अभिनेता खड्काले प्रचण्ड र महरालाई भेटी चलचित्र क्षेत्रलाई चलायमान बनाउन गरे आग्रह - Naya Online

अभिनेता खड्काले प्रचण्ड र महरालाई भेटी चलचित्र क्षेत्रलाई चलायमान बनाउन गरे आग्रह

काठमाडौँ, २८ साउन । चलचित्र कलाकार संघका पुर्वअध्यक्ष एवं नायक निर्माता नवल खड्काले लकडाउनका कारण धराशायी बनेको चलचित्र क्षेत्रलाई चलायमान बनाउन र नेपाली मौलिक चलचित्रहरुको प्रवद्र्धनका लागि विशेष पहल गरिदिन माओवादी नेतासँग आग्रह गरेका छन् ।

खड्का सिमानामा काँडेतार अभियानका संयोजक पनि हुन् । उनले पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड र पूर्व सभामुख कृष्णबहादुर महरालाई भेट गरी सोह आग्रह गरेका हुन् ।

बुधबार प्रचण्ड निवास पुगी अभिनेता खड्काले नेपाली समग्र चलचित्र क्षेत्रको समस्या र चुनौतीबारे ब्याख्या गर्दै राज्यले विशेष अनुदान दिएर थलापरेको चलचित्र क्षेत्रलाई उठाउँन अनुरोध गरेका थिए ।

अभिनेता खड्काले राष्ट्रियता संकटमा पर्ने जनाउँदै एमसीसी पास नगर्न पनि नेताद्वयलाई आग्रह गरेका छन् । उनले भ्रष्टाचार नियन्त्रणमा पनि राजनीतिक दल र सरकारले विशेष कदम चाल्नुपर्ने सुझाव दिएका छन् ।

पूर्व प्रधानमन्त्री एवं अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले चलचित्र क्षेत्रका समस्याबारे आफू गम्भीर भएको बताउँदै यस विषयमा आफ्नो तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।

पूर्व सभामुख महराले चलचित्र क्षेत्रलाई चलायमान बनाउन विशेष अनुदानका लागि आफूले पहल गर्ने बताए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

रक्साना लिम्बु जिाताउ अभियान अन्तर्गत अमेरिका निवासी किशोर सुब्बाको सहयोग

काठमाडौ, २९ पुस । सुमधुर स्वरकी धनी रुक्साना लिम्बु विविध विधाका गीतहरु गाउन सक्ने...

पाःलाम ‘सिरिजङ्गा तङ्नाम’को छायांकन सम्पन्न

काठमाडौं । लिम्बू भाषाको पाःलाम ‘सिरिजङ्गा तङ्नाम’को बुधबार छायांकन सम्पन्न भएको छ । पाःलाममा...

‘फक्ताङ्लुङ् सेसे’ पाःलाम सार्वजनिक

काठमाडौं, २४ पुस । ‘फक्ताङ्लुङ् सेसे’ पाःलाम सार्वजनिक भएको छ । पाःलाममा पेशल माबुहाङको...

अमेरिकाबाट ‘यो जीवन मिठो’ सार्वजनिक

काठमाडौं, २४ पुस । अमेरिकामा रहेका युवा निर्देशक सुमन दाहाल निर्देशित पछिल्लो भिडियो ‘यो...

मिसेस हिमालयन नेपाल २०२१ कि बिजेता बनिन भिष्मा नेम्बाङ

काठमाडौं, १९ पुस । मिसेज हिमालयन नेपालको हालै सम्पन्न आठौं संस्करणमा इलामकी भिस्मा नेम्वाङ्गले...

सञ्चारकर्मी गीता अधिकारीको ‘श्वास फेरी…’

काठमाडौं, १७ पुस । सञ्चारकर्मी गीता अधिकारीको नयाँ गीत ‘श्वास फेरी’ सार्वजनिक भएको छ...

भाग्य भित्र जीवन खोज्दै

काठमाण्डौ, १३ पुस । गायिका अञ्जु पन्तको स्वरमा केही दिन पहिले सार्जजनिक भएको ‘भाग्य...

बलिउडकी गायिका असीस कौरको काठमाडौमा कन्सर्ट

काठमाडौँ, १३ पुस । बलिउडकी चर्चित गायिका असीस कौर नेपाल आउने भएकी छन् ।...

चलचित्र सिमानामा काँडेतारको छायांकन सम्पन्न

काठमाडौँ, १४ पुस । सिमानामा काँडेतार बारले मुलुकबिचका नागरिक र भूमिको संरक्षण मात्रै गर्दैन,...

‘आकासे खेती’ को फष्टलुक

काठमाडौं । उदय सुब्बाको निर्देशन रहेको फिल्म ‘आकासे खेती’ को फष्टलुक अफिसियल पोस्टर सार्वजनिक...