दि भोइस अफ नेपालका उपविजेता ज्वाला राई सम्मानित - Naya Online

दि भोइस अफ नेपालका उपविजेता ज्वाला राई सम्मानित

ललितपुर, २६ साउन । दि भोइस अफ नेपाल सिजन ३ को फाइनलिस्ट ज्वाला राईलाई सम्मान गरिएको छ । उनलाई ज्वाला राई जिताउ अभियानले एक कार्यक्रम गरी मंगलबार सम्मान गरेको हो ।

कार्यक्रममा ज्वाला राईले सहयोगीहरूप्रति ऋणी रहेको र उक्त ऋण राम्रा गीतसंगीत प्रस्तुत गरी तिर्न चाहेको बताए ।

कार्यक्रममा सिजन २ का फाइनलिस्ट विकास लिम्बू, यासेली योङ्हाङ, गायक/संगीतकार तथा संगीत उद्यमी अशोक मुकारुङ, गायक/संगीतकार विक्रम राई लगायतका उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै विकास लिम्बूले सुरुवातमा ज्वालाको समर्थनमा कोही नभएको अनुभव भएतापनि हाङ चेम्जोङलाई भेटेपछि केहि हौसला प्राप्त भएको बताए । त्यसैगरी ज्वालालाई सहयोग गर्नेहरूप्रति आभार प्रकट पनि गरे । सिजन २ मा आफूहरू फाइनलिस्ट हुँदा पनि किरात याक्थुङ चुम्लुङ र वनेम परिवारले सम्मान गरेको सम्झना गर्दै फाइनलिस्ट बन्नु नै ठूलो कुरा भएको बताएका थिए । साथै बधाई पनि दिएका थिए ।

मुन्धुमविद् कलाकार यासेली योङ्हाङले जो मान्छे लड्छ लडेर उठेको मान्छेले लक्ष्य प्राप्त गर्ने र त्यो लक्ष्य प्राप्तिको लागि ज्वालालाई शुभकामना दिए । साथै यो ज्वालाको हार नभएको बताए । “प्रतियोगिता जित्नु ठूलो कुरा हैन, मान्छेको मनलाई जित्नु ठूलो कुरा हो ।” योङहाङको भनाई थियो ।

सबैको प्रयास वाबजुद ज्वाला टप ४ मा पुगेको र टप ४ मा पुग्नु आफ्नो जित रहेको अशोक मुकारुङले बताए । मुकारुङले अझैं पनि सकेको सहयोग गर्ने भन्दै सांगीतिक उज्वल भविश्यको कामना गरेका थिए ।

ज्वाला राई जिताउ अभियानका संयोजक हाङ चेम्जोङले र्याली  र अहिले सम्मान कार्यक्रम गरिरहँदा किन भन्ने प्रश्न आइरहेको बताए । यसको जवाफ दिँदै हाङ्ले भने –“कलाकार आँखाको नानीजस्तै हो । कला र गलालाई सम्मान गरिनुपर्छ भन्ने मान्यतालाई स्थापित गर्नुपर्छ ।”

शुरुमा ज्वाला राईको प्रचारप्रसार नभएको हो कि भन्ने लागेर उनका लागि अभियान सुरु गरेको र त्यस अभियानमा धेरैजना जोडिएको हाङले बताए । उनले आर्थिक सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद पनि दिएका थिए ।

रिदम अलनलाइन टिभीमा रहेको कार्यक्रमको पूर्ण भिडियो यस लिंकमा गई हेर्नुहोस् ।

https://www.youtube.com/watch?v=8u7a601zp0c

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

रक्साना लिम्बु जिाताउ अभियान अन्तर्गत अमेरिका निवासी किशोर सुब्बाको सहयोग

काठमाडौ, २९ पुस । सुमधुर स्वरकी धनी रुक्साना लिम्बु विविध विधाका गीतहरु गाउन सक्ने...

पाःलाम ‘सिरिजङ्गा तङ्नाम’को छायांकन सम्पन्न

काठमाडौं । लिम्बू भाषाको पाःलाम ‘सिरिजङ्गा तङ्नाम’को बुधबार छायांकन सम्पन्न भएको छ । पाःलाममा...

‘फक्ताङ्लुङ् सेसे’ पाःलाम सार्वजनिक

काठमाडौं, २४ पुस । ‘फक्ताङ्लुङ् सेसे’ पाःलाम सार्वजनिक भएको छ । पाःलाममा पेशल माबुहाङको...

अमेरिकाबाट ‘यो जीवन मिठो’ सार्वजनिक

काठमाडौं, २४ पुस । अमेरिकामा रहेका युवा निर्देशक सुमन दाहाल निर्देशित पछिल्लो भिडियो ‘यो...

मिसेस हिमालयन नेपाल २०२१ कि बिजेता बनिन भिष्मा नेम्बाङ

काठमाडौं, १९ पुस । मिसेज हिमालयन नेपालको हालै सम्पन्न आठौं संस्करणमा इलामकी भिस्मा नेम्वाङ्गले...

सञ्चारकर्मी गीता अधिकारीको ‘श्वास फेरी…’

काठमाडौं, १७ पुस । सञ्चारकर्मी गीता अधिकारीको नयाँ गीत ‘श्वास फेरी’ सार्वजनिक भएको छ...

भाग्य भित्र जीवन खोज्दै

काठमाण्डौ, १३ पुस । गायिका अञ्जु पन्तको स्वरमा केही दिन पहिले सार्जजनिक भएको ‘भाग्य...

बलिउडकी गायिका असीस कौरको काठमाडौमा कन्सर्ट

काठमाडौँ, १३ पुस । बलिउडकी चर्चित गायिका असीस कौर नेपाल आउने भएकी छन् ।...

चलचित्र सिमानामा काँडेतारको छायांकन सम्पन्न

काठमाडौँ, १४ पुस । सिमानामा काँडेतार बारले मुलुकबिचका नागरिक र भूमिको संरक्षण मात्रै गर्दैन,...

‘आकासे खेती’ को फष्टलुक

काठमाडौं । उदय सुब्बाको निर्देशन रहेको फिल्म ‘आकासे खेती’ को फष्टलुक अफिसियल पोस्टर सार्वजनिक...