एनआरएन एसिया प्रसान्त क्षेत्र सहसंयोजकमा विश्व राईको उमेद्वारी घोषणा - Naya Online

एनआरएन एसिया प्रसान्त क्षेत्र सहसंयोजकमा विश्व राईको उमेद्वारी घोषणा

जेडी गाउँले

मलेसिया, ८ अगष्ट । आगामी अक्टोबर २३–२५ मा काठमाडौमा हुने एनआरएन ग्लोबल सम्मेलनको लागि एसिया प्रसान्त क्षेत्र सहसंयोजकका लागि विश्व विक्रम राईले उमेदवारी घोषणा गरेका छन् । उनले गैरआवसिय नेपालीहरू, संचारकर्मी एवं शुभेच्छुक साथीहरूलाई सम्बोधन गर्दै आफ्नो फेसबुक वालबाट उमेद्वारीको घोषणा गरेका हुन् ।

व्यवसायी पृष्ठभूमि भएका राई २००८मा एनआरएन मलेसिया गठन हुदादेखि नै राष्ट्रिय समन्वय परिषदको कार्यकारी सदस्यमा संलग्न थिए । त्यसयता निरन्तर महासचिव, उपाध्यक्ष, अध्यक्ष र आईसीसीको भूमिका निर्वाह गरिसकेका राईले २०२१–२०२३ का लागि एसिया प्रसान्त क्षेत्रमा आफ्नो भूमिका सुरक्षित गर्न सह–संयोजकमा उमेद्वारी घोषणा गरेका हुन् ।

आफ्नो उमेद्वारीको सम्बन्धमा राईले भनेका छन् –“एसिया प्रशान्त क्षेत्रबाट संघको केन्दीय तहमा बलियो प्रतिनिधित्व गर्न मात्र होइन, यस क्षेत्रमा रहेका नेपालीहरूका हितमा काम गर्न, सुरक्षित व्यवस्थित र मर्यादित बैदेशिक रोजगारीको पहल एवं प्रबद्र्धन गर्न मलेसिया लगायत एसियामा आपतमा परेका नेपाली श्रमिकका लागि सुरक्षित गृह संचालनमा पहल गर्न, स्वदेश उत्पादन र पर्यटनको प्रबद्र्धन गर्न, कोभिड प्रभावित वा यस सम्बन्धी मनोपरामर्श अभियान संचालन गर्न, श्रमिकहरूबीचमा उद्यमशीलताको विकास र प्रबद्र्धन गर्न साथै संघको एसिया क्षेत्रीय सम्पर्क कार्यालय स्थापना लगायतको काम गर्ने मेरो दृढ इच्छा छ ।”

११ सदस्यीय राष्ट्रिय समन्वय परिषद कमिटिबाट सुरु भएको एनआरएन मलेसियामा अहिले ५,२४९ मौजुदा सदस्य छ । राईको उमेद्वारी ती ५,२४९ सदस्यहरूको प्रतिनिधित्व हो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको सम्मान डा. बराललाई र पुरस्कार संगीतकार गुरुङलाई

काठमाडौँ, १ माघ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा...

नेफिन आईसीसी संयोजक मानबहादुर रानामगर संगठनबाट निष्कासित

काठमाडौं, १ माघ । नेफिन आईसीसीका तत्कालिक संयोजक र सहसंयोजकलाई कार्यवाही गरिएको छ ।...

विनेसाम जापानको दोश्रो अधिवेशन सम्पन्न, नेतृत्वमा पुनः इङ्नाम

जापान, १० जनवरी । जनवरी ९ तारिकमा जापानको टोकियोस्थीत विश्व नेपाली साहित्य महासङ्घ (विनेसाम)...

अमेरिकाबाट ‘यो जीवन मिठो’ सार्वजनिक

काठमाडौं, २४ पुस । अमेरिकामा रहेका युवा निर्देशक सुमन दाहाल निर्देशित पछिल्लो भिडियो ‘यो...

अमेरिकाको टेक्सासमा याक्थुङ चुम्लुङको चासोक तङनाम साँझ र अधिवेशन सम्पन्न

नगेन्द्र ईङनाम “आठराईली” टेक्सास, ३ जनवरी । अमेरिकाको टेक्सास राज्यस्थित अर्भिङ शहरमा लिम्बुहरुको मौलिक...

मकाउमा मौलिक चाडपर्वहरुको अवसरमा सामुहिक रूपमा शुभकामना आदानप्रदान

-सन्देश ‘ईङघङ’ मकाउ, १३ पुस । मकाउमा सामुहिक रूपमा मौलिक चाडपर्वहरुको अवसरमा शुभकामना आदानप्रदान...

सर्जकहरूले मास्टर मित्रसेन थापालाई सम्झे

लन्डन, २८ डिसेम्बर । पुराना एवम् चर्चित लोकगायक मास्टर मित्रसेन थापा मगरलाई उनले दिएको...

अमेरिकामा भव्यतका साथ मनाईयाे चासाेक तङ्नाम

न्युयोर्क । अमेरिकामा चासोक तङ्नाम धुमधामका साथ मनाइएको छ । किरात याक्थुङ चुम्लुङ् अमेरिकाको...

किरात याक्थुङ चुम्लुङको ग्रेटर लण्डन शाखाले उधौली र चासोक तङ्नाम मनायो

प्रिन्स याक्खा लण्डन, १३ डिसेम्बर । किरात याक्थुङ चुम्लुङको ग्रेटर लण्डनको सिनियर ब्रान्चले फेल्थाम...

संस्थाको कुशल व्यवस्थापक सम्मान दिपेश लिम्बुलाई प्रदान

न्यूयोर्क, २७ नोभेम्बर । किरात आक्थुङ चुम्लुङ अमेरिकाले दिपेश लिम्बुलाई संस्थाको कुशल व्यवस्थापकको रूपमा...