किन बन्छन् रियालिटी शोहरू व्यावसायिक ? - Naya Online

किन बन्छन् रियालिटी शोहरू व्यावसायिक ?

सिर्जना राई

नेपालमा ब्राइटर तिम्रो सुर मेरो गीत मैले थाहा पाएको पहिलो रियालिटी शो हो । त्यसपछि नेपाली तारा, नेपाल आइडलहुँदै दि भोइस अफ नेपालसम्म थाहा पाइयो, हेरियो । यहाँसम्म आइपुग्दा यस्ता शोहरूबाट नेपालले थुप्रै कलाकार जन्माइसकेको छ । यो सारा नेपालीहरूको लागि गौरवको कुरा हो ।

यी शोहरू विभिन्न कारणवस बेलबेला विवादमा नआएका पनि होइनन् । विवादमा आउनु पनि स्वभाविक हो । यस्ता शोहरू नयाँ र लुकेका प्रतिभा खोजेर उजागर गर्ने हेतुले निर्माण भएको भान थियो, हामी आम नेपालीलाई । केहिहदसम्म यसको उद्देश्य त्यस्तै भएतापनि अहिले आएर यस्ता शोहरू व्यावसायीक बन्दै गएको हामीमाझ लुक्न सकेको छैन । व्यावसायिक बनेपछि विवाद पनि सँगसँगै आएको देखिन्छ ।

एकजना व्यक्तिले केहिँदिन अघि सामाजिक सञ्जालमा लेखेका थिए, नेपाल आइडलमा बुद्ध लामालाई जिताउन एकजना व्यक्तिले एक्लै ५ लाखको भोट गरेका थिए रे, अहिले सम्झिँदै हाँस्छन् रे ! लगभग चार वर्ष पहिलेको कुरा नेपाल आइडलमा जीतहारका लागि एक व्यक्तिले यति खर्च गरेछन् । उनिहरूभन्दा बढि खर्च गर्ने व्यक्ति पनि थिए होलान् नेपथ्यमा । त्यसपछि यो जित्ने जिताउने प्रणाली त हामी सबैलाई थाहा छ । चार पाँच वर्ष अघि एकजना व्यक्तिले लाखौँ खर्च गरेछन् भने अहिले कल्पना गरौं न एक व्यक्तिले कतिसम्म खर्च गरे होलान् ?

हिजो भएको भोइस अफ नेपाल सिजन ३ को फाइनल राउण्डमा पुगेका ४ प्रतिस्पर्धिमध्ये टिम प्रमोदबाट किरण गजमेर, टिम राजुबाट तारा श्रीष मगर, टिम दिपबाट ज्वाला राई र टिम तृष्णाबाट आर्यन तामाङ थिए । जसमध्ये टिम प्रमोदबाट किरण गजमेर विजयी बने र बाँकी ३ जना उपविजेता बने ।

‘गौथली चिरेबिरी गर्दैन त्यो होइन गौथली’ बोलको गीत गाएका किरण स्टेजमा निकै कन्फिडेन्स देखिन्थे । ‘कम्मरमाथि पटुकी’ गीतमा तारा प्रस्तुत भएकी थिइन् । ज्वालाले ‘तुलसी आँगनमा रोपौंला’ उस्तै मिठो गाए भने आर्यन तामाङले ‘मेरो आँखाभर दिन’ बोलको गीत गाए । सबैको प्रस्तुति राम्रो थियो । गीतको मर्म अनुसार सबै प्रतिपर्धीले राम्रो प्रस्तुति दिएका थिए ।

मैदानमा उत्रिनु भनेकै हारलाई पनि स्वीकार गर्न सक्नु हो । सबैको जीत हुँदैन । अहिले आएर केहि व्यक्तिहरू यो निर्णयको विरोध गरिरहेका छन् । जुन ठीक हैन । हामी विरोध गर्ने हो भने सिस्टमको विरोध गरौं न ! एक व्यक्ति एक भोट हुनुपर्छ भनौं । हामी सबै आआफ्नो प्रतिस्पर्धी जिताउ अभियानमा जुटेका थिएनौं र ? अनि अहिले आएर डलरको पावरले जित्यो भन्नुको के अर्थ होला र ?

पावर प्रयोग हुने सिस्टम त हामीले स्वीकार गरेकै छौं । स्वीकार नभए किन जिताउ अभियान सुरु गर्ने थियौं होला र ? बरु वहिस्कार गरौं न यस्ता अभियानहरू । यस्ता अभियानहरूले एक गरिबको कला मारिरहेको छ भन्ने त सर्वविदितै छ । त्यसैले सिस्टमको विरोध गरौं । धन उडाएर जित भएपछि धनीले जित्यो भन्नुको कुनै तुक छैन । जेको माध्यमबाट लडेको हो त्यसको हारजित त अवश्य हुन्छ ।

