२७ साउन, ललितपूर । भरतपुर महानगरको पश्चिम क्षेत्र निर्वाचन क्षेत्र नं. ३ भित्रका २८ ठाउँमा डिप बोरिङको काम सुरु भएको छ ।
त्यहाँका कृषि योग्य जमीनमा सिंचाईको पर्याप्त उपलब्धताका लागि महानगर बाहेक संघीय सरकारको भूमिगत सिंचाई आयोजना अन्तर्गत २८ ठाउमा डिप बोरिङको ठेक्कामा लागि काम सुरु भएको भरतपूर महानगरपालिकाको मेयर रेणु दाहालले जानकारी दिएकी छन् ।
जसमा १४, २४, २५, २७, १८ लगायतका ८ वटा वडामा काम सम्पन्न भई केहि दिनमै संचालनमा आउदै छ भने बांकि ठाउँको काम अगाडी बढ्ने क्रममा रहेको छ पनि मेयरले सामाजिक संजालमा उल्लेख गरेकी छन् ।
मेयर उक्त कार्यले भविश्यमा सिंचाईको अभावलाई समाधान गर्ने विश्वास रहेको बताउछिन् ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।