आठ जना सञ्चारकर्मीलाई फोनिज अवार्ड - Naya Online

आठ जना सञ्चारकर्मीलाई फोनिज अवार्ड

काठमाडौँ, २८ साउन । आदिवासी जनजाति पत्रकार महासंघबाट हरेक बर्ष प्रदान गरिने फोनिज अवार्डबाट वरिष्ठ सञ्चारकर्मी कुमार यात्रुसमेत आठजना सम्मानित भएका छन् । इन्डिजिनियस टेलिभिजन र आइटिभि नेपालमा आबद्ध यात्रु फोनिज गठन हुन पूर्ब रहेको अनिजका संस्थापक मध्ये एक हुन् ।

 

फोनिज अवार्ड प्राप्त गर्नेमा प्रेस काउन्सिलका पूर्ब अध्यक्ष भवानी बराल पनि थिए । बराल धरानबाट पत्रकारिता गर्दे आएका छन् । उनले झिल्को अनलाईन चलाउने गर्छन् । लिम्बूवान प्राप्तीको आन्दोलनमा समेत होमिएका बरालले सो अवसरमा बोल्दै आफनो सम्मानले पत्रकारितामा लाग्नेहरूलाई थप हौसला पुगेको बताए ।

यसरी नै नेवा भाषाकी समाचार वाचिका रचना श्रेष्ठले रेडियो बिधामा अवार्ड प्राप्त गरिन । उनीसंगै जलजला रेडियो रोल्पाका मौसम रोक्काले पनि रेडियो बिधाको फोनिज अवार्ड प्राप्त गरेका थिए ।

छापा, टेलिभिजन, रेडियो र अनलाईन बिधामा फोनिज अवार्ड प्राप्त गर्ने अन्यमा राजकुमार दिक्पाल, आङदावा शेर्पा, तिलक पुन मगर, इन्द्रजीत मुखिया समेत थिए । मातृभाषामा प्रकासित तान्छोप्पा (लिम्बु भाषा) र पहुरा (थारु भाषा) लाई पनि सम्मान गरिएको थियो ।

पुरस्कार वितरण समारोहमा बोल्दै सूचना आयोगका प्रमूख सूचना आयुक्त महेन्द्रमान गुरुङले आदिवासीहरूको पहिचानजनित पत्रकारिता आजको आवश्यकता भएको बताए । उनले सूचनाको हक कार्यन्वयनमा मातृभाषामा सूचना पाउने अधिकार सुरक्षित गर्न आफनो प्रयास जारी रहेको बताए ।

फोनिजका अध्यक्ष डण्ड गुरुङको अध्यक्षतामा भएको कार्यक्रम महासचिव मनोज घर्ती मगरले सञ्चालन गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष गजुरधन राईले राखेका थिए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अक्सिजन कन्सन्ट्रेटर मेशिन गाउँपालिकालाई हस्तान्तरण

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । कुम्मायक गाउँपालिकाको स्वास्थ शाखा कार्यालय यासोकलाई तेजकुमार...

ठेक्केदारको कारण लुम्भुघाट पुलको काम अलपत्र

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । पाँचथर र तेह्रथुम जिल्ला जोडिने लुम्भुघाट पक्की...

‘अक्षर अक्षरमा देश’ लिएर आए दीपक समीप

पोखरा । मुक्तककार दीपक समीपको मुक्तक संग्रह ‘अक्षर अक्षरमा देश’ को एक भव्य समारोहबीच...

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको सम्मान डा. बराललाई र पुरस्कार संगीतकार गुरुङलाई

काठमाडौँ, १ माघ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा...

पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङको प्रथम साधारणसभा सम्पन्न

तेह्रथुम, १ माघ । फेदाप पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थामरुङ फेदापको प्रथम साधारणसभा सम्पन्न...

न्यु जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधरण सभा सम्पन्न

इटहरी, १ माघ । न्यू जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको...

प्रदेश प्रमुख खापुङद्वारा माघे संक्रान्तिको शुभकामना व्यक्त

विराटनगर, १ माघ । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङद्वारा माघे...

कुम्मायक गाउपालिकाको एघारौ गाउसभा सम्पन्न

पदम सुखी सम्बाहाम्फे पाँचथर, १ माघ । कुम्मायक गाउपालिकाको एघारौं गाउँसभा बैठक सम्पन्न भएको...

रक्साना लिम्बु जिाताउ अभियान अन्तर्गत अमेरिका निवासी किशोर सुब्बाको सहयोग

काठमाडौ, २९ पुस । सुमधुर स्वरकी धनी रुक्साना लिम्बु विविध विधाका गीतहरु गाउन सक्ने...

धरानमा गुञ्जियो सीमानापारिका कवि र कविता

-प्रकाश दिप्साली राई/नडाहा कुनै दिन खोलाबाट पानी भाग्यो भने आँखाबाट सपनाहरू भागे भने सम्झनु...