यहि सन्दर्भमै चर्चित कवि चन्द्रवीर तुम्बापोले पुँजीवादको फम्र्याटमा आफू पनि छिरिसकेपछि आयोजक या सहभागीलाई गाली गर्न नमिल्ने बताउँछन् । तुम्बापोका अनुसार नोटको नदि जसले बगाउँछ, जित्ने उसैले हो ।

चर्चामै रहेका एकजना गायकलाई भोइसको रिजल्टबारे प्रश्न राख्दा उनले भने –‘मलाई खासै चासो छैन, हर्ष न विस्मात् । किनकी रियालिटी शोहरू कसरी सञ्चालन हुन्छ भन्ने बारेमा जानकार छु । फेरि पछिल्लो समय रियालिटी शोले उत्पान गरेका प्रतिभाहरू बर्खाको भेलजस्तो मात्रै छन् ।’ यसको मतलब हो सिस्टमलाई नै अस्विकार गर्न सक्नुपर्छ । नितान्त कला र क्षमताले विजयी बन्ने वातावरणको सिर्जना गर्न आवश्यक छ ।

यसो भनिरहँदा हार्नुपर्ने मान्छेको जित भयो भन्न खोजेको हैन, भोटको माध्यमबाट मात्रै नभई निर्णायकबाटै निर्णय गर्नुपरे पनि विजयी बन्नसक्ने प्रतिभा हुन् उनी । भोइसको भोटिङ चरणसम्म पुग्नु सबै प्रतिस्पर्धीहरूका लागि नै जित हो ।

महत्वपूर्ण कुरो त यो हो कि, नेपालको जनसंख्याअनुसार सामाजिक सञ्जाल प्रयोग गर्ने कति छन् ? कति व्यक्तिले यस्ता कार्यक्रम हेर्छन् र उनीहरुले आफ्नो विवेक प्रयोग गरेर भोट दिन्छन् ? त्यसरी हेरिँदा त पाएको भोटको आधारमा भएको जीत असली जीत हुन जान्छ । जब एकै व्यक्तिले खर्च गरेर हजारौं भोट दिन सक्छ, त्यो तामझाम पूँजीवादको फम्र्याट हो । जसले कला र गलासँग सम्पति पनि अनिवार्य जोडेर ल्याउँछ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

लिम्बू भाषाको पालाम ‘सिरिजङगा तङ्नाम’को भिडियो सार्वजनिक

काठमाडौ – लिम्बू भाषाको पालाम ‘सिरिजङ्गा तङ्नाम’को शुक्रबार सार्वजनिक भएको छ । सिक्किमस्थित मार्ताम,...

‘हुक्फोलो’को भिडियो सार्वजनिक

पान्थर, ६ माघ । लिम्बु भाषाको गीत ‘हुक्फोलो’ को भिडियो बिहिवार सार्वजनिक भएको छ...

जदौ मपाइत्व

मलिसा याक्थुङ्बा लिम्बू मपाइत्व भन्ने कुरा पुरानो नेपाली किताबमा ‘म जुजुमान’ भन्ने पाठमा पढेको...

नेफिन आईसीसी संयोजक मानबहादुर रानामगर संगठनबाट निष्कासित

काठमाडौं, १ माघ । नेफिन आईसीसीका तत्कालिक संयोजक र सहसंयोजकलाई कार्यवाही गरिएको छ ।...

जोसियल नेटवर्किङबाट महिनामा लाखौं कमाइने भन्दै करोडौं ठगी गरेपछि सम्पर्कवीहिन

काठमाडौं, २८ पुस । पछिल्लो समय नेटवर्किङ व्यावसायबाट ठगीनेहरुको सङ्ख्या बढ्दो छ । विभिन्न...

निरज सर ! तपाई होइन, म कहाँ हराएँ ?

देवेन्द्र सुर्केली सन् २००६ को अन्त्यतिर मलेसियातिर हान्निएँ । मेरो दाजु राजेन्द्र खापुङ मलेसियामा...

चासोक कि चासोत ? येले तङबे कि कक्फेक्वा तङनाम ? संक्षिप्त टिप्पणीः

-उदय पूर्वेली चोङबाङक्याक चेम्जोङ (१९७८) का अनुसार; आद्य प्रागैतिहासिककालमा याक्थुङ जातिको उद्भाव थलो मुना...

जनताले पावन्दी कहिले जान्ने ?

मलिसा याक्थुङ्बा लिम्बू नेपालभित्र कथित एकिकरण भईरहँदा अमेरिकामा क्रिष्टोफर कोलम्बसले पत्ता लगाउँदै थिए, ईतिहासमा...

लिम्बुवानलाई समयमै सम्बोधन नगरे भोलि महँगो पर्न सक्छ – बाबुराम भट्टराई

-आपुङ्गी हाङ काठमाडौं, २० पुस । पुर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी संघिय परिषद...

सङ्खुवासभाको चैनपुरमा स्थानीय खेलाडीहरू सम्मानित

-सन्देश इङघङ सङ्खुवासभा, १९ पुस । सङ्खुवासभाको चैनपुरमा स्थानीय खेलाडीहरूलाई सम्मान गरिएको छ ।...