, २००७ पछिको सरकार, २०१७ पछिको पञ्चायती सरकार) नेपालका आदिवासी जनजाति, मधेसी, दलित, महिला, पिछडिएको क्षेत्र, तेस्रो लिंगी आदिप्रति साह्रै अनुदार रहेको थियो । कतिसम्म भने मातृभाषा बोल्नसमेत दिँदैन थिए ।

तर, विसं २०४६ को राजनैतिक परिवर्तनसँगै नेपालमा जातजाति र भाषाभाषीका सम्बन्धमा राज्यको नीति, नियम र राज्य चलाउनेहरूले नेपालका आदिवासी जनजाति, मधेसी, दलित, मुस्लिम, महिला, पिछडिएको क्षेत्र, तेस्रो लिंगी आदलाई हेर्ने दृष्टिकोणमा केही परिवतृन आयो । फलतः सम्बन्धित जाजात र भाषाभाषीका मानिसहरूले संगठित भएर आफ्नो हकअधिकारका लागि लागी परे ।

त्यसैले कुलुङ जातिका अगुवाहरूले आफ्नो समुदाय (कुलुङ) ‘राई’ जाति नभएर अलग्गै कुलुङ जाति हो । खासगरी नढाँटीकन भन्नु पर्दा विसं २०५७/०५८ देखि कुलुङ जातिका केही अगुवाहरू लागी परेका हुन् । त्यसैले कुलुङ जातिलाई अलग्गै कुलुङ जाति भनी आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान (आजउराप्र) ऐन–२०५८ को दफा दुई (क) अनुसार छुट्टै जातिको रूपमा सूचीकृत गरियोस् भनी सरकारसँग माग गरेको एवम् जनवाकालत सुरु गरेको पनि २१/२२ वर्ष बितेको छ ।

किनभने, सरकारको मातहतमा रहेको आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान (आजउराप्र) ऐन–२०५८ को दफा दुई (क) अनुसार छुट्टै जातिको रूपमा सूचीकृत नभएसम्म कुनै जातिलाई अलग्गै जाति हो भनी चिनिने अर्को कुनै आधार वा व्यवस्था छैन । तर ….,

कुलुङ जातिका अगुवाहरूको जातीय स्वपहिचानको आन्दोलन र जनवकालतको फलस्वरूप विसं २०६८ को ११ औं राष्ट्रिय जनगणनामा कुलुङ जातिको जनसंख्या २८ हजार ६१३ आएको छ भने कुलुङ मातृभाषाका वक्ता संख्या भने ३३ हजार १७० आएको छ ।

सोही आधारमा नै केन्द्रीय तथ्यांक विभाग (केतवि) ले आगामी १२ औं राष्ट्रिय जनगणना (विसं २०७८) मा पनि कुलुङ जातिका लागि अलग्गै जातिगत र भाषागत कोड उपलब्ध गराएको छ । केन्द्रीय तथ्यांक विभागले १२ औं जनगणनामा कुलुङ जातिलाई उपलब्ध गराएको ‘जातिगत कोड–६२’ रहेको छ भने, कुलुङ ‘भाषागत कोड–२९’ रहेको छ ।

वास्तवमा ‘राई’ शब्दले नेपालका कुनै ‘जात’ वा ‘जाति’ वा ‘समुदाय’लाई नजनाएर ‘पदवी’ वा ‘पगरी’ मात्रै जनाउँछ/जनाउँथ्यो । ‘राई’ शब्दको व्युत्पत्ति ‘राय’ हो । ‘राय’ भन्नाले कर्णालीतिर ‘राजा’ भन्ने अर्थ जनाउँथ्यो । तर, नेपालको भगौलिक एकीकरणपछि शासकहरूले पूर्वका किरातीहरू, जो असलीयतमा खम्बुका सन्तानहरू थिए, उनीहरूलाई ‘राय’ ‘राई’ पदवी अथवा पगरी दिएर छोटे राजासरह मान्ने प्रचलन सुरु भयो ।

फेरि बढीसे बढी सेनकालदेखि मात्रै ‘राय’/‘राई’ शब्द प्रचलनमा आएको देखन्छ । त्यसैले कुलुङ जातिले आफ्नो समुदाय ‘राई’ जाति नभएर अलग्गै जाति हो भन्दै आएको हो । ‘राय’/‘राई’का सम्बन्धमा वास्तविकता पनि त्यही रहेको इतिहास साक्षी छ ।

