पत्रकार महासंघ युकेद्वारा गोर्खा सत्याग्रह आमरण अनसनप्रति ऐक्यवद्धता जाहेर - Naya Online

पत्रकार महासंघ युकेद्वारा गोर्खा सत्याग्रह आमरण अनसनप्रति ऐक्यवद्धता जाहेर

२८ साउन, काठमाडौ । समान अधिकारको माग राख्दै आन्दोलनरत रहेका गोर्खा सत्याग्रह संघर्ष समितिका अभियन्ताहरूको आमरण अनसनप्रति नेपाल पत्रकार महासंघ युकेले ऐक्यवद्धता जाहेर गरेको छ ।

महासंघका अध्यक्ष बिपिन निरौला र महासचिव कर्मा पहाडी शेर्पाद्धारा प्रेस विज्ञप्ती जाहेर गरी ज्ञानराज राई, धन गुरुङ र पुष्पा राना घले सहितका अभियन्ताहरुको आमरण अनसनप्रति ऐक्यवद्धता जाहेर गरेको हो ।

१० डाउनिङ स्ट्रिटस्थित बेलायती प्रधानमन्त्री निवास नजिकै आमरण अनसनमा बसेका गोर्खाहरुको त्रिपाल प्रहरीले जवर्जस्ती हटाउनु, अभद्र व्यवहार गर्नु निन्दनीय र अमानवीय छ विज्ञप्तीमा उल्लेख छ ।प्रेस विज्ञप्तीको पूर्ण पाठ

समान अधिकारको मागसहित आन्दोलनरत गोर्खा सत्याग्रह संघर्ष समितिका ज्ञानराज राई, धन गुरुङ र पुष्पा राना घले सहितका अभियन्ताहरुको आमरण अनसनप्रति नेपाल पत्रकार महासंघ युके पूर्ण ऐक्यवद्धता जाहेर गर्दछ ।

सबै खाले भेदभाव र असमानताको विरुद्ध भूतपूर्व गोर्खाहरुले आमरण अनसन बसेको स्थलमा बेलायती प्रहरीले मंगलबार विना पूर्व सूचना गरेको हस्तक्षेपप्रति हाम्रो गम्भीर ध्यानकर्षण भएको छ । १० डाउनिङ स्ट्रिटस्थित बेलायती प्रधानमन्त्री निवास नजिकै आमरण अनसनमा बसेका गोर्खाहरुको त्रिपाल प्रहरीले जवर्जस्ती हटाउनु, अभद्र व्यवहार गर्नु निन्दनीय र अमानवीय छ । यस्तो कदमले शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने मौलिक हकको मात्रै होइन, २०७ वर्षसम्म गोर्खा सैनिकहरुले ब्रिटेनप्रति गरेको वफादारीता र त्यागको खिल्लि उडाएको हाम्रो ठहर छ ।

नेपाल सरकार र बेलायत सरकारबीच तत्काल कूटनीतिक पहल गरी गोर्खा समस्याको स्थायी समाधानमा हामी हार्दिक अनुरोध गर्दछौं । यसका लागि आवश्यक पहल गरिदिन नेपाल सरकार र बेलायतस्थित सम्बन्धित निकायहरुको ध्यानाकर्षण समेत गराउन चाहन्छौ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको सम्मान डा. बराललाई र पुरस्कार संगीतकार गुरुङलाई

काठमाडौँ, १ माघ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा...

नेफिन आईसीसी संयोजक मानबहादुर रानामगर संगठनबाट निष्कासित

काठमाडौं, १ माघ । नेफिन आईसीसीका तत्कालिक संयोजक र सहसंयोजकलाई कार्यवाही गरिएको छ ।...

विनेसाम जापानको दोश्रो अधिवेशन सम्पन्न, नेतृत्वमा पुनः इङ्नाम

जापान, १० जनवरी । जनवरी ९ तारिकमा जापानको टोकियोस्थीत विश्व नेपाली साहित्य महासङ्घ (विनेसाम)...

अमेरिकाबाट ‘यो जीवन मिठो’ सार्वजनिक

काठमाडौं, २४ पुस । अमेरिकामा रहेका युवा निर्देशक सुमन दाहाल निर्देशित पछिल्लो भिडियो ‘यो...

अमेरिकाको टेक्सासमा याक्थुङ चुम्लुङको चासोक तङनाम साँझ र अधिवेशन सम्पन्न

नगेन्द्र ईङनाम “आठराईली” टेक्सास, ३ जनवरी । अमेरिकाको टेक्सास राज्यस्थित अर्भिङ शहरमा लिम्बुहरुको मौलिक...

मकाउमा मौलिक चाडपर्वहरुको अवसरमा सामुहिक रूपमा शुभकामना आदानप्रदान

-सन्देश ‘ईङघङ’ मकाउ, १३ पुस । मकाउमा सामुहिक रूपमा मौलिक चाडपर्वहरुको अवसरमा शुभकामना आदानप्रदान...

सर्जकहरूले मास्टर मित्रसेन थापालाई सम्झे

लन्डन, २८ डिसेम्बर । पुराना एवम् चर्चित लोकगायक मास्टर मित्रसेन थापा मगरलाई उनले दिएको...

अमेरिकामा भव्यतका साथ मनाईयाे चासाेक तङ्नाम

न्युयोर्क । अमेरिकामा चासोक तङ्नाम धुमधामका साथ मनाइएको छ । किरात याक्थुङ चुम्लुङ् अमेरिकाको...

किरात याक्थुङ चुम्लुङको ग्रेटर लण्डन शाखाले उधौली र चासोक तङ्नाम मनायो

प्रिन्स याक्खा लण्डन, १३ डिसेम्बर । किरात याक्थुङ चुम्लुङको ग्रेटर लण्डनको सिनियर ब्रान्चले फेल्थाम...

संस्थाको कुशल व्यवस्थापक सम्मान दिपेश लिम्बुलाई प्रदान

न्यूयोर्क, २७ नोभेम्बर । किरात आक्थुङ चुम्लुङ अमेरिकाले दिपेश लिम्बुलाई संस्थाको कुशल व्यवस्थापकको रूपमा...