मलेसियामा कोभिडका नेपाली बिरामीहरू जंगलछेउको कन्टेनरमा, हरेकदिनजसो निधन - Naya Online

मलेसियामा कोभिडका नेपाली बिरामीहरू जंगलछेउको कन्टेनरमा, हरेकदिनजसो निधन

सीता तुम्खेवा

कोरोना महामारीबाट विश्व नै प्रभावित छ । सुरुवाती अवस्थामा देशका मुख्य सहरका सिमित व्यक्ति संक्रमित भएका थिए । सरकारको लापरवाही र जनताले समयमा सचेतना नअपनाउदा अहिले नियन्त्रण बाहिर गएको छ । गाउँघरको कुनाकुनासम्म पुगेको छ ।

अधिकांश नेपालीहरूको रोजगारीको पछिल्लो गन्तव्य हो, मलेसिया । लाखौंको संख्यामा नेपालीहरू रहेको मलेसिया पनि अहिले कोभिडको चरम आक्रमणमा छ । जसका कारण धेरै नेपालीहरूको ज्यान गइसकेको छ ।

रोजगारको शिलशिलामा मलेसिया रहँदै आएका लालिगुराँस नगरपालिका तेह्रथुमका तुलसी माबुहाङलाई कोभिडले आक्रमण गर्यो । यस पंक्तिकारसँग भएको संक्षिप्त कुराकानीअनुसार कम्पनीले राम्रो उपचार नगरेको र कम्पनीले नेपाल आउन पनि नदिएको कारण आफ्नै खर्चमा नेपाल फर्किए ।

“राम्रो उपचार नगर्ने, ठीक भएर जा मात्रै भन्ने, त्यहीँ भएर आफ्नै खर्चमा तत्काल नेपाल आउदैछु । म त मर्न लागे है !” पंक्तिकारसँग भएको तुलसी मावुहाङको अन्तिम संवाद थियो । त्यसपछि “नेपाल आइपुग्नुभो ?” भन्ने प्रश्नको जवाफ आएन । एकैपटक सामाजिक संजालमा छ्याप्छ्याप्ती श्रदाञ्जली देख्न पाइयो ।

काठमाडौँ उत्रिने बित्तिकै अस्पताल भर्ना भएका उनको उपचारकै क्रममा नर्भिक अस्पतालमा निधन भएछ । नेपाल आइपुगेको २ दिनमै उनको निधन भयो ।

मलेसियाकै रेभेन्यु आइकोन सेक्युरिटी कम्पनीमा सुरक्षागार्डको रूपमा काम गर्दै आइरहेका सुर्खेतका बमबहादुर खड्का लगायत ५ जनालाई पनि कोरोना पुष्टि भएपछि होम आइसोलेसनमा बसेका थिए । संक्रमणको जटिल अवस्थामा रहेका उनिहरूले राम्रो उपचार पाएनन् । कम्पनीलाई खवर गरेतापनि वास्ता गरेनन् । ती मध्ये बम बहादुर खड्काको जुलाई ३० तारिखका दिन निधन भयो ।

त्यस्तै पुत्राजयामा सुरक्षागार्डको रूपमा काम गर्दै आइरहेका भोजपुर हतुवागडिका हेमराज राई, शनिश्चरे–२ पथरी मोरङका बालकृष्ण नेपाली, झापाका प्रदिप बहादुर पिठाकोटी, संखुवासभाका प्रेम राई, रिद्धिकोट–७ पाल्पाका यमबहादुर गाहा मगरलगायत थुप्रै संख्यामा नेपालीहरूको निधन भइसकेको छ । उल्लेखित सबैको विवरण मलेसियामा रहदै आएका तिलोचन गौतमले आफ्ना फेसबुकमा लेखेका छन् ।

मलेसियामा निधन भएका केही व्यक्तिहरु, तस्बिरः तिलोचन गौतमको फेसबुकबाट

 

