गोर्खा सत्याग्रह संघर्ष समितिका आमरण अनसनलाई एनआरएनए युकेको ऐक्यवद्धता - Naya Online

गोर्खा सत्याग्रह संघर्ष समितिका आमरण अनसनलाई एनआरएनए युकेको ऐक्यवद्धता

लन्डन । लन्डनमा भूतपूर्व गोर्खाहरुले गोरा सहकर्मीहरू सरह पेन्सन र अन्य अधिकारहरूको माग सहित जारी राखेको आन्दोलनमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद यूकेले पनि ऐक्यवद्धता जनाएको छ ।

अगस्ट १०  मा लन्डनको १० डाउनिङ स्ट्रिटस्थित बेलायती प्रधानमन्त्री निवासबाहिर अमरण अनसनमा बसिरहेका गोर्खा सत्याग्रह संघर्ष समितिका अभियन्ताहरूसगको भेटमा संघका अध्यक्ष प्रेम गाहा मगरले ऐक्यवद्धता जनाएका हुन् ।

भेटघाटको अवसरमा मिडियासँग कुरा गर्दै अध्यक्ष गाहा मगरले गोर्खालीहरूका लागि समानता र न्यायको मुद्दा धेरै लामो भइसकेको भन्दै अब यसलाई अन्तिम निचोडमा लैजान र आफ्ना वीर गोर्खाली पूरर्खाहरूले बेलायतमा रहेर गरेको योगदान लाई यहाँका बेलायती सरह समान हकअधिकार दिलाउनमा आफ्नो नेतृत्वको एनआरएनए यूके सधैं तत्पर रहने बताए ।

एनआरएनए यूकेका नवनिर्वाचित अध्यक्ष प्रेम गाहा मगर, महासचिव खुशी लिम्बु र अन्य पदाधिकारीहरुलाई बधाई र शुभकामना दिइएको थियो । शुभकामना दिंदै अनसनकारी गोर्खा अभियन्ता पुष्पा राणा घलेले भने अब गोर्खाहरुको मुद्धा भूपू सैनिकहरुको मात्र रहेन । सिंगो नेपाल र सबै नेपालीसँग पनि जोडिएको यो मुद्धामा हामी संघका अभियन्ताहरूको पूर्ण साथ, समर्थन र सहयोगको प्रतिवद्धता जनाउन चाहन्छौँ ।

त्यस्तै आमरण अनसनमा बस्नेमध्येका एक अभियन्ता ज्ञानराज राईले गोर्खाहरूको अभियान सफलतामा पुग्न सबै बेलायतमा रहनु हुने प्रवासी नेपाली समुदायको उत्तिकै भूमिका महत्वपूर्ण रहने धारणा राखे । उनले आफूहरु अहिले अन्तिम चरणको संघर्षमा रहेको भन्दै आन्दोलनको पक्षमा जनमत बनाउने कार्यमा बेलायतमा रहेका सबै मिडियाको सहयोगको अपेक्षा रहेको पनि बताए ।

गोर्खा सत्याग्रह संघर्ष समितिका ज्ञानराज राई, धन गुरुङ र पुष्पा घले राणासहितका तीन अभियन्ता गत शनिबारदेखि आमरण अनसनमा छन् ।

समितिका अनुसार अहिलेसम्म बेलायत सरकारले कुनै प्रतिक्रिया जनाएको छैन । । १० डाउनिङ स्ट्रिटस्थित बेलायती प्रधानमन्त्री निवासबाहिर रहेको अनसनस्थलमा लगाइएको त्रिपाल मंगलबार बिहान बेलायती प्रहरीले हटाइदिएको थियो ।

भेटघाटमा अध्यक्ष प्रेम गाहा मगरका साथ महासचिव खुशी लिम्बु र आइसीसी सदस्य समीर खनाल उपस्थित थिए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको सम्मान डा. बराललाई र पुरस्कार संगीतकार गुरुङलाई

काठमाडौँ, १ माघ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा...

नेफिन आईसीसी संयोजक मानबहादुर रानामगर संगठनबाट निष्कासित

काठमाडौं, १ माघ । नेफिन आईसीसीका तत्कालिक संयोजक र सहसंयोजकलाई कार्यवाही गरिएको छ ।...

विनेसाम जापानको दोश्रो अधिवेशन सम्पन्न, नेतृत्वमा पुनः इङ्नाम

जापान, १० जनवरी । जनवरी ९ तारिकमा जापानको टोकियोस्थीत विश्व नेपाली साहित्य महासङ्घ (विनेसाम)...

अमेरिकाबाट ‘यो जीवन मिठो’ सार्वजनिक

काठमाडौं, २४ पुस । अमेरिकामा रहेका युवा निर्देशक सुमन दाहाल निर्देशित पछिल्लो भिडियो ‘यो...

अमेरिकाको टेक्सासमा याक्थुङ चुम्लुङको चासोक तङनाम साँझ र अधिवेशन सम्पन्न

नगेन्द्र ईङनाम “आठराईली” टेक्सास, ३ जनवरी । अमेरिकाको टेक्सास राज्यस्थित अर्भिङ शहरमा लिम्बुहरुको मौलिक...

मकाउमा मौलिक चाडपर्वहरुको अवसरमा सामुहिक रूपमा शुभकामना आदानप्रदान

-सन्देश ‘ईङघङ’ मकाउ, १३ पुस । मकाउमा सामुहिक रूपमा मौलिक चाडपर्वहरुको अवसरमा शुभकामना आदानप्रदान...

सर्जकहरूले मास्टर मित्रसेन थापालाई सम्झे

लन्डन, २८ डिसेम्बर । पुराना एवम् चर्चित लोकगायक मास्टर मित्रसेन थापा मगरलाई उनले दिएको...

अमेरिकामा भव्यतका साथ मनाईयाे चासाेक तङ्नाम

न्युयोर्क । अमेरिकामा चासोक तङ्नाम धुमधामका साथ मनाइएको छ । किरात याक्थुङ चुम्लुङ् अमेरिकाको...

किरात याक्थुङ चुम्लुङको ग्रेटर लण्डन शाखाले उधौली र चासोक तङ्नाम मनायो

प्रिन्स याक्खा लण्डन, १३ डिसेम्बर । किरात याक्थुङ चुम्लुङको ग्रेटर लण्डनको सिनियर ब्रान्चले फेल्थाम...

संस्थाको कुशल व्यवस्थापक सम्मान दिपेश लिम्बुलाई प्रदान

न्यूयोर्क, २७ नोभेम्बर । किरात आक्थुङ चुम्लुङ अमेरिकाले दिपेश लिम्बुलाई संस्थाको कुशल व्यवस्थापकको रूपमा...