हुन पनि स्वर्गीय डाक्टर हर्क गुरुङका अनुसार कुनै पनि जातिको ‘जाति हुने पहिलो आधार भनेको उसको मातृभाषा हो ।’ यस हिसावले हेर्दा कुलुङ जातिको पनि नेपालका अन्य जात वा जातिहरूको जस्तै अलग्गै मातृभाषा छ ।

त्यस्तै कुलुङ जातिभित्रै विभिन्न भाषिकाहरू (‘महाकुलुङ’ क्षेत्रको छेस्खाम, बुङ, गुदेल, सोताङ, पावैबीचमै भाषागत फरकपन छ भने, भोजपुर, संखुवासभा, तेह्रथुम, धनकुटा, झापा, मोरङ लगायतका कुलुङहरूले बोल्ने भाषा त धेरै नै फरक छ ।) तर, त्यही आधारमा ‘महाकुलुङ’ क्षेत्रको छेस्खाम, बुङ, गुदेल, सोताङ, पावै, पेल्माङ÷पिल्मोङ, नाम्लुङ, चाचालुङ, साद्घी र, भोजपुर, संखुवासभा, तेह्रथुम, धनकुटा, झापा, मोरङ लगायतका कुलुङहरूले हामी अलग्गै हो ! भनी रहेको अवस्था होइन । त्यस्तै जसरी नेपालका अरु जातजातिमा आफ्नै जातिभित्र विवाहवारी गर्ने प्रचलन छ, त्यसरी नै कुलुङ जातिभित्रै आपस्तमा विवाहवारी गर्ने प्रचलन छ ।

किनभने, कुलुङ जातिभित्रै ३ सय ८० भन्दा बढी थर÷उपथरहरू छन्, दुःखका साथ भन्नु पर्दा हालसम्म पनि कुलुङ जाति नेपालका अन्य जातिसरह अलग्गै जाति हुन् भनेर जाति सूचीमा सूचीकृत हुन नसकेको अवस्था विद्यमान छ ।

यसरी हेर्दा महाकुलुङ क्षेत्रमा मातृभाषा, संस्कार, संस्कृति, रीतिरिवाज, आफ्नोपन, भेषभुषा, रहनसहन, परम्परागत मूल्य–मान्यता, गरगहना, कला, संस्कृति, परम्परागत कानुन आदि जीवितै रहे तापनि आधुनिक विकासले भने खासै गति लिन सकी रहेको छैन ।

यसरी विकासले गति लिन नसक्नुमा भगौलिक रूपमा ‘महाकुलुङ’ क्षेत्र एकदमै विकट र कुनामा अवस्थित हुनुलाई पनि मान्न सकिन्छ । त्यही भएर विभिन्न कालमा (नेपालको भगौलिक एकीकरणपछिको राणाकाल, पञ्चायतकाल, प्रजातन्त्रकाल र, हालसम्म पनि) यहाँका कुलुङहरू अन्य जातजाति र विभिन्न राजनैतिक दलको भोट बैंक मात्र बनी रहेको अवस्था छ ।

त्यति मात्रै होइन, सुन्दा र पढ्दा नमीठो लागे तापनि महाकुलुङ क्षेत्रका मात्रै नभएर भोजपुर, संखुवासभा, तेह्रथुम, धनकुटा, झापा, मोरङ लगायतका कुलुङहरू अझै पनि राज्यले दिएको (कानुनमै लेखेको) र नेपालको संविधानमै उल्लेख भएको विभिन्न हक तथा अधिकारहरू जस्तै मौलिक हकअधिकार, आफ्नो राजनीतिक हकअधिकार, धार्मिक हकअधिकार, सांस्कृतिक हकअधिकार, आफ्नो मातृभाषामा उच्च शिक्षा पढ्न पाउने हकअधिकार, स्वास्थ्यको हकअधिकार आदिका लागि एक भएर लड्नुभन्दा पनि ‘म ऊ पार्टी, तँ त्यो पार्टी र फलानो अर्कै पार्टी ! भनेर एकआपस्तमै लडाईँ र झगडा गर्ने बानी छुटीसकेकाु छैन ।