नाम उल्लेख नगर्ने सर्तमा मलेसियाकै एक कम्पनीमा कार्यररत नेपाली महिलाले नयाँ अनलाइनलाई दिएको जानकारी अनुसार उनी लगायत कम्पनीमा कार्यरत धेरैजनालाई कोरोना पोजेटिभ भयो । कोरोना पोजेटिभ जतिलाई कम्पनीले जंगल छेउको एउटा कन्टेनरमा लगेर राख्यो । राम्रो उपचार गरेनन् । उपचारको नाममा दिनमा एकपटक डाक्टर चिहाउन जान्थ्यो । कोभिडका विरामीले खानेजस्तो पोषिलो खाना दिइन्नथ्यो । सामान्य खाना दिइन्थ्यो । त्यसरी डाक्टर दिनमा एकपटक जाँदा जिउँदो छन् छैनन् भनी चिहाउन गएजस्तो मात्रै आभास हुने उनले बताइन् ।

भाग्यवश उनले कोभिड जितिन् । हल्का ज्वारो अझै छ । कम्पनीले काममा फिर्ता बोलाईसक्यो । कति अझैँ आइलेशनमै छैन् । उनिहरूले राम्रो उपचार पाएका छैनन् ।

मलाकामा रेस्टुरेन्ट व्यावसाय चलाउँदै आइरहेका प्रमिश तुम्खेवा चिनजानका साथीहरू गुमाइरहँदाको तितो अनुभव सुनाउछन् । उनका अनुसार मलेसियामा दिनको १/२ जनाको निधन भइरहेको छ । एकजना कोभिड बिरामीका लागि हामीले आर्थिक संकलन गर्दै थियौं, उनको निधन भयो –तुम्खेवाले बताए ।

प्रवासको बसाई, घरको ऋण, कम्पनीमा काम नहुनु जस्ता चिन्तामथि कोभिड हुनु र उपचारका लागि पैसा नहुँदा त्यसले झनै कमजोर मानसिकता बनाएको कारण पनि मत्युवरण गर्नुपरेको हो कि भन्ने उनको ठम्याई छ ।

मलेसिया सञ्चारकर्मी इश्वर राईका अनुसार यसपटकको अलि फरक किसिमको छ । त्यहिँ भएर कतिलाई थाहै हुदैन । प्रायः खोकी त सबैलाई नै छ । सुरुमा ज्वरो आउने, टाउको दुख्ने, ज्वरोसँगै पसिना आउने, शरीरको भित्री भाग हल्का दुखिरहने, घाँटी खसखसाउने, खोकी लाग्ने तर गन्ध र स्वाद नहराउने हुन्छ । सबै लक्षणहरूस् पहिलाको जस्तो नभएपछि म संक्रमित हैन भन्ने लाग्छ । र, रोग प्रतिरोधात्मक सक्ति कम हुनेहरूको ज्यान लिने गर्दछ – इश्वर बताउछन् ।

के भन्छ मलेसियास्थित नेपाली दुतावास ?
मलेसियामा कोभिड महामारी, नेपाली श्रमीकहरूको दर्दनाक अवस्थाबारे मलेसियास्थित नेपाली दुतावास श्रोतसँग बुझदा दुतावासका कर्मचारी आफैँ पनि कोभिड संक्रमित भई अहिले फोनबाट मात्रै काम गरिरहेको बुझिएको छ ।

दुतावासका दुईजना कर्मचारी पनि संक्रमित भएका थिए । जसमध्ये दुतावासका जनमसम्पर्क अधिकृत टेक बुढालाई भेन्टिलेटरमै राखि उपचार गर्नुपरेको थियो । उनिहरू दुतावासको प्रतिनिधित्व गर्दै कोभिडबाट निधन भएकाहरूको शव व्यावस्थापन र दाहसंस्कार गर्दै आएका थिए ।

अहिलेसम्म कतिजनाको ज्यान गइसक्यो भन्ने प्रश्नमा भने दुतावास श्रोत खुल्न चाहेनन् । यसअघि संक्रमित संख्या र निधन संख्या सार्वजनिक गर्दै आइरहेको दुतावासले अहिले भने डाटा बताउन चाहेनन् । अब सचेताना फैलाउन र कोभिडविरुद्धको खोप लगाउनु नै अन्तिम विकल्प भएको दुतावासका द्धितिय सचिव प्रतिक कार्कीले श्रोतलाई बताएका थिए ।

मलेसियाका अधिकांश नेपालीहरू बताउछन्, अस्पताल जाँदा झनै संक्रमण बढ्ने डरले होम आइसोलेसन रोज्ने गर्छन् । कति भने अवैधानिक भएको कारण सरकारी अस्पतालमा जान डराउछन् । कोरोना भई निधन भएकाहरूलाई उतै दाहसंस्कार गर्ने गर्छन् । अवैधानिकको हकमा दुतावासलाई अस्पतालबाट खबर आउछ, दुतावासले सम्बन्धितहरूको आफन्तहरूसँग मञ्जुरी लिएर मलेसियामै दाहसंस्कार गर्ने गरेका छन् ।

कोभिडले जुलाईभित्रमात्र करिब ८० जनाको निधन भइसकेको श्रोतको अनुमान छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

तिर्सना नेम्बाङको उपस्थितिमा मलेसियामा भव्य चासोक तङ्नाम

जेडी गाउँले क्वालालम्पुर । मलेसियाका लागि नेपाली राजदूतवासका कार्यवाहक राजदूत मुदिता बज्रचार्यको प्रमुख आतिथ्यमा...

मलेसियाको अस्पतालमा ४७८ दिन पहिचानविहिन

जेडी गाउँले मलेसिया । Tengku Ampuan Rahima Hospital, Kelang मा पहिचान नखुलेको अवस्थामा उपचाररत...

हङकङमा रुक्साना, लक्ष्मी र राजनले न्यू इयर इभमा प्रस्तुति दिने

हङकङमा गायिका रुक्साना लिम्बु, गायिका तथा अभिनेत्री लक्ष्मी योङहाङ र राजन पंधाकको सांगीतिक कार्यक्रम...

किरात याक्थुङ चुम्लुङ मलेसियाले चासोक मनाउँदै

क्वालालम्पुर । किरात याक्थुङ चुम्लुङ मलेसियाले डिसेम्बर २९ तारिख चासोक तङ्नाम मनाउने भएको छ...

नर्वेमा नेपाली स्रष्टा पुरस्कृत

युवा नेपाली सर्जक प्रकाश आङ्देम्बे नर्वेको एक प्रतिष्ठीत पुरस्कारबाट पुरस्कृत भएका छन् । शरणार्थी...

महिला फुटबल क्याप्टेन तुम्बापोको घर निर्माणको लागि हङकङमा लाखौं संकलन

काठमाडौं । महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित...

नेपाल पत्रकार महासंघ यूकेको अध्यक्षमा बिमला सेने निर्वाचित

सुरेन्द्र इङ्नाम लन्डन । नेपाल पत्रकार महासंघ यूके शाखाको अध्यक्षमा बिमला सेने निर्वाचित भएका...

विनेसामको १५औँ स्थापना दिवस तथा २११औँ भानुजयन्ती सम्पन्न

विनेसामको १५औँ स्थापना दिवस तथा भानुजयन्ती भव्य भर्चुअल कार्यक्रममा सम्पन्न भएको छ । विश्वका...

दाता र दूतवासको सहयोगमा दुई पीडितको उद्धार

जेडी गाउँले क्वालालम्पुर । मलेसियामा लामो समयदेखि अवैधानिक बसोबास गरिरहेका दुई पीडित श्रमिक नेपालीलाई...

कियाचु युकेको आयोजनामा १५औं यलम्बरहाङ कप

सुरेन्द्र इङ्नाम युके । बेलायतको याल्डिङ्मा किरात याक्थुङ् चुम्लुङ् यूकेको आयोजनामा १५ औ यलम्बरहाङ्...