प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीबाट जिल्ला प्रहरी कार्यालय सुनसरी परिसरमा नवनिर्मित भवन समुद्घाtटन - Naya Online

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीबाट जिल्ला प्रहरी कार्यालय सुनसरी परिसरमा नवनिर्मित भवन समुद्घाtटन

सुनसरी, २८ साउन । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले जिल्ला प्रहरी कार्यालय सुनसरीको परिसरमा नवनिर्मित कार्यालय, व्यारेक, कार्यालय प्रमुख निवास तथा सिनियर प्रहरी अधिकृत आवास भवनहरुको बिहीबार आयोजित एक कार्यक्रमबीच समुद्घायटन गरेका छन् ।

सो अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले भवन निर्माणमा सहयोग गर्ने पालिका प्रमुखहरुलाई सम्मानपत्र, उत्कृष्ट कार्य गर्ने प्रहरी तथा सहयोगीहरुलाई प्रशंसापत्र र निर्माण व्यवसायीहरुलाई कदरपत्र प्रदान गरेका थिए ।

कार्यक्रममा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले नयाँ भवनको निर्माणमा संलग्न सम्पूर्णमा धन्यवाद दिदै नयाँ भवन मार्फत जनताको आशा पनि बढेकोले प्रहरीले प्रदान गर्ने सेवाको गुणस्तरीयता बढाउनु पर्नेमा जोड दिएका थिए ।

गत वर्ष भन्दा यस आर्थिक वर्षमा अपराध घटेको र प्रहरीले गर्ने कार्यहरुलाई बस्तुगत एवं प्रविधियुक्त बनाउनुका साथै राजश्वमा वृद्धि, फरार प्रतिवादी पक्राउ र सफल मुद्दा लगायतका गतिविधिमा हरेक महिनाको अन्तमा मूल्याङ्कदन गर्ने गरिएको चर्चा गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले सुरक्षा जनता र प्रहरीको संयुक्त जिम्मेवारी भएकाले प्रहरीद्धारा संचालित अपराध नियन्त्रण अभियानमा सहभागी हुन सबैमा अनुरोध समेत गरेका थिए ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बिसीले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा ईनरुवा नगरपालिकाका प्रमुख राजन मेहता र प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख संजय सिंह थापाले स्वागत मन्तव्य र प्रहरी निरीक्षक ई. नितिन कुमार लाखेले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए ।

नेपाल सरकारको नियमित बजेटबाट कुल ९ करोड ३६ लाख ६७ हजार १ सय २० रुपैयाँ ७३ पैसाको लागतमा १६ कठ्ठा ५ धुर जग्गामा उक्त भवनहरुको निर्माण कार्य सम्पन्न भएको हो ।

भवन उद्घाुटन कार्यक्रम पश्चात प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले जिल्ला प्रहरी कार्यालयमा सुनसरी तथा मातहत कार्यालयमा कार्यतर प्रहरी अधिकृत तथा जवानहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन समेत दिएका थिए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अक्सिजन कन्सन्ट्रेटर मेशिन गाउँपालिकालाई हस्तान्तरण

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । कुम्मायक गाउँपालिकाको स्वास्थ शाखा कार्यालय यासोकलाई तेजकुमार...

ठेक्केदारको कारण लुम्भुघाट पुलको काम अलपत्र

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । पाँचथर र तेह्रथुम जिल्ला जोडिने लुम्भुघाट पक्की...

‘अक्षर अक्षरमा देश’ लिएर आए दीपक समीप

पोखरा । मुक्तककार दीपक समीपको मुक्तक संग्रह ‘अक्षर अक्षरमा देश’ को एक भव्य समारोहबीच...

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको सम्मान डा. बराललाई र पुरस्कार संगीतकार गुरुङलाई

काठमाडौँ, १ माघ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा...

पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङको प्रथम साधारणसभा सम्पन्न

तेह्रथुम, १ माघ । फेदाप पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थामरुङ फेदापको प्रथम साधारणसभा सम्पन्न...

न्यु जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधरण सभा सम्पन्न

इटहरी, १ माघ । न्यू जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको...

प्रदेश प्रमुख खापुङद्वारा माघे संक्रान्तिको शुभकामना व्यक्त

विराटनगर, १ माघ । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङद्वारा माघे...

कुम्मायक गाउपालिकाको एघारौ गाउसभा सम्पन्न

पदम सुखी सम्बाहाम्फे पाँचथर, १ माघ । कुम्मायक गाउपालिकाको एघारौं गाउँसभा बैठक सम्पन्न भएको...

रक्साना लिम्बु जिाताउ अभियान अन्तर्गत अमेरिका निवासी किशोर सुब्बाको सहयोग

काठमाडौ, २९ पुस । सुमधुर स्वरकी धनी रुक्साना लिम्बु विविध विधाका गीतहरु गाउन सक्ने...

धरानमा गुञ्जियो सीमानापारिका कवि र कविता

-प्रकाश दिप्साली राई/नडाहा कुनै दिन खोलाबाट पानी भाग्यो भने आँखाबाट सपनाहरू भागे भने सम्झनु...