यसरी कुलुङ–कुलङबीचमै राजनैतिक दलको नाममा एकआपस्तमै मारामार, काटाकाट गरी रहेका छन्, जुन कुरो सुन्दा दुःखद लाग्छ । सुन्न मन लाग्दैन, यस्तो कुरो सुन्दा नमीठो लाग्छ, अझ ‘यस्तो कुरो त नलेखेको भए पनि हुने !’ भन्ने पनि लाग्ला नै । यसो हुनुमा कुलुङ जाति वा भनौं समुदायमा अझै पनि शिक्षा र चेतनाको स्तरमा कमी हुनु र, पढालेखा र नेता वा अगुवा भनिएकाहरूले पनि समाजलाई सही दिशा दिन नसक्नु, उनीहरू स्वयम्मा पनि ‘बुझाईको स्तर, चेतना, चैतन्य, विवेक, विवेकशीलताको कमी हुनु, आफू आवद्ध राजनीतिक दलमा अन्धभक्त भएर लाग्नु !’ आदिलाई पनि एक महत्वपूर्ण कारण मान्न सकिन्छ ।

तापनि अँध्यारोमा नै उज्यालोको संकेत भेट्न सकिन्छ भन्ने नेपाली भनाइझैँ महाकुलुङका युवापुस्ता भने आफ्नो गाउँठाउँको विकासका लागि (कहिलेकाही राजनीतिक दलको नाममा झगडा, कुटाकुट र मारपिट नै गरे तापनि !) केही न केही गरी रहेका छन्, केही न केही गर्न लागी परेका छन् । त्यसका लागि राजनीति नै मुख्य कारक भएकोले गर्दा उनीहरू विभिन्न राजनैकि दलमा संगठित भएका छन् ।

यस सम्बन्धमा तत्कालीन छेस्खाम गाविस वडा नम्बर १ का पूराना र चल्तापूर्जा गाउँस्तरका कुलुङ समुदायका समाजसेवी तथा विगतमा स्थानीयस्तरको शासक ‘राई !’ पदवी पाएका नरमान ङोपोचो कुलुङ विगत सम्झँदै पञ्चायतकालमा हुने विभिन्न चुनावहरूमा भोट माग्न आउने तल्लो भेगका नेता तथा कार्यकर्ताहरूले कुलुङ समुदायलाई हेपेर ‘आयो है, कुलुङे भाङ्ग्रेहरूको गाउँ !’ भनेको अझै पनि झल्झली सम्झन्छन् ।

त्यो वेला तल्लो भेगका मान्छेहरूले त्यसरी ‘कुलुङे भाङ्ग्रेहरू !’ भन्दा कुलुङहरू हाल कथित् ‘दलित’ भनिने जातका मान्छेभन्दा पनि सानो र तल्लो स्तरको जाति पो हो कि ? भनी आत्मग्लानी भएको सम्झन्छन्, नरमान । तर, भोट भने, त्यसरी कुलुङ समुदायलाई हेपेर वा होच्याएर ‘कुलुङे भाङ्ग्रेहरू !’ भन्नेहरूलाई नै दिएर जिताएको पनि अचम्म मान्दै विगत सम्झन्छन्, नरमान ङोपोचो । जे भए तापनि हाल महाकुलुङ क्षेत्रका नयाँ पुस्तामा विगतमा भन्दा धेरै नै चेतना र जागरण आएकोमा नरमान आफू गर्व गर्छन् ।

तर, अझै पनि ‘महाकुलुङका कुलुङ अगुवाहरू खास गरी स्थानयस्तरका कुलुङ समुदायका राजनीतिज्ञहरूले राजनीति, राजनीतिक दल, विकास कसको दलले वा कसले ल्याएको ? भन्ने निहुँ झिकेर सोही निहुँमा, एकआपस्तमा झैँ–झगडा गर्ने बानीलाई त्याग्न नसके झैँ लाग्छ, उनलाई । जुन कुरोलाई महसुस गरेर जति सक्दो चाँडो ‘महाकुलुङका कुलुङ अगुवाहरूले त्याग्नै पर्छ ।

खास गरी जुनसुकै राजनीतिक दलमा लागेका कुलुङहरू होऊन्, ती राजनीतिज्ञहरूले आपूm सम्बद्ध राजनीतिक दल, विकास आदिका नाममा सँधै झैँ–झगडा गर्नु हुन्न । किनभने, राजनीति, राजनीतिक दल, विकास कसको दलले र कसले ल्याएको भन्ने ? स–सानो निहुँ लगायत अन्य सामान्य निहुँमा एकआपस्तमा झैँझगडा गर्दा ज–जसले कुटाई खाए तापनि, जो कोही घाईते भए तापनि, जो कोही मरी हाले तापनि ‘महाकुलुङ क्षेत्रका कुलुङ’हरू नै मर्ने/मारिने हो ।

त्यसैले अझै पनि यस्तो कुरोहरू महाकुलुङ क्षेत्रका साथै अन्यत्रका स्थानीय कुलुङ अगुवाहरूले पनि यो कुरोलाई अन्तर–ह्रदयदेखि नै बुझ्नैपर्ने हुन्छ, मनन गर्नैपर्ने देखिन्छ ।
सबै ‘कुलुङ महानुवाभहरूमा चेतना भया ।

नोटःथप केही जानकारी चाहिएमाः ९८४९९८५९९७, ९८६२४३६०४९

ninamkirat123@gmail.com

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

जदौ मपाइत्व

मलिसा याक्थुङ्बा लिम्बू मपाइत्व भन्ने कुरा पुरानो नेपाली किताबमा ‘म जुजुमान’ भन्ने पाठमा पढेको...

नेफिन आईसीसी संयोजक मानबहादुर रानामगर संगठनबाट निष्कासित

काठमाडौं, १ माघ । नेफिन आईसीसीका तत्कालिक संयोजक र सहसंयोजकलाई कार्यवाही गरिएको छ ।...

जोसियल नेटवर्किङबाट महिनामा लाखौं कमाइने भन्दै करोडौं ठगी गरेपछि सम्पर्कवीहिन

काठमाडौं, २८ पुस । पछिल्लो समय नेटवर्किङ व्यावसायबाट ठगीनेहरुको सङ्ख्या बढ्दो छ । विभिन्न...

निरज सर ! तपाई होइन, म कहाँ हराएँ ?

देवेन्द्र सुर्केली सन् २००६ को अन्त्यतिर मलेसियातिर हान्निएँ । मेरो दाजु राजेन्द्र खापुङ मलेसियामा...

चासोक कि चासोत ? येले तङबे कि कक्फेक्वा तङनाम ? संक्षिप्त टिप्पणीः

-उदय पूर्वेली चोङबाङक्याक चेम्जोङ (१९७८) का अनुसार; आद्य प्रागैतिहासिककालमा याक्थुङ जातिको उद्भाव थलो मुना...

जनताले पावन्दी कहिले जान्ने ?

मलिसा याक्थुङ्बा लिम्बू नेपालभित्र कथित एकिकरण भईरहँदा अमेरिकामा क्रिष्टोफर कोलम्बसले पत्ता लगाउँदै थिए, ईतिहासमा...

लिम्बुवानलाई समयमै सम्बोधन नगरे भोलि महँगो पर्न सक्छ – बाबुराम भट्टराई

-आपुङ्गी हाङ काठमाडौं, २० पुस । पुर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी संघिय परिषद...

सङ्खुवासभाको चैनपुरमा स्थानीय खेलाडीहरू सम्मानित

-सन्देश इङघङ सङ्खुवासभा, १९ पुस । सङ्खुवासभाको चैनपुरमा स्थानीय खेलाडीहरूलाई सम्मान गरिएको छ ।...

किरात याक्थुङ लिम्बुको विभिन्न संस्थाहरुले गाउपालिका अध्यक्ष समक्ष बुझाए ज्ञापनपत्र

-राजकुमार लिम्बु पाटीगाउँ, मोरङ । किरात याक्थुङ लिम्बुको विभिन्न संस्थाहरुले केराबारी गाउपालिका अध्यक्ष समक्ष...

यो वर्षको पहिचान पुरस्कार ‘पथेर’ र ‘कदम’लाई

नडाहा, ७ पुस । यो वर्ष (२०७८)को पहिचान पुरस्कार श्याम शाहको कथा संग्रह ‘पथेर’,...