ढाक्रेको ‘गीत अनि कविता’ विमोचित - Naya Online

ढाक्रेको ‘गीत अनि कविता’ विमोचित

ललितपुर, २५ साउन । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य जुद्ध ढाक्रेको नयाँ कृति ‘ढाक्रेको गीत अनि कविता’ विमोचन गरिएको छ ।

सोमबार ललितपुरको बालकुमारीस्थित जसपा केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा जसपाका वरिष्ठ नेता अशोक राईले उक्त कृतिको विमोचन गरेका हुन् ।

वरिष्ठ नेता राईले जुद्ध ढाक्रेकागीत र कविताहरू प्राकृतिक छाँगा वा छहराजस्तै भएको बताए । ‘मैले सुरुदेखि अन्तसम्म पढेँ,’ उनले भने, ‘जुद्धजीका गीत र कविताहरू विल्कुल प्राकृतिक छाँगाजस्ता छन्, न कि इन्जिनियरले रेखांकन गरेको नहरजस्तो ।’

जसपाका केन्द्रीय सदस्य राजकुमार राईले ढाक्रे शब्दमाथि जोड दिँदै ढाक्रे कवि नहुने बताए ।

‘ढाक्रे कवि हुँदैन, ढाक्रे गायक चाहिँ हुन्छ । उकाली ओह्राली गर्दा आफ्नो दुःखसुखका गीत गाउँछ,’ उनले थपे, ‘दुःखसुख गर्दै उकाली ओह्राली गरे पनि, पीडा भएपनि, तरतरी पसिना बगाउँदै जीउ दुखे पनि बेलुका बसेर हाक्पारे गाउने, जुहारी खेल्ने, पालम गाउने, यस्तो हुन्थ्यो । तर यस स्रष्टा (जुद्ध ढाक्रे) पनि ढाक्रे जीवनबाट समय र परिस्थितिले अर्को युगतिर प्रवेश गरेको होला, त्यसकारण उहाँ कवि पनि बन्नुभयो ।’ राईको भनाई थियो ।

कार्यक्रममा जुद्ध ढाक्रेले आफ्नो गीत र कविताहरू आफू जस्तै भएको बताए ।

ओखलढुंगाको सिद्धिचरण नगरपालिका वडा नं ९ घर भएका उनले आफ्नो कृतिबारे भने, ‘राम्रो देखिन मान्छेले पोलिसिङ (चम्काउने) मेस्मोराइजिङ (मन्त्रमुग्ध पार्ने) गर्छन् । तर म त्यसो गर्दिनँ । म जे हुँ त्यही लेखेको छु ।’

उनले यस कृति प्रकाशनका लागि आपूmले अघिल्लो पटकको लकडाउनदेखि नै तयारी गरेको सुनाए ।
समाजवादी सांस्कृतिकमहासंघका अध्यक्ष घनराज सुब्बाको अध्यक्षतामा भएको कार्यक्रमको व्यवस्थापनमा जसपाका केन्द्रीय सदस्य पूर्ण बस्नेत, जसपा खोटाङका नेता मविन्द्र राईलगायत नेताहरूले विशेष भूमिका खेलेका थिए ।

उक्त कृतिको प्रकाशक दुर्गा रुम्दाली हुन् भने वितरक समाजवादी सांकृतिक महासंघ रहेको छ । ५०० रूपैयाँ मूल्य तोकिएको उक्त कृतिमा ढाक्रेका २८ वटा गीत र नौवटा कविता समावेश छन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

महिला शक्ति विकास केन्द्रद्वारा कुम्मायकमा एकदिने कार्यक्रम

पदम सुखी सम्बाहाम्फे पाँचथर, ६ माघ । कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा आज महिला नेतृत्व...

सञ्जय तुम्बाहाम्फेकृत ‘सृष्टिको याङदाङ’ लोकर्पण

ललितपुर, ४ माघ । कवि सञ्जय तुम्बाहाम्फेको कविताकृति ‘सृष्टिको याङदाङ’ ललितपुरस्थीत चुम्लुङहिममा लोकार्पण भएको...

अक्सिजन कन्सन्ट्रेटर मेशिन गाउँपालिकालाई हस्तान्तरण

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । कुम्मायक गाउँपालिकाको स्वास्थ शाखा कार्यालय यासोकलाई तेजकुमार...

दयालको पुस्तक ‘खपर्‍या एवम् देवताहरूबिचको द्वन्द्व र सृजित विभेद’ प्रकाशित

विराटनगर, ४ माघ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ‘खपर्‍या एवम् देवताहरूबिचको द्वन्द्व र सृजित विभेद’ नामक...

पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङको प्रथम साधारणसभा सम्पन्न

तेह्रथुम, १ माघ । फेदाप पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थामरुङ फेदापको प्रथम साधारणसभा सम्पन्न...

सेहोनाम्लाङमा कियाचु पाँचथरको ताम्भुङ्चा (वनभोज) कार्यक्रम

पदम सुखी सम्बाहाम्फे पाँचथर, १ माघ । किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा पाँचथरको आयोजनामा...

प्रदेश प्रमुख खापुङद्वारा माघे संक्रान्तिको शुभकामना व्यक्त

विराटनगर, १ माघ । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङद्वारा माघे...

भेन र मोटरसाइकल एकआपसमा ठक्कर खाँदा २१ वर्षीय पवन लिम्बुको मृत्यु

मोरङ, २९ पुस । उर्लाबारी नगरपालिका–७ ग्राण्ड होटल नजिक भेन र मोटरसाइकल एकआपसमा ठक्कर...

पाःलाम ‘सिरिजङ्गा तङ्नाम’को छायांकन सम्पन्न

काठमाडौं । लिम्बू भाषाको पाःलाम ‘सिरिजङ्गा तङ्नाम’को बुधबार छायांकन सम्पन्न भएको छ । पाःलाममा...

‘सिरिजङ्गा तङ्नाम्’को भिडियो छायांकन सम्पन्न

काठमाडौ – लिम्बू भाषाको पालाम ‘सिरिजङ्गा तङ्नाम’को बुधबार छायांकन सम्पन्न भएको छ । सिक्किमस्थित...