फिप्ना कप २०२१ सम्पन्न - Naya Online

फिप्ना कप २०२१ सम्पन्न

न्यूयोर्क, १० अगष्ट । २७ औं विश्व आदिवासी दिवस २०२१ को अवसरमा नेपाल आदिवासी जनजाति महासंघ अमेरीका (फिप्ना)द्वारा आयोजित ‘फिप्ना कप भलिबल तथा फुटबल’ प्रतियोगिता सम्पन्न भएको छ । न्यूयोर्कको क्वीन्स व्रिज पार्कमा अगष्ट ७–८ सम्म सन्चालित प्रतियोगिता हालसम्मको सर्वाधिक ठूलो पुरस्कार राशी भएको आयोजकले जनाएको छ ।

१४ टिम सहभागी भएको भलिबल खेलको उपाधी नेपस्टार डालस टेक्सासले जितेको छ भने तमु गुरूङ सोसाइटी दोस्रो भएको छ । त्यस्तैगरी १८ टिम सहभागी फुटबलमा न्यूयोर्क फुटबल क्लब प्रथम भएको छ भने याक फुटबल क्लब दोस्रो भएको छ । विजेता खेलाडीहरूलाई क्रमश प्रथम पुरस्कार नगद ४५०० र दोस्रो ४३००, कप, मेडल तथा प्रमाण पत्र हस्तान्तरण गरीएको छ ।

फिप्नाद्वारा आयोजित फिप्ना कप भलिबल र फुटबल २०२१ को संयोजक तथा व्यवस्थापनमा फुटबल तर्फ संयोजक सुमन थामेसुहाङ तथा सह संयोजकहरू वाङला लामा, कुमार शेरचन, अजित गुरूङ, सेहाङ नेम्बाङ र बुद्धि गुरूङ रहेका थिए । त्यस्तैगरी भलिबल खेलको संयोजक याम पुन र सह संयोजकहरू क्रमशः हरि राना, जित गुरूङ, मनप्रसाद रोक्का, पासाङ लामा, ईन्द्र थापा, सुजल छन्त्याल, दिपबहादुर रानामगर, विकास घर्तीमगर रहेको सचिवाल टिमले काम गरेका थिए ।

दुई दिनसम्म सन्चालन भएको फिप्ना कप २०२१ ले नेपाली अमेरीकन समुदायमा युवा तथा खेलकुदको माध्यममार्फत नेपाली अमेरीकन पहिचान स्थापित गराउने अभियान रहेको आयोजक नेपाल आदिवासी जनजाति महासंघ अमेरीकान अध्यक्ष लोक चेम्जोङले बताएका छन् ।

फिप्ना कप २०२१ लाई न्यूयोर्क राज्य सभा सदस्य माननीय जेनिफर राजकुमार, नेपाली महावाणिज्य दुतावासका कार्यवाहक महावाणिज्य दुत विष्णुप्रसाद गौतम, ब्रुक्लिङ बोरो प्रेसिडेण्ड एरिक एडम, एनआरएन अमेरिकाका अध्यक्ष बुद्धि सुवेदीलगायत विभिन्न नेपाली अमेरीकन समुदायमा क्रियाशील संघ संस्थाका प्रमूख तथा प्रतिनिधिहरूले बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

प्रविधिक टोली, स्वयंसेवक र खेलाडीहरूको उत्साहजनक सहभागीता र सहयोगले फिप्ना कप २०२१ खेल महोत्सवको रूपमा सम्पन्न भएको फिप्नाका महासचिव नरेन्द्र थापाले नयाँअनलाइनलाई जानकारी दिएका छन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

दशैंको अवसरमा पोर्तुगलमा मैत्रीपूर्ण भलिबल खेल

केश तमू पोर्तुगल, १४ अक्टोबर । नेपाली एकता समाज, पोर्तुगलको मैत्रीपूर्ण भलिवल खेल प्रतियोगितामा...

नेपाली महिला फुटबल टिमले आज बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दै

काठमाडौ, २४ भदौ । नेपाली महिला फुटबल टिमले आज बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ...

नेपाल र भारतबीच दोस्रो मैत्रीपूर्ण खेल आज साँझ ५ः३० बजे

  काठमाडौ, २० भदौ । नेपाल र भारतबीच दोस्रो मैत्रीपूर्ण खेल आज साँझ हुँदैछ...

नेपाल भारतको मैत्रीपूर्ण खेल बराबरीमा सकियो

काठमाडौ, १७ भदौ । नेपाल र भारतबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल बराबरीमा सकिएको छ ।...

भारतले फर्कायो गोल, नेपाल भारत बराबरी

काठमाडौ, १७ भदौ । नेपाल र भारतबीच भइरहेको मैत्रीपूर्ण खेलमा भारतल ५९ औं मिनेटमा...

भारतविरुद्ध पहिलो हाफमा नेपाल १–० ले अघि

काठमाडौ, १७ भदौ । दशरथ रंगशालामा भइरहेको भारत र नेपालबिचको मैत्रिपूर्ण खेलमा पहिलो हाफ...

१२ बर्ष पछि म्यानचेस्टर युनाइटेड फर्कदै रोनाल्डो, इङ्ल्यान्डको सार्वजनिक स्थलहरूमा उनको पोस्टर तथा भिडियोहरू डिस्प्ले

सन्देश ‘ईङ्घङ’ मकाउ, २ सेप्टेम्बर । विश्व फुटबल जगतको किर्तिमानी खेलाडी क्रिश्चियानो रोनाल्डो म्यान्चेस्टर...

दशरथ रंगशालामा आज नेपाल र भारत भिड्दै

काठमाडौ, १७ भदौ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज नेपाल र भारतबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल...

मेस्सीले आँसु पुछेको टिस्यू पेपर लिलामीमा, मूल्य ११ करोड

धरान । दैनिक प्रयोगमा आउने बस्तुहरु मध्ये संसारकै सबैभन्दा सस्तो बस्तुहरुमा टिस्यु पेपर पनि...

मेस्सी: जसले फुटबल दुनियाँलाई रुवाए ….

भरौलको मनोज विष्ट यो साता विश्व फुटबल जगत गरमागरम बन्यो । विश्वभरिका खेल समर्